Manoj Kafle (Mansoon) – Chitkar Suna

वियोगमा छट्पटायेकी उजेलीको चित्कार सुन
धनको आशमा परदेशी चेलीको चित्कार सुन

हजार यातना सहेर मालिकको उड्नी भएर
पलभरमा लुटिएकी चमेलीको चित्कार सुन

सजाएर सपना एक्ला बाबुआमालाइ छोडेर
जालमा फसिएको सहेलीको चित्कार सुन

कालो अँध्यारोमा डसेर इज्जत लुटिदा
चिच्चाहट गुहार सुरेलीको चित्कार सुन

तिम्रा दिदी बहिनीहरु एकाएक रोइरहेछ्न
रोएको डाँको सरी जुरेलीको चित्कार सुन

वियोगमा छट्पटायेकी उजेलीको चित्कार सुन
धनको आशमा परदेशी चेलीको चित्कार सुन

मनसुन