प्रियतम ! एकैछिन भए तापनि मलाई तिमीसँग बस्न पाउने अवकाश
देऊ ! मेरा हातका काम म स्वतः पछि गर्नेछु ।
जब तिमी आँखादेखि अदेख हुन्छौ,
मलाई पटक्कै शान्ति हुँदैन, न विश्राम पाउँछु ।
मेरा सबै कायभार तटहीन सागर झैं विशाल र विषम हुन्छन् ।
आज मेरो आँगनमा मेरा गरम उच्छवासका साथ वसन्त आएको
छ । आज मौरी भमराका संगीतले मेरा कानमा आएर प्रतिध्वनित
भइरहेछ ।
यस्तो मन लाग्छ :तिम्रो अगाडि चुपचाप बसिरहूँ, अनि प्रँतिकूल
अवकाशसँगै जीवनको पूर्ण समर्पणको गीत गाइरहूँ !