Rajab – Amarata Biruddha

मसँग
अत्याचार, शोषण र अन्यायको विपक्षमा लाग्ने
केही सचेत शब्दहरू, वाक्यहरू, विचारहरू, गीतहरू र पृष्ठहरू छन्
त्यसैले
असङ्ख्य बर्बरता, अन्याय र दमन
देखेर, सुनेर
बस्न सक्ने तागत मसँग भएन
त्यस्तो शक्ति मसँग भएको भए
मलाई लागिरहेछ
मेरो छातीमा
शासकको प्रशस्ति लेखिन्थ्यो
र म जँगबहादरुको शिलापत्रझै
माटोमुनि अमर हुने
अभिशाप भोगिरहन्थेँ
तर मेरो जन्मले मलाई
सब अमरताविरुद्ध
युद्धमा
बर्बरहरूसँग
डट्न लगायो