आर्यविमान चित्रकार – अल्झिएको बस
भेदक जब तिम्रा कालरात्रि हुन्छन
मेरा सुनौला बिहानीहरुमा
च्यातिदिन्छ्न मेरा सम्पूर्ण सपनाहरु
निरिह त म कहिले थिए र ??
केवल एउटा अनुनयमा अल्झिएको बस…..
सुसज्जित तिम्रा षड्यन्त्रका बाणहरु
किन तन्कायौ मेरा बिमर्शहरुमा
रोपिदिन्छ्न मेरा स्वच्छन्द भावनाहरु
लाचार त म कहिले थिए र???
केवल शालीनमा संयम बस ….
अभिशप्त तिम्रा भुजाहरु
किन आउछन मैलाउन मेरा तृष्णा
आभाष गराउछ्न केवल ग्लानी
अतृप्त त मा कहिले थिए र???
केवल वास्नालाई पन्छाएको हुँ बस…..
धारिला तिम्रा आचरणका छुराहरु
छेड गर्छन,मेरा नियतिका थैला
गर्छु टाल्ने असफल प्रयासहरु
बिवश त म कहिले थिए र ???
केवल समर्पणमा होमिएको बस…..
स्वार्थी तिम्रा प्रचारहरू
ठगिन्छु म आफ्नै प्रकारमा
नमुना प्रस्तुत हुन्छ , आत्मकेंद्रित्को
उपेक्षित त म कहिले थिएन र ???
केवल अपेक्षाम आश्रित बस…..