Chanki Shrestha – Abhishapta

रित्तिएछ देश यति, रित्तोपनै शेष थियो ।
रित्तोपनै यो देशको भाषा अनि भेष थियो ।

हिँडेकै छु आज पनि सत्य खोज्न हिजोजस्तै,
दुनियाँ त सधैँ मेरै विरोधमा पेश थियो ।

मानिसकै लागि मर्छु बाँच्छु भन्ने मानिसको,
पिठयूँभरि छुरा अनि मुडिएको केश थियो ।

सकिएछ बाटो तर पुग्ने कुनै ठाउँ छैन,
हिँड्दै गर्नु मेरा लागि सजिलो सन्देश थियो ।

जताततै खोजी हिँडेँ तर कहीँ भेटिएन,
मानचित्र खोली हेर्दा त्यहाँ मेरै देश थियो ।