हो आज मैले धेरै धेरै पिएँ
‘अलि’ भन्दाभन्दै निक्कै धेरै पिएँ
करले होइन
आज रहरले पिएँ
नत कुनै खुशी थियो
नत कुनै दु:ख
पिउने आदत छोड्छु भन्दाभन्दै
आज झन धेरै पिएँ
बोला को कसैले थिएन
कतै जाने मन थिएन
एक्लै बसी अलिअलि गर्दै
आज धेरै पिएँ
मनका ब्यथा पोखुँ भने
सुन्ने कोही थिएन
धेरै बिगत थोरै भविष्य सोचें
एक्लै बोलें एक्लै सुनें
पत्तै भएन मध्यरातसम्म पिएँ
बाहिर न्याउली कराउँदै थियो
सिमसिम बर्षात टप्किंदै
दुखेको मुटु , चिस्सिएको शरीर
परवाह नगरी आज
बेहोस हुने गरी पिएँ
मरी लानु के छ र?
बाँचेरै पनि गर्नु के छ र?
आसा र निरासाको
गोरेटो रैछ यो जीवन
दु:ख शुख जहाँ पनि मिल्ने
एउटै रैछ साथी यो बोत्तल
यसलाई आज पुरै रित्याएँ
यसलाई आज पुरै रित्याएँ