Mina Bantawa ‘Mridu’ – Timro Lagi Amrit Ra Amar

तिमी आफुलाई हतोत्साहित नठान
तिमी हिन्नता बोध आफुलाई नगर
तिमी एक्लो छैनौ ! प्रिय !
प्रिय ! तिमीलाई भन्दैछु
दुःख नमान
चिन्ता नगर
प्रिय ! नडराउ म सँग
तिमी बिचलित कहिले हुने छैनौ
मलाई नदाँज अरु सँग प्रिय
किन कि! म अरु जस्तो हैन अन्तर छु
म अमर छु तिम्रो लागि
तेसैले प्रिय नसोच
म तेती निस्ठुरी र क्रुर हैन
किन कि !
मेरो दिल तेती सस्तो छैन
यो दिल पसलमा बेच्न राखेको कुनै बस्तु होइन
जति खेर जसले दाम हाल्छ उसैलाई बेच्ने
यो मेरो दिल तेती सस्तो छैन
तेसैले जसले किनिन्दा किनिने
होइन जसले बेच्दा बेचिने
पनि होइन
हेर प्रिय !
मलाई शंका उपशंकाले अंकित नगर
यो दिलमा भगवानको बास छ
तिमीलाई पाप नलागोस
म पनि मानिस हुँ
कुनै निर्जीव बस्तु हुँइन
नभए आकासको अटल ताराहरुलाई सोध
धर्तिको निलकमललाई बुझ
बिहानीको बहिरहेको चिसो पवनलाई सोध
उदाउदै गरेको पूर्वको लालिलाई सोध
तिमीले मानेर पुज्ने भगवानलाई सोध
मत सधै तिम्रो मनको मन्दिरमा हुन्छु
दियो कलश बनेर
रंगी चंगी ध्वाजा भएर
पहेलो पवित्र पस्पतिको टीको बनेर
प्रिय तिम्रो आस्था अनि विश्वासमा भै रहन्छु
तेसैले भनेको हतोत्साहित कहिले नहुनु तिमी
मत सधै तिम्रो हौसलाको पात्र भै
मिठो अनि पवित्र अमृत बनि बसेकी हुने छु
तिम्रो दिल भित्र!
तिम्रो आस्था भित्र!
तिम्रो सोच भित्र!
तिम्रो हेराई भित्र!
अनन्त-अनन्तको लागि
अमर बनेर,
प्रिय आनंत-अनन्तको लागि बाँची दिन्छु
मन्दिरको ननिभ्ने मनको दियो बनेर
तिम्रो लागि म सधै हरेक तिम्रो आकंछामा पाइलाहरु बनि
अनि जितमा हर्षोलास बनि
हाँसी दिन्छु!
गाइ दिन्छु!
नाँची दिन्छु!
बाँची दिन्छु!
लाखौ ताराहरुको बीचबाट लड्दै पड्दै
तिमी र म हिड्ने बाटोहरुको काँडालाई पन्छाउदै
तिम्रो नजिक आउछु
प्रिय ! तिम्रो नजिक आउछु
त्यो सुन्यतामा रहेको मन्दिरको भक्त पुजारी बनेर
तिम्रो मनको मन्दिर संगालिदिन्छु
तिम्रो हरेक यात्रामा घामको किरणसँगै चिहाउदै
साथ दिन म आउछु!
काँध दिन म आउछु!
हात दिन म आउछु!
बास लिन म आउछु!
तेसैले कहिले तिमी हतोत्साहित नहुनु
मा माथि शंका उपशंकाले अंकित नगर्नु
प्रिय ! तिमी एक्लो छैनौ
तिमी आफुलाई कम्जोर महसुस नगर
तिमी आफुलाई एक्लो नठान
निरुत्साहलाई मन बाटै हटाई देउ
तिमी एक्लो छैनौ
सदा- सर्वदा!!
प्रिय! म तिम्रो साथ छु !
प्रिय! म तिम्रो साथ छु !!

Mina Bantawa ‘Mridu’ – Timro Yaad Mutu Mai Paudayen [Nepali Gajal]

तिम्रो मायाको सागर मै डुबे प्यारा,तिम्रो याद मुटु मै पौडाए
त्यो कालो आंधी बेहरी मै डुबीरहे प्यारा,कालो बेहरिमै हराए

तिमीलाई आँखाको नानिमै सजाए प्यारा,आँखाको नानिमै दौडाए
सम्झेर सबै तिम्रो हरेक बाचा Continue reading “Mina Bantawa ‘Mridu’ – Timro Yaad Mutu Mai Paudayen [Nepali Gajal]”

Mina Bantawa ‘Mridu’ – Mero Lakshya

मेरो लक्ष्य समयलाई पिछा गर्दै चल्नु थियो
सबैले ताप्न खोज्ने आगो भई बल्नु थियो

छितिजमा बादल बहकिन्छ जसरी हावा संगै
तेसरी नै मलाई पनि हावा संगै ढल्नु थियो

जीवनका अनेकौं आवस्यकता पूर्ति गर्नुलाई
सुन्दर Continue reading “Mina Bantawa ‘Mridu’ – Mero Lakshya”

Mina Bantawa ‘Mridu’ – Haa Ma Kavi Are [Nepali Gajal]

स्कुल जाँदा सिनेमा धाँउदै म त कवि भएछु
ब्याँसि गोठमा गित गाँउदै म त कवि भएछु

हा! म कवि रे! जे लेखे जस्तो लेखे पनि कवि
कवि भन्दै फुल्लिएर आँउदै म त कवि भएछु

कस्तो विडम्बना! हेर्दैमा र सार्दैमा कवि Continue reading “Mina Bantawa ‘Mridu’ – Haa Ma Kavi Are [Nepali Gajal]”

Mina Bantawa ‘Mridu’ – Bacha Garne Le

बाचा गर्नेले

सुख साथले जिउने र मर्ने, बाचा थियो
जिबन संगी बन्नु हुन्छ भन्ने,आसा थियो

सोच्थे म त सात फेराको मेरै होनी हजुर
सधै भरि सोच्ने गर्थे आधि ज्यान हजुर

बिलाई गयौ कहाँ टाढा-टाढा सुनसान पारी
रहेछ मन हजुरको ढुंगा भन्दा पनि निस्ठुरी

रोइ रहेछ आज भोलि धुरु-धुरु,यो मन परानी
आसै-आसमा जिन्दगि बित्यो,भै सकेछु खरानी

फेरी-फेरी नाझुल्किनु हजुर यस्तो रुप देखाई
देबी देउता सबै भाकी सके कसम खाई-खाई

Mina Bantawa ‘Mridu’ – Ye Deshbhakta Dai Lauu Na

“ए दाई! देशभक्त दाई लौन! रात परि अग्राख पलाई सक्यो”२
गर्नु पर्नेता नेताहरुलाई धेरै थियो तर कसैले केहि गर्न सकेन
आखिरमा जनता नै मरेका छन् नेताले खोइ के गरेका छन्
गरे भने बरु ठुलो-ठुलो घर बनाई शहर तिर डेरा सरेका छन्

ए दाई! देशभक्त दाई लौन! रात परि अग्राख पलाई सक्यो
राजनीति भनेको गफ गर्ने तासे जुवाडेको अखाडा मात्र भयो
पार्टी भन्ने नाम त लुटमार गर्ने डकैति दलालको मंडी भयो
ठगि खाने बिगीनेसको माछी भाडो भए हाम्रा भोलेनटियरहरु
नेताले पैसा पाए भने आफ्नै श्रीमति पनि बम्बाई बेच्छन बरु

ए दाई! देशभक्त दाई लौन! रात परि अग्राख पलाई सक्यो
विदेशीलाई अब सुम्पिए सत्ता जनतालाई सुख दिनुको सट्टा
पार्टी बोकी चिरा पारेर आफु-आफु ठुलो हुन खोज्ने बाठा
रोडमा कराउदै हिड्ने पागल जस्तै बनाए बोकेर जनतालाई
बिदेशी झन्डा बोकाएर हिडाए,नेताले बिर्सी आफ्नो झन्डालाई

ए दाई! देशभक्त दाई लौन! रात परि अग्राख पलाई सक्यो
आफ्नो शरीरको लुगा र मासु च्यातेर आफैले खाने बनाए
यत्ति उल्लु बनाएकी! जनतालाई पागल बनाई,मारा सम्म खुवाए
बिकसित मुलुकभए मानसिक बिकृतिको,क्रिमिनल मुद्दा परिसक्थ्यो
आफै झाक्री आफै बोक्सी बनि विश्व भरि नेपालीको इज्जतै गुमाए

ए दाई! देश भक्त दाई लौन! रात् परि अग्राख पलाई सक्यो
देश कहाँ पुग्यो अन्धो भाछ्न लड्दै ठिक्क कुर्सिको होडबाजीमा
आफै राम्रो जान्ने टोपाल्दै आफ्नो धोति खुस्कया नै थाहा छैन
बिदेशमा ज्यानगयो गुहार माग्दा माग्दै नेता भने ओलम्पिकमा
गिद्धे नजर लाउने बिस्तारवादको पुछ्रेहरुलाई नकाटी भाछैना

Mina Bantawa ‘Mridu’ – Bihe Garne Kura Chalai Diun Ki [Nepali Gajal]

तिम्ले लेखेको चिठी र फोटा,लाग्छ जलाई दिउँकी?
तिम्रो लागि बैसाखे मुना बनि, फेरी पलाई दिउँकी?

फेरी सम्झिन्छु पटक-पटक,मन मनैमा कुरा खेलाई
लाग्छ तिमी संगै बिहे गर्ने पो, कुरा चलाई दिउँकी?

तेस्रो पटक सम्झन्छु, तिम्ले दिएको मायाँको चिनो
रुमाल,औँठी सबै चिज पनि, लाग्छ नलाई दिउँकि?

चौथो पटक सम्झिन्छु तिम्रो लागि किन अमृत बनूँ?
तिम्रा सबै बस्ति शहरहरु नै पो,लाग्छ बलाई दिउँकी?

यसरी बारम-वार सम्झिन्छु तिमी टाढा हुन खोज्दा
अति हुँदा लाग्छ थमाई हातमै,कोर्न सलाई दिउकी?

Mina Bantawa ‘Mridu’ – Timi Antai Basain Sare Pachhi [Nepali Gajal]

चटट्यां झैं बज्रेर टुटेको मनलाई अब,गाँसु कसरी
अतित घाउ भुली, ओठ-ओठ ढप्काएर हाँसु कसरी

तिम्ले आऊ भनि बोलाई, ठाडा पुराई छाडी दियौ
भुइँको पलाँस सिरमा फेरी,मैले आब टासुँ कसरी

जहिले देखि बसाईं सर्योउ तिमी, अन्तै शहर तिर
तिमीले दिएको उपहार, घाउलाई फेरी माँसु कसरी

हाँसी हाँसी थाहै नपाई,विष पिलाएर गयौ तिमी
अचानक बग्यो”मृदु”आँखाबाट आज आँसु कसरी

चटट्यां झैं बज्रेर टुटेको मनलाइ,अब गाँसु कसरी
अतित घाउ भुली,ओठ-ओठ ढप्काएर हाँसु कसरी

Mina Bantawa ‘Mridu’ – Afai Chhu Baishakhi

हिडेकी मत लक्ष्यको भारी बोकी
पुग्न त्यो टाढा अनन्त ठाउँमा
पुरानो गाउँ घर बनपाखा छाडी

आफैँ छु बैसाखी आफैं छु साथी
बादलसंगै उड़दैछु पिछाई घामलाई
बोकेर चोट यो छाति भरि कति

हिडेकी मत लक्ष्यको भारी बोकी
पुग्न त्यो टाढा अनन्त ठाउँमा
कोहि छैन अघि कोइ छैन पछि

आफैँ छु मुलो आफैं छु ओखती
तै पनि मलाई जिबनको माया
छैन है एकरति छैन है एकरति

हिडेकी मत लक्ष्यको भारी बोकी
पुग्न त्यो टाढा अनन्त ठाउँमा
पुरानो गाउँ घर बनपाखा छाडी