मनोज बोगटी – सपनाको कथा
1.
सिङ्गार पटार गरेर आउँछ सपना
सिकुवा माग्छ।
ओछ्यान माग्छ
सिरानी माग्छ
र सिरानी बिगारी राख्छ।
आँखा माग्छ
रात दिन सबै माग्छ।
मागेरै धनी हुन्छ सपना।
सपना जस्तो बॉंच्न Continue reading “Manoj Bogati – Sapana Ko Katha”
नेपाली कविता को बिशाल संग्रह
मनोज बोगटी – सपनाको कथा
1.
सिङ्गार पटार गरेर आउँछ सपना
सिकुवा माग्छ।
ओछ्यान माग्छ
सिरानी माग्छ
र सिरानी बिगारी राख्छ।
आँखा माग्छ
रात दिन सबै माग्छ।
मागेरै धनी हुन्छ सपना।
सपना जस्तो बॉंच्न Continue reading “Manoj Bogati – Sapana Ko Katha”
मनोज बोगटी – नजिकको प्रश्न
एउटा दह्रो रेखा छ
त्यसलाई टेकेर निस्किएको छ उ
रावनबाट ज्ञान थाप्नु
शरीरमोह
च्वाट्ट चुट्टिएको छ
उसको जीवनको गुड्डीबाट।
खेल्नु त हो जीवन
खेलौं।
खेल भनेको हारजितको डोरीले बॉंधिएको बँधुवा खसी हो कि?
खेल्छ उ
अब उसको चेतना मात्र।
कहीं त भूल छ कि यो वाक्यमा
वा शब्दमा
कि अक्षरमा?
नर जस्तो बलियो हुँदैन कि
नॉंकेडोरी
र त फुस्कन्छ गाई, बाख्रा र सोत्तर पार्छ
बनाइसकेको खेत जस्तो संस्कार।
कुन्नी
चेतना भन्ने कुराले
नाङ्गो स्वास्नीलाई छोप्न सक्छ कि सक्दैन।
नत्र नाङ्गो नाङ्गै कविता
उत्पादन गर्न कुनै कम्पनीले घुरेनबारी मिच्दैन भनेर के ग्यारेन्टी छ?
धागोले आफूलाई छोप्नु
कि आगोले?
उसले सोधेको प्रश्न हो
भित्तालाई
भर्खर।
खासमा भित्ता र समयमा
कुनै फरक छैन।
हुन पनि तिनले आफ्नै मात्र एकलो धारणाले उठाएको महल
तिनकै मात्र भयो।
त्यहॉं उसको सत्ता र चेतनाको प्वॉंख काटियो
खन्याइदियो
छोराछोरी, लिपपोत र भन्साकोठामा
उसको जम्मै तरलता।
तिनको घरबाट निस्किएपछि उ
आफू भएको छ र
अहिले नजिकबाट प्रश्न आइरहेको छ-
तिमी-लाई र म-लाई छुट्याउने रेखा कसले बनायो?
रेखापथमा उसका प्रश्नहरू
लहर लागेका छन्।
तिमीले पनि सुन्यौ उसको प्रश्न?
मनोज बोगटी – हाइवेक्रसमा प्रश्नहरू
चिसो चुल्हाको खरानी बुङ्…ङ उड़ाएर निस्कन्छन् प्रश्नहरू।
बॉंझो कोख जस्तो खेत चर्….र चर्किएर उभिन्छन् प्रश्नहरू।
खड़ेरीहरूको जुलूसमाथिवर्षने
त्यो निरंकुस Continue reading “Manoj Bogati – Highway Cross Ma Prashna Haru”
मनोज बोगटी – निधार
इन्श्योरेन्स नगरिएका पसीनाहरूको जुलूस बोकेर
घाममा टल्किबस्ने कसको निधार त्यो?
टाउकोले रोपेको ऋणकै हॉंगामा
कपासको डोरी लगाएर
पसीनाहरूले आत्महत्या गर्दैछ।
त्यो निधारको हरियो Continue reading “Manoj Bogati – Nidhar”
कराइरहने माऊगाईको आँखा बालेर
उज्यालिएको त्यो किसानको घरको भित्तामा
हॉंसिरहेको खबरकागजको बराक ओबामाको तस्बीरले
देख्दैन
किसानको मनको घाउ।
खबरकागज भित्तामा टॉंसेर सजाएको कोठामा
चुपचाप बसेकी
आशामायाकी लुती प्रतीक्षालेआजै रातीको सपनामा पनि
स्पष्टै देखिन्
परदेश लागेको लोग्नेको हस्टपुस्ट शरीर।
हलो बोकेर निस्किएको बूढ़ो किसान
त्यही पुरानो खेत जोत्दैछन्।
उसको निधार हेर्नु
कहिल्यै नजोतेको बॉंझो खेत जस्तै देखिन्छ।
सॉंझ धिप्रीको उज्यालोमा दूध उमालिरहेकी
किसानकी स्वास्नीमान्छेलाई
अँध्यारो गोठबाट नै देख्छ
बँधुवा रोजगार खेपिरहेकी
दार्मी गाईको ममतीय आँखाले।
बिहानै टीभीमा देखिने देश जस्तो सफा छैन यो खर्क
न खबरकागजको अक्षर जस्तो शिक्षित छ।
बराक ओबामा के बुझेर हॉंसेको हो हँ?
यो खर्कको दृश्य खाममा हालेर
राष्ट्रपतिलाई पठाईदिने जान्ने छोरा
कहिले फर्किने दिल्लीबाट!
तिम्रो आँखामा लतपतिएको त्यो यौनिक रङले तानेर
कतै लगिरहेछ
मेरो लुते मर्यादालाई।
मेरो मर्यादा
आफ्नो सबै भन्दा सम्वेदनशील अङ्गलाई
पातलो स्वाभिमानले छोपेर
ठिङ्ग उभ्छ
आगोको दैलोमा।
तिम्रो आँखाको आगो पटक्कै निभ्दैन।
कता-कताबाट पग्लिन्छ हिउँपुरुष
कुनै पोखरीमा जम्दैन।
पग्लिबस्नुको यो मीठो स्वाद
जीवनको मीठो कविता
एक्लै भोग्छु म।
•
अर्धनग्न नायिकाको यो तस्वीरको गहिरोमा
जति डुब्छ मेरो मर्यादा
उति बन्द हुन्छ
उसको आँखा।
प्रत्येक रात
पहरा दिएर
खेतको सुरक्षा गर्ने
हलगोरूको जुरोबाट उदाउँछ घाम।
हलगोरूको जुरोबाट अस्ताउँछ घाम।
पहरामा बस्दा
रातभरि हलगोरूको खुरले
लेखेको खेतका नीलडामहरूको अनुहार
देशको मानचित्रजस्तो देखिन्छ।
हलगोरू छैन भने
कसले जोत्छ देश?
नजोतेको देशमा
संविधान उम्रँदैन
संविधान नै नउम्रेपछि
गणतन्त्र फुल्ने कुरा आउँदैन।
हलगोरूले रातभरि देखेको
खड़ेरी नलागेको त्यो हरियो सपना
किन देखाउँदैन टीभीले?
मनोज बोगटी – आमाको मोबाइल फोन
1.
रायो सागमा पानी हाल्दै गर्दा बज्छ
छोराको सम्झना।
हेल्लो…अँ, सागमा पानी हाल्दैछु।
कसरी बिटा?
रू.दस?
छाक पनि पुग्दैन, यत्रो दाम?
सुनेकी छन्
प्रश्नै प्रश्न झुण्डिएको शहर आउँदा।
एकहातमा पानीको पाइप अर्को हातमा मोबाइल फोन
विहानैको आमा। आमाको विहानै।
सागपातलाई थाहा छ यो चलिबल्ने नाटक।
बीपीएलको राशिन थाप्ने लहरमा बज्छ आमाको मोबाइल फोन।
रातो बटन थिचेर हल्लो भन्छिन।
आवाज नआएपछि यो नेटवर्क पनि… भन्छिन्।
एक महिनामा बल्लबल्ल दिएको मट्टितेल थाप्न जॉंदा
गनगनाउँछिन्
…पैसै छैन फोनमा।
मिसकल पनि हुँदैन।
केक्के थिच्दा कलरट्यून पसेको छ। पैसा काट्छ।
पैसै नभएको फोन जस्तै हतारमा पनि बोक्न बिर्सन्नन्।
कम्पनीको म्यासेज आउँदा
पढ्ने मान्छे खोज्दै हिँड्छन्।
भन्छिन्-पढ़, पढ़ के लेखेको रहेछ मनोजले।
2.
छोराले घर छोड़ेर गएदेखि
आमाको मनमा पापैमात्र पसिबस्छ।
आमाको मनको फाइदा उठाएर
आइबस्छ नराम्रो सपना।
दिउँसो हातमा भाउचर बोकेर
मान्छे खोज्दै हिँड्छन्। गाउँमा।
धुर्तहरूले आफ्नै फोनमा हालेर
पसेन बज्यै -भन्छन्।
घर र छोरा
दुश्मन जस्तो भएको मनपर्दैन आमालाई।
गाउँ र छोरा
पराईजस्तो भएको पनि मनपर्दैन आमालाई।
आमालाई तर
टुमटुम पनि मनपर्दैन
पैसै नकमाएपनि
छोरा शहरमा भएको कुराकुन्नी केक्के दबाएर पनि हॉंसेरै सुनाउँछिन्।
मोट्टी बुहारी, भुक्कुल्ले नाती र दिनैपिच्छे बूढ़ो हुँदै गइरहेको छोरा
अनि इन्दिरा आवासको घर
अनि आमा
आमा।
आमासित डिजिटल संसार छैन
टिपिकल संसार छ
अनि संसार छ।
3.
जुन दिन नेटवर्क थिएन
त्यहीदिन घरमुनि पैह्रो गयो
फोन नै लागेन।
आमालाई पुर्यो पीरले।
आमाको पीरपनि विमार भइसकेको छ
सँधै ड्युटीमा लाग्दा।
कुन दिन नागा बस्छ कुन्नी त्यो।
सुनसानले आमालाई दिक्क पार्छ
त्यसबेला बज्नुपर्छ रिङटोन।
आमाले छानेको रिङटोन।
रिङटोन बज्न छोड़ेपछि केही पनि बज्दैन
यति सुनसान हुन्छ घर
आमा छैन जस्तो।
फोन गर है
घरिघरि केको डर हो फोनमा नै अह्राइबस्छिन्।
आमा नभएको घर नै हुँदैन
त्यसैकारण
छोरा शहरमा
आमा गाउँमा।
बीचमा
आमाको मोबाइल फोन।
4.
भन्न खोजेर पनि सकिनन्
टाउको दुखेको कुरा।
ससानो कुरा नभनेर घाउ नै भइसकेको छ।
अहिले आमाको मन पनि दुख्छ।
गाउँमा बिहे छ
पुरानो साड़ी छ
र छ त्यही गिलाससेटको सस्तो उपहार।
गाउँमा मरौ छ
छोराको महिना मरेको छैन।
गाउँको छिमेकीको छोराको बर्थडे पनि छ
आँटा सकिएको छ
राशिन दिएको छैन।
निम्नवर्गलाई लुट्न गाउँकै गुरूमाको बारीमा बसाइएको छ टावर।
आमा खुशी छन्।
फोन लाग्छ
सुन्दैन
पैसा काटिन्छ।
बल्लबल्ल फोन लाग्दा भन्छिन्
-मलाई त फोन नै गर्दैनस् त।
5.
बारीको डल्ले खुर्सानी कसले टिपिदिएछन्।
बारीको घॉंस कसले काटिदिएछन्
एकछिन् माथ्लो गाउँजॉंदा
उम्रँदै गरेको सागबारीमा
कसको कुखुराले भुत्भुते खेलेछन्।
आमालाई फोनमा अरू कुरा गर्न आउँदैन।
तल्लोघरको भाउजु कोसित भागिछन्।
बूढ़ोकन्ये हरीले बिहे गरेछन्।
राम्रो कुरा
गाउँमा स्कूलभवन बनिने भएछ।
त्यसैको निम्ति आमा गिटी कुट्न जॉंदैछिन्
खै, यो राम्रो कि नराम्रो कुरा।
बेलुकी फोनमा भनिन्
-साह्रै गलिएछ र दुइमग जॉंड़ खाएर अलिक आराम भो।
6.
आमाले हर्लिक्स मागिनन्
टनिक मागिन्
भनिन्-
यसपालि अलिक थपेर पठाइदे पैसा
वरिपरि बार लगाउनु पर्यो।
आमाले लगाएको बारले छोराछोरीलाई रोक्न सक्छ
अरूलाई पनि रोक्न सक्छ कि!
आमाले लगाएको बारले कसलाई सुरक्षा गर्छ
आमालाई?
कि
बदमास्हरूलाई?
बदमासी गर्न रोक्छ कि आमाको बारले।
सुरक्षाको अर्थ
आमाबाट नै खुल्छ।
एकदिन आमाले नै सुनाइन्
-शर्माबाउको टाउको काटेर बॉंसघारीमा फ्यॉंकिदिएछन्
त्यो पनि हाम्रै पार्टीको केटाहरूले।
मनोज बोगटी – हलीदाइ र खेत
बिहानको पहेंलो भजन जस्तो
घामकिरणले टल्केको तरूणी खेतको जीउको पसीना
अनि त्यहॉंबाट धुवॉंजस्तो उड़ेको त्यसको कुमारीगन्ध
कुन्नि कसरी थाह पाउँछ हलीदाइले।
दिनभर हलगोरूको पुरूषसित खेलेर थाकेको खेतले पनि
कुन्नि कसरी थाह पाउँछे
हलीदाइको निधारमा भिजेको कोमल सपनाको स्वर्गसुगन्ध।
खेतको अनुहार
पहिलोपल्ट गर्भ बोकेकी दुलही जस्तो सिनित्त छ।
हेर्दै जानू
केही दिनपछि
खेतलाई टेकेर कसरी उभिनेछन्
दुइपाते अक्षरहरूले।
त्यसपछि पढ़्नू फेरि
खेतको नयॉं शास्त्र।
मनोज बोगटी – साइला बाहुन
साइला बाहुनले बाजेलाई पछ्याएनन्
बाबुलाई पछ्याएनन्।
उसले भने- म म भएर बॉंच्छु
म आफै बनाउँछु बाटो।
धेरै दाजुभाईबीच
कुन्नि किन साइला मिल्नै सकेनन्
भने- बरू कोइलाखानी जान्छु
पढ़्न जॉंदिनँ।
म ठग्दिनँ
यसरी नै एकदिन अग्लिन्छु।
उसको कोठा छुट्टियो
फोक्टा छुट्टियो।
एकदिन
त्यही कोठामा सर्किनी कान्छी पसिन्
त्यसपछि त पानी छुट्टियो
जिन्दगानी छुट्टियो।
साइला बाहुनलाई गाउँबाटै निकालियो
नाउँबाटै निकालियो।
आहिले साइलाको आफ्नै गाउँ छ
आफ्नै नाउँ छ।
उ अहिले भन्छ-
मेरो नाउँ कसैले मेट्न सकेन
मेरो गाउँ कसैले मेट्न सकेन
जसले मेट्न खोजे
उनीहरूले नै
मेरो आफ्नो नाउँ बनाए
मेरो आफ्नो गाउँ बनाए
यसो गर्न मैले नै उनीहरूलाई सघाएँ।