Indra Kumar Shrestha Sarit – Atur Chha Jindagi

यूग भयो धर्तीमूनि दबिएको
आगो बोकेर पनि पानी पानी बनेको
एक एक पल सम्झना छ उसलाई
असिनाले चूटेको, बर्षात्ले रुझाएको
पन्छीभैंm उड्दै उड्दै
खुल्ला आकाशमा उडने सपना
सधैं सधैं ज्वालामूखीभित्रै दबिएको ।

पूरानो चिहानसरी अपहेलित ज्वालामूखी
मान छैैन, मर्यादा छैन
समयको अगाडि सधैं महत्ताहीन ज्वालामूखी
अपमानको अनल पिई पिई बनेको हो ऊ ज्वालामूखी
अब चरी बनेर उड्नू छ उसलाई पनि बादलमाथि माथि
पृथ्वी घूम्यो कि सुर्य घूम्यो
कून ग्रहले कसलाई चूम्यो
बेअर्थ छन् उसका लागि यी सबै अर्थहरु
अर्थपुर्णा छन् त केवल
आप्mनै अस्तित्वको निरन्तर खोजी ।

राष्ट जापान होस् कि अरु नै
जहां पगे पनि ज्वालामूखीको एउटै कर्म हून्छ
फुट्नू फुट्नू केवल फुट्नू …… ।
असिना, पानी र झरीको सहेर अत्याचार
कति सहनू उडन्ते पञ्छीहरुका् बिष्टा, अन्त्यहीन चीरबीर
सून्नू छैन अब उसलाई मान्छोको चीत्कार
पूmट्नू नै ज्वालामूखीको धर्म हो
मच्चिए मच्चियोस् यूगौं यूग हाहाकार….. ।
नाम ज्वालामूखी, सिंगो परिचय नै ज्वालामूखी
नचाहेरै पनि धर्तीभित्रै दबिएको छ ऊ
नचाहेरै पनि साइनो छ धर्तीसंग उसको
तर अब चाहिने नचाहिने साइनोहरुले
उसलाई सक्ने छैनन् छेक्न
नसके पनि घडी, पला र दिन तोक्न
धर्तीले दबाएर राखेको ज्वालामूखी
एउटै छ लक्ष्य, एउटै छ उद्धेश्य
विष्फोट.. विष्फोट..विष्फोट…….।

Indra Kumar Shrestha Sarit – Abhimanyu Chakrabyuha Chha Tyahin

इन्द्रकूमार श्रेष्र्ठ सरित – अभिमन्युः चक्रव्युह छ त्यहीं

कहाँ, कहिले र कोद्वारा चक्रव्युह बिछ्याइएन –
कहिले र संग्राममा
कहिले सन्धी र सम्झौताहरुमा

कहिले गालीमा त कहिले मीठो बोलीमा

पटक पटक भएको Continue reading “Indra Kumar Shrestha Sarit – Abhimanyu Chakrabyuha Chha Tyahin”