Bishnu Kumar Basnet – Machhapuchchhre

बिष्णु कुमार बस्नेत – माछापुच्छ्रे


हिजो माछापुच्छ्रे छुन भनी
बिहानै हिंडेको थिएँ,
उकालो पहाडतिर
मसँग लुकामारी खेल्दै
बनपाखा डुल्दै
कैले-कैले भेटिएलाजस्तो भा’थ्यो
माछापुच्छ्रे
खोज्दै जाँदा Continue reading “Bishnu Kumar Basnet – Machhapuchchhre”

Bishnu Kumar Basnet – Euta Gaaine

बिष्णु कुमार बस्नेत – एउटा गाइने

एउटा गाइने गाइ हिड्छ देशको गीत,
संगाली हिड्छ सारा देश आफ्नो छातीमा।
उसका छिमेक परदेशमा रमाउँदै गर्दा
उ छिमेककै गाउँमा पुछ्दै हिड्छ आँशुहरु,
बुढ्यौलीका योध्धाहरुका।

उनीहिड्छ शब्दहरुमा

फुकाउँछ परदेशीएकाहरु माझ।
भक्कानिएर आउँछ आफ्नै देश,
चाहरी हिड्छ पाखापखेरा।
डुली हिड्छ गाउँबेसी सुन्दै-सुनाउँदै
सुख-दु:खका गीतहरु।
एउटा गाइने……..

देश दुख्दा छट्पटिन्छ उ,
मल्हम लगाउँदै हिड्छ घाउहरुमा।
मान्छेहरु अन्धकारमा रुमल्लिँदा,
उजेली छर्दैहिड्छ गाउँहरुमा।
एउटा समर यात्री
यो देशको, यो देशको
अखन्डताको लागी
एउटा सच्चा सपूत,
यो देश को
एउटा गाइने…….

एउटा गाइने हिड्छ देशको गीत,
संगाली हिड्छ सारा देश आफ्नो छातीमा।
उसका छिमेक परदेशमा रमाउँदै गर्दा
उ छिमेककै गाउँमा पुछ्दै हिड्छ आँशुहरु,
बुढ्यौलीका योद्धाहरुका
उनीहिड्छ शब्दहरुमा।।
Dedicated To:- Amrit Gurung (Nepathya)

Bishnu Kumar Basnet – Timi

बिष्णु कुमार बस्नेत – तिमी

आँखामा राख्दा बिझाउन्नौ कैलै,
तिमी न मुटुमा राख्दा बिझाउँछौ।
सम्झनामा आउँछौ तिमी हरपल
हरछण, सुटुक्क खै किन परेला भिजाउँछौ।

सपनीमा छाउँछौ तिमी,
बिपनीमा आउँछौ।
मलाई भेट्न भनि-भनि,
दोबाटोमा धाउँछौ।
आँखामा…
चोर आँखाको भाकाले,
बोलाउँछौ तिमी मलाई।
तिमी मलाई हेरी-
हेरीकन, टोलाउँछौ।

Bishnu Kumar Basnet – Abhab

बिष्णु कुमार बस्नेत – अभाव

अभाव
तिम्रो हो
या, मेरो मनको भ्रम
एक्लो महसुस गर्दैछु म ।
नोस्टाल्जिक हुँदै आफैमा
हराउदै जादैछु म ।
तिमी हुँदा पनि एक्लो नभाको हैन,
तिमीले चोट पनि नदिएको हैन,
तर पनि
मन केवल तिमीलाई खोज्दैछ ।
केवल तिम्रो बाटो हेर्दैछ ।
र,मपनि । । ।

Bishnu Kumar Basnet – Aakash Royeko Chha

बिष्णु कुमार बस्नेत – आकाश रोएको छ

आकाश रोएको छ
निरन्तर
रोईरहेकोछ हिजोबाट
धर्ती उसका हरेक थोपा आँशुहरु सँगाल्न ब्यस्त छ
खोलाहरु उसकै आँशु बोकेर हिडिरहेछन् यात्रामा
निशब्द छन् बनपाखाहरु
चुप छन् Continue reading “Bishnu Kumar Basnet – Aakash Royeko Chha”

Bishnu Kumar Basnet – Jeevan Bhogai

बिष्णु कुमार बस्नेत – जीवन भोगाई

म कति पिडामा बाँचेको छु
म कति दु:ख सहेर हाँसेको छु
केवल मलाई थाहा छ।
तिमीहरुले सोच्यौ होला
यी आँखाहरुमा झल्केको पानी खुशीको हो
तिमीहरुले बुझ्यौ होला मैले लेख्ने
यी गीतहरु मायाप्रीतिका उपजहरु हुन्।
तर
पिडा मायाबिना पनि हुन्छ।
खुशी माया बिना नि हुन्छ।
मैले कोरेका यी भावहरु
मैले लेखेका यी शब्दहरु
मेरा भोगाईहरु हुन्
मेरा अन्तर्मनबाट निस्केका उच्छवासहरु हुन्
त्यसैले
जीवन भोगाई र देखाईमा धेरै अन्तर छ
भोग्न सबैले भोग्छन्
देख्न सबैले देख्छन्
तर कसरी भोग्छन्
तर कसरी हेर्छन्
त्यसमा रहस्य लुकेको हुन्छ
त्यसमा मजा छुपेको हुन्छ
जिउनुको
भोग्नुको

जीवन भोगाईको।।।

Bishnu Kumar Basnet – Taadhindai Jaau Timi

बिष्णु कुमार बस्नेत – टाढिदै जाउ तिमी

टाढिदै जाउ तिमी मबाट,
म भुल्दै जान्छु तिमीलाई।
कथा हाम्रो यस्तो होस्,
नदुखोस् मलाई न तिमीलाई।

चाहेर मैले खोजेको हैन यो
घडी न तिमीले चाह्यौ।
दुखाएँ मैले तिमीलाई , मुटुमै
तिमीले छुरा धस्यौ।

उडिरहने पंछी तिमी
कैदमा समाउन खोजेछु
बाटो भिन्न हाम्रो , लक्ष्य
भिन्न नसोची साथ रोजेछु।।