Basanta Mohan Adhikari – Nachdai Chha Manchhe

बसन्त मोहन अधिकारी – नाँच्दैछ मान्छे

नाँच्दैछ मान्छे मान्छे मारेर
हाँस्दैछ मान्छे मान्छे काटेर
यो भिडमा आज म सोध्दैछु
कसलाई भनुँ म मान्छे भनेर

मान्छेले काट्दैछ मान्छे लगेर २
दैव पनि डरायो यो मान्छे देखेर २

नाच्दैछ….

प्राणको भिख माग्दाँ छटपटाएर २
मार्छन् मान्छेकठ्ठै घाटी थिचेर २

नाच्दैछ…

आज प्रेम र विश्वास हराएर २
म हेर्छु तर देख्दिन मान्छे मनेर २

नाच्दैछ…

Basanta Mohan Adhikari – Ma Jali Rahechhu (Nepali Gajal)

वसन्त मोहन अधिकारी – म जलिरहेछु

यो प्रेम गर्दा मर्नु रहेछ चितामा म ढलिरहेछु
बाँच्नुको अर्थ जल्नु रहेछ यसैले म जलिरहेछु

नदिनु चोखो मुटु कसैले चिरेर जलाई दिन्छन्
हेरत आज यहि मायामा जिउँदै म बलिरहेछु
बाँच्नुको अर्थ जल्नु रहेछ यसैले म जलिरहेछु

नसोध कोही प्रेम मलाई चोटै चोटले लडेकोछु
त्यहि चोटले उठ्न नसकी हेर त म गलिरहेछु
बाँच्नुको अर्थ जल्नु रहेछ यसैले म जलिरहेछु

मेरा हज्जार पिडा बिचमा उठेर म बाँच्न खोज्दा
रेटेर उनले चुलेसीमा छटपर्टाई चलिरहेछु
बाँच्नुको अर्थ जल्नु रहेछ यसैले म जलिरहेछु
यो प्रेम गर्दा मर्नु रहेछ चितामा म ढलिरहेछु
बाँच्नुको अर्थ जल्नु रहेछ यसैले म जलिरहेछु

Basanta Mohan Adhikari – Nishthuri Nabhana Priya Ma Farki Aaune Chhu (Nepali Gajal)

बसन्त मोहन अधिकारी – निष्ठुरी मलाई नभन प्रिय म फर्की आउँने छु

निष्ठुरी मलाई नभन प्रिय म फर्की आउँने छु ।
सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।

बिछोडको पिडा सहेर बस सिउँदो सजाउँन
साडीको साथमा चुरा र पोते सिन्दुर ल्याउँने छु ।
सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।

रहर होईन छाडेर जान बाँध्यता मलाई छ
यो धन कमाई फर्केर आई म प्रिती लाउँने छु ।
सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।

विश्वासमा बाँची सपना साँची मलाई नै पर्खनु
थापेर जगिया सिन्दुर हाली डोलीमा बसाउँने छु ।
सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।

बर्षौको सम्बन्ध परेली भरी भिजाउँदै साँच है
आएर म भोली गाँसेर प्रिती साथ सजाउँने छु ।
सिउँदोमा रातो सिन्दुर र्छन म भोली छाउँने छु ।
निष्ठुरी मलाई नभन प्रिय म फर्की आउँने छु ।

Basanta Mohan Adhikari – Timra Ichchha Haru (Nepali Gajal)

बसन्त मोहन अधिकारी – तिम्रा ईच्छाहरु

अरु बाँकी केही भए तिम्रा ईच्छाहरु
भन प्रिय मलाई जीवन दिन्छु अरु ।

मान्छेको जीवन भन्दा धन प्यारो रैछ
सबै तिम्रै बनाउँन मलाई मार बरु ।

कुन पापको सजाए ? दियौ मलाई
तिमी आफै भन न कहाँ विश्वास गरु ?

तिम्रो लागी बिष पनि हाँस्दै पिई दिन्थें
बिर्सीएछौ बसन्तका नैवेद र चरु ।

अझै पनि म भन्छु तिमी मान्छे बन
तर तिमी गर्दै हिड्छौ झन तल झरु ।

सोझो देखी खेल्नु खेल्यौ मेरो जीवनमा
रितीएछ आँखा मेरो नसोच भो आँशु भरु

धर्म कर्म सिकाउँनु मेरो गल्ती रैछ
ब्यर्थ मैले सोच्या रैछु दुःखीयालाई सेवा गरु ।

यदि म पापी अर्धमी राक्षस हुँ भने
हे भगवान, मेरो वश मासिएर मरु ।