B S Chhetri – Swabhiman

बि.एस .क्षेत्री – स्वाभिमान

तिमी मलाई जे भन…
मैले  आफु उभिएको  धरातल
र आफु माथिको आकास बिर्सेको छैन
पद र पैसा को निम्ति
आफ्नो नैतिकता  बेचेको छैन
जवानी को माद लागेर
सडक भरी छताछुल्ल बैंस पोखेको छैन
जागीर  बचाउन
कसैको गुलामी र चापलूसी गरेको छैन
कर्मचारीतंत्रको  सस्तो
कठपुतली बनेको छैन

मलाई थाहा छ
तिमी मेरो योग्येताको कदर कदापि गर्दैनौ
तिमी मलाई मेरो ईमानदारीको
तक्मा भिराउनु पर्दैन
खुला मंच मा फुल मालाले स्वागत गर्नु पर्दैन
नया दुलहीलाई जस्तो आरती उतार्नु  पर्दैन

तिमी आफै दरिद्र छौ
मलाई तिम्रो दयाको भिक चाहीदैन
मलाई जोगीको घरमा पाहुना लाग्नु छैन
मलाई स्वतंत्रताको अर्थ नसोध
म आफै मज़बूरी को दास हु
मेरो बिचारलाई कुनै  बाद र सिद्धान्तमा जोडेर नहेर
हराउने छौ  आफैमा

मेरो कुरा तिमीलाई आदर्श  लाग्ला
नैतिकताको शब्द ले ऐंजेरू झै बिझ्ला
तर म कसैको निम्ति
मेरो स्वविमान सम्झौता गर्न सक्दिन
संसार लाई झुकक्य पनि आफ्नै नजारमा  गिर्न सक्दिन

(This poem was sent to Sanjaal Corps via Email)

B S Chhetri – Urath Lagdo Samaya

बिष्णु सिलवाल छेत्री – उराठ लाग्दो समय

उराठ लाग्दो समय एक्लो उदाशी जीवन
फुल नफुल्दै कोपिलामै ओइलाई झर्यो यौबन
मेरो संसार मात्र तिमि ,तिमि नै मेरो सहारा
हामी बीच नदि एउटई तर किन दुई किनारा

अनायासै तिमि आयौ,नौलो आसा पलायो
उजाड यो जिन्दगीमा मधुमास छएदेयो
हिमनदी झैँ चोखो माया देएको थिए तिमीलाई
सारा खुसि लुटाईदीय रित्त्याएर आफैलाई

कति सपना सजाएथे कस्तो कल्पना गरेथे
जिन्दगीको सहयात्री तिमीलाई नै रोजेथे
कतै तिमीलाई चोट लाग्दा पिडा मलाई हुन्थियो
आखा तिम्रो रसाउदा मन मेरो रुन्थियो

तिम्रै निम्ति बगे कति आँसुक ति भेलहरु
तिम्रै यादमा बिते कति अनिदा ति रातहरु
तिमि आउने आस बोकी दोबाटोमा कति कुरे
निरासाले छाती पोल्दा आफै भित्र कति जले

कठोर तिम्रो हृदेमा मेरो नाम कहाँ थियो
मेरो माया तिम्रो लागि मात्र एउटा खेल थियो
खै कसरि बिर्सु भन मर्म भेधी ति चोटहरु
भो अब न बढाउ अपराधी ति हातहरु

कुनै दिन अंगालोमा छाद हाले रोयेथिऔ
सात जन्म साथ दिने कसम पनि खायेथौ
मनको राजा हजुर भन्थेउ तर आज पराए भए
भिडहरुको माझ पनि आज किन एक्लो भए

गोधुलीको झिसमिसेमा संगै हामी दुल्थेउ
एक अर्काको साथ पाउदा दुनिया सारा भुल्थेउ
आज किन दिल खोलेर रुना मन लाग्यो
त्यो मिठो अतितमा भुल्न मन लाग्यो

तिम्रो मेरो अमर प्रेम खै आज कता गयो
मनको एक कुनामा अब्सेस मात्र बाकी रह्यो
तिम्रो तस्बिर मेरो लागि कहिले नभुल्ने नासो भयो
आज किन निश्चल प्रेम आफ्नै निम्ति पसो भो

आखिर रहेछ यो जीवन मात्र एउटा संयोग
पल भर को मिलन अनि फेरी वियोग
तिमि कहाँ मा कहाँ जोडिन्छ नया नाता यहाँ
समय बीच मौलाएर एकदिन छुटछ साथ यहाँ

B S Chhetri – Desh Ko Balatkar

बि .एस. क्षेत्री – देशको बलात्कार

म मुकदर्शक भएर मेरो देशको बलात्कार भएको
निरन्तर हेरिरहेछु |
सुरु सुरुमा बिदेशी दलाल र मतियारहरुले लुटे
आजकाल तेही सुधो जनता जनार्दनबाट विश्वास
गरिएकाबाट हाडनाता हुदैछ
म यो नौटंकी हेर्न नसकेर विदेश पलाएन भएको छु
तर पनि देशको चित्कार र क्रन्दनले मलाई पछ्याई रहन्छ

प्रत्येक दिन म देशको विभत्स कथा भएको समाचार
सुन्ने पदने गर्छु |
म यो रोम रोम पिडा हुने यथार्थ बाट भाग्न खोज्छु
अनि फेरी अर्को बलात्कारी आएर देश लुटिएको कुरा गर्छ
म एकपटक फेरी लाचार भएर सुनिदिन्छु

अस्तिको कुरा हो एक हुल बलात्कारीले देशलाई
राजतन्त्रबाट मुक्त गराए , अनि जनताले जय जय कार गरे
अनि फेरी तिनैले धोति फेरी मुखुण्डो धारण गरेर ”नया नेपाल” भने
अनि जनता ढंग परेर भजन किर्तन गरिरहे

यतिकैमा अर्को नाटक मन्चन भयो” संबिधान सभाको ”
जनताले एक हुल जन्तुलाई कलम थमाए अनि शान्ति र बिकाशको नया
चित्र कोर भने तर भ्रस्ट पशुहरु आफ्नो औकातमा झरिहाले

एकाएक कुकुर र बाँदर बीच सितयुद्ध भयो
कुकुरहरुले देशलाई जतिएतामा बिभाजन
गरि रगत र हडीको महोत्सव गर्ने बद्नियेत अघि सारे
अनि बाँदरहरु फुट्ने फुटाउने कामलाई जारी राखी
सत्ता, शक्तिमा आफूमात्रै हुनु पर्ने जिद्दी गर्दै
क्रुर बर्बर ताण्डब नाच देखाए
अनि अबोध जनता यो नया तमाशा हेरिरहे

भर्खरै भोटेकुकुरले देशलाई बचाउन नसकेकोमा खेद प्रकट गर्यो
अनि बाँदरहरुहरु आफ्नो चाल सफल भएकोमा विभत्स हासो हासे
यता गिद्द र स्यालहरु देशको अस्मिता लुछ्न ब्यस्त रहे
अनि रमितेहरु मजा लिदै भने खुब गर्यौ नेपाली मुर्खहरु

सदियौ देखी देश दिर्घरोग बाट पिडित छ
मृत्यु सैयामा अन्तिम पटक राष्ट्र जिबनको भिक् मागिरहेछ
तर धिक्कार, यहाँ सपुतहरु कहिले जन्मिदै जन्मेनन ,
परिबर्तन र मुक्ति चाहनेहरुलाई समयले धेरै पटक सहिद बनायो

सस्ता मृत्युहरु,अर्थहीन शब्दहरु , क्रान्तिका खोक्रो नाराहरुले
देशको काचुली फेर्न सक्दैन
राजनीति ,बिज्ञान र दर्शनका ब्याख्या गर्दैमा
कोहि विद्वान हुन सक्दैन
देशलाई आज क्रान्तिका खोक्रो नारा र आश्वासन होइन
”गरेर देखाउने दर्जनौ महापुरुष चाहिएको छ ”

भो अब अति भो, गर्भैमा देशको भाबिश्ये तुहियो
अब मात्र मृत्युबरण बाकी छ , अनि यस्तै हो भने
यहि देशको खरानी घसेर विश्व मानचित्रमा हामीहरु
एउटा गुमनाम देशको अस्तित्व यसरी सुनाउदै हुनेछौ :
उहिले परापुर्ब कालमा ”नेपाल ” भन्ने एउटा देश थियो रे !

© लेखकमा

B S Chhetri – Pal Pal

बिष्णु सिलवाल छेत्री – पल पल

पल पल मर्ने गर्छु ,बर्सौ बाँच नभन
थोपा थोपामा प्यास मेटछु सागरको कुरा नगर
संघर्षमै जीवन बित्यो प्रगति के भो नसोध
एकान्तमा एक्लै रुन्छु ,सुखको कुरा नगर

पश्चातापमा जलिरहेछु Continue reading “B S Chhetri – Pal Pal”

B S Chhetri – Sodha

बिष्णु सिलवाल छेत्री – सोध

महल को झ्यालमा बसेर
रमाइलो छ जिन्दगी
भन्नेहरु संग होइन
गरिबी र अभावहरुसंग झुधिरहेका
पिडितहरुलाई सोध
संघर्स के हो भनेर
हिंसा र काटमार मचाएर
रगतको होलि खेल्ने रक्त पिपाशुहरु संग होइन
छोरा र पतिको बिभत्स हत्या हेर्न
बिबश आमाहरु संग सोध पिडा के हो भनेर
आफ्नो असफलताहरु भन्दा
अरुको सफलता मा चिन्ता गर्ने
परम् सत्रुहरुसंग होइन दुख सुखमा
साथ दिने आत्मीयहरु संग सोध
मित्रता के हो भनेर
यौवन संग मौलाएका चाहनाहरू
झथाभावी पोख्ने उश्रीनखल
पतितहरुसंग होइन
कसैको पर्खाइमा दिन गनेर
बसेकी सतिसावित्रीसंगसोध
विश्वास के हो भनेर
धन संग प्रेम साटी
भावनालाई लत्याई हिड्ने
धोकेबाज हरु संग होइन
निस्टुरीको याद मा पल पल जल्ने
घाएल जिन्दगीहरु संग चोट के हो भनेर
छुन साथ पोल्ने सिस्नु ,
अनि घोच्ने तिखा ऐजेरुसंग होइन
चारै तिर सुभास छर्ने
गुलाफ र पारिजातहरुसंग सोध
जीवन जिउने कला के हो भनेर

(Sent to Sanjaal Corps via Email)