Pratima KC – Mero Desh Ma (Nepali Gajal)

प्रतिमा के.सी. – मेरो देशमा (गजल)

आजभोलि कुन्नि किन यस्तो गर्छन मेरो देशमा
मानवीय नाताबाट तल झर्छन मेरो देशमा

बन्धकी छ प्रेमभाव कठै! एक निहित स्वार्थमा
मान्छकै हातबाट मान्छे नै मर्छन मेरो देशमा

ब्रमाण्ड नै घर एउटै मानव जाती हुने बेला
सहोदर आफन्त जीवन हर्छन मेरो देशमा

मिसावट मुल्यबृद्धि र के के ले नपुगेर होला
मानव तस्कर गरी झोली भर्छन मेरो देशमा

को आफ्नो बिरानो घरदेखि राज्य संचालकसम्म
बुद्ध बेचेर राक्षस भेष धर्छंन मेरो देशमा

हे भगवान छौ भने कतै गुहार सुनिदेउन
चोर चौतारो साधु शुलिमा पर्छन मेरो देशमा

२६ जनवरी २०१२
बेलायत

Pratima KC – Kasari Manaun Mothers Day

प्रतिमा के.सी. – कसरी मनाउँ ‘मदर्श डे’

बाल मानसपटलमा
चेतना अंकुराउने बिहानीदेखि
तिम्रो मातृत्वको छ्हारीबाट अपहरित भएर
अधुरा सपना र अपुरा भावनाको
छालहरुमा छचल्किँदै
आँसुको बन्दकीमा परेको
यो जिन्द Continue reading “Pratima KC – Kasari Manaun Mothers Day”

Pratima KC – Naari Diwas Ma Baini Lai Chithi

प्रतिमा के.सी. – नारी दिवसमा बैनीलाई चिठी

प्रिय बैनी,
आज नारी दिवस हो रे
संसारभरिका श्रमिक महिलाहरु
आफ्नो हक र अधिकारको लागि संगठित भएको दिन
जर्मनी महिला क्लाराजेटकिनको पहलमा
शुरुवात गरिएको हो Continue reading “Pratima KC – Naari Diwas Ma Baini Lai Chithi”

Pratima KC – Chaubandi Fariya Maasdai Chhu (Nepali Gajal)

प्रतिमा के.सी. – चौबन्दी फरिया मास्दैछु (गजल)

अझै छ घाउ यो छातीभरी बिर्सनलाई हास्दैछु साथी
दुखेको देश राखेर भित्र यतै पो नाता गास्दैछु साथी

फेरियो भन्छन राष्ट्रिय पोशाक जे लाए पनि हुने रे
यहाँ Continue reading “Pratima KC – Chaubandi Fariya Maasdai Chhu (Nepali Gajal)”

Pratima KC – Aanshu Jharera Padhen Maile (Nepali Gajal)

प्रतिमा के.सी. – आँसु झारेर पढें मैले

गाउँ वस्ती र मानवीय पिडा आँसु झारेर पढें मैले
नेपाल आमाको रक्तिम छाति आँसु झारेर पढें मैले

जिन्दगीको अविरल यात्रामा भोगिएका ती भयाबह
कालखण्ड त्यो युद्धलाई हलगोरु झैं नारेर पढें मैले

मानब वधशाला जस्तै लाग्ने निर्दोस बस्तिभित्रै पनि
मानिसकै रगतको महासागर तारेर पढें मैले

गुमाएर प्रियतम बेहोसिमा बाँचेकी प्रियतमाको
गहिरो प्रीतगाथा मनलाई अति मारेर पढें मैले

बाबुआमा गुमाउने तिनै निर्दोष अबोध बालकको
अनिस्चित भविस्यमा प्रश्नै प्रश्न उमारेर पढें मैले

मुटुको टुक्रा सरह सन्तान गुमाउने तिनी आमाको
भल्भल्ती बगेका आँसु मुटु बाहिर सारेर पढें मैले

जीवनको बैशाखी लुटिएका ती असक्त बुढा बाबाको
बेसहारा जीवन आफ्नै सम्झेर धिक्कारेर पढें मैले

आफन्त गुमाएर बाँचेका बाँकी आफन्तजनहरुको
पुस्तौं पुस्ता बल्झिरहने घाउलाई हारेर पढें मैले

नमर्नु नबांच्नु घायल जीवन जिउनेहरुको पनि
दुखेको दृस्य असैय पिडा नजिक पारेर पढें मैले

आफ्नै घर खेतबारी बाटो पँधेरो युद्धमैदान बन्दा
सुन्यतामा हराएको बस्ति बादल फारेर पढें मैले

(नेपालमा चलेको १० बर्से युद्धको पृष्ठभूमिमा तत्कालिन समाजको अबस्था चित्रित गर्दै रचित गजल)
२८ मार्च २०११

(This Gajal was sent to Sanjaal Corps via Email)

Pratima KC – Prakriti Tainle (Nepali Gajal)

प्रतिमा के.सी. – गजल: प्रकृति तैले

सुन्दर संसार रचेर किन गोडेर लगिस प्रकृति तैले
मानब मुटु दिएर किन फोडेर लगिस प्रकृति तैले

नराखेर केहि दया धर्म हजारौ मानिसको बस्ती उजाडी
कठै नि लछार पछार गर्दै तोडेर लगिस प्रकृति तैले

आफन्तहरु छुटाई फुटाई धेरैको एकै चिहान गराई
बाँच्नेलाई जीबनभरी पींडा छोडेर लगिस प्रकृति तैले

बुढाबुढी लालाबाला अनि युवा सबैको भाबना जिलाएर
बिभत्स रुप सुनामीको नाम जोडेर लगिस प्रकृति तैले

त्राही त्राही पारेर मान्छे आइस संसार नै त्रसाउने गरि
ज्ञान र विज्ञानको गति पनि मोडेर लगिस प्रकृति तैले

( ११ मार्च २०११ गतेका दिन जापानमा गएको नरसंहारकारी भूकम्प तथा सुनामीबाट प्रभाबित सम्पूर्ण मानब समुदायको स्मृतिमा रचित गजल )

१७ मार्च २०११
बेलायत

(Sent to Sanjaal Corps via Email)

Pratima KC – Man Sandhai Desh Magchha (Nepali Gajal)

प्रतिमा के.सी. – मन सधै देश माग्छ (गजल)

मन सधै देश माग्छ परदेशमा नआउनु
नमेटिने तिर्खा लाग्छ परदेशमा नआउनु

जुनसंगै हिड्नु पर्छ फेरी जुनसंगै फर्कनु
मज्दुरीले सीमा नाघ्छ परदेशमा नआउनु

लानु आखिर के पो छर खानु एकैछाक न हो
धन मोह अति जाग्छ परदेशमा नआउनु

चित्त दुख्छ पराइको कुल्ली भएर बस्नु पर्दा
तन पनि सारै थाक्छ परदेशमा नआउनु

खुली दिएर प्रकृतिले जुन घाम हाँसे पनि
तुवालोले मन ढाक्छ परदेशमा नआउनु

अशान्तिले फुल्दा फल्दा देश छोडने मन हुन्छ
आफ्नोपन फेरी भाग्छ परदेशमा नआउनु

१२ फेब्रुअरी २०१२
रेडिंग, बेलायत