Marcel Mansingh Murmu – Shanti

मार्सेल मानसिहं मुर्मु – शान्ति

कसैले भन्देउ मलाई शान्ति भाववाचक कि द्रव्यवाचक?
कसैले चिनाई देउ मलाई शान्ति कर्म कि तटस्थता?
कसैले बुझाइ देउ मलाई शान्ति बाहिरी कि भित्री?
सबैले उत्तर देउ मलाई शान्ति प्राकृतिक कि मानविकी?

भाववाचक हो भने किन पार्थिव नियम र ऐन बनाउने?
होइन भने शान्तिको परिपुर्णता कसरी अनुभव गर्ने?
द्रव्यवाचक हो भने किन यो यश-विलासामा पाइन्न?
होइन भने किन हतियारले रगतद्वारा माग्न छोडिन्न?

शान्ति कर्ममा हो भने किन मजदुरको भावी अकास कालो?
होइन भने भिक्षु बनी परोपकारी गर्ने किन अास्तिक जालो?
तटस्थतामा हो भने किन बेरोजगारी अनिदो रात चहार्छ?
होइन भने किन थकित बिहार गुम्तामा तपस्या गर्छ?

शान्ति बाहिर पाइन्छ भने दौड धुप गरि किन प्राप्त गरिन्न?
होइन भने एकान्तमा गई किन टोलाई बस्न छोडिन्न?
यो अाफै भित्र छ भने किन सबै अन्तरदृष्टिले चिन्दैन?
होइन भने अन्तर-मानष किन तृष्ति हुन छोड्दैन?

यो प्राकृतिक हो भने किन प्रकोप हुदा डर नाश अाउछ?
होइन भने प्राकृतिक सुन्दरता बिच अान्नद किन खोजिन्छ?
मानवीय हो भने किन सबैले बराबर पाउदैनन्?
होइन भने किन मानव सकारात्मक हुन छोड्दैन्न्?

Marcel Mansingh – Swa Aalochana

मार्सेल मानसिहं मुर्मु- स्व-आलोचना

अति नै अन्धकारमय रातका जुन तारा कति चम्किलो,
निकै दुख काटेर निखारिएका नक्षत्र तारा झै बलियो,
जो कयौं बादल कुहिरोमय काल नाघेर चम्कने हुन्छन् ,
जसले धेरै बसन्त सम्म आफ्नो छाप छोडेर जान्छन्।

उज्यालो रात मौसम अनुरुप देखा पर्दो हो,
प्रकाशमय दिन नि अन्ध्यार‍ो देखिन्दो हो,
तर मुल्यता पाउछ त्यसले जो हजारमा हुन्छ एक,
अविलम्बन त्यसक‍ो हुन्छ जो विरुद्ध हुन्न अनेक।

ती नक्षत्र चम्किला हुन्छन् भएका मनो-दियो,
ती मा हुन्छ नकारात्मकता विच सिउने सियो,
जो वरपरका अन्धकारले आफुलाई विचलित हुन दिदैन्न,
बरु आफुमा भएको प्रकाश बाडन् कहिले पनि भुल्दैन्न।

ती बलि रहेका नक्षत्रले मार्ग-दर्शन गर्छन अरुको,
कारण ती जान्दछन पहिचान आफ्नो स्वयमको,
त्यसैले नक्षत्र बन्न नरमाउ गरि पर-आलोचना,
कारण स्व-दियोको पहिचान हुन्छ गरि आत्मा-आलोचना।

Marcel Mansingh Murmu

Marcel Mansingh – Basuri Badak

शिर्षक:- बासुरी-बादक
कवि:- मार्सेल मानसिहं मुर्मु

वरिपरि व्यस्तताको लहर छ भनौ जमात कहल छ,
पथ दुवै तिर अनेकको रहर छ मानौ सट्टापट्टा महल छ,
कोहीमा दैनिकीको कहर छ सोचौं दुवै पट्टी त्यो अमल छ,
त्यही जिवनी दर्पण माझ नचाहेको बासुरी बजिरहेको छ।

त्यो बासुरी वादक अाफुलाई नजिकै कानहरुमा पुर्याउदै छ,
उसको धुन जतिनै बेसूरी मानौ बाध्यता बिच त्यो बज्दै छ,
उसको सर्वस्व एक झोलामा पोको पारी धुन साट्दै छ,
त्यो उसको जित मान या हार निपुणतामा भर परेको छ।

कसैले उसलाई छेवैमा उभिएर देखिने भिकारी भनेको छ,
तर अचम्म उ सँग त सर्वस्वसहित अाफ्नो काध बलियो छ,
कसैले उसलाई परबाट एकलो मानि लिएको देखिन्छ,
तर साच्चै नै उ सँग अति घनिष्ट धुन दिने साथीको साथ छ।

यसरी श्रम किनबेचको जिवन बिच ‘म’ अरुमा ब्यस्त छ,
वास्तवमा त्यो बासुरी-बादक उत्कृष्टता पस्कनु खोज्दैछ,
अाफु निपुण भएको क्षेत्रलाई सृंगारी संसारलाई केही दिदैंछ,
यो ‘म’ नि अाफ्नो निपुणता चिनेर संसारलाई केही दिन्छ ।

Marcel Mansingh – Manav Upahar

शिर्षक :- मानव उपहार
कवि:- मार्सेल मानसिहं मुर्मु

अति नै विशुद्ध प्रकृतिको मानवको छ यो जीवन,
फरकपन्ता सबैमा रहे पनि सज्जिनु पर्छ यहाँ,
कतै खुसीको हाँसो आलाप व्यापत त कहीं दुखको विलाप,
यति भिन्न प्रकृतिले राज गर्छ, हुन्छ मानव जहाँ।

बीउ रोप्यो, त्यो हुर्कियो फक्रि सकेसी कसैले ग्वाम बनायो,
मेहनत गर्यो, त्यो बानी बसाल्यो कसैले त्यसलाई हसुर्यो,
उमार्ने म, त्यो हुने सब मध्येका कोहि, आफु गुम्यो,
स्विकारोतीमा रहेछ त्यो महान्ता बनाई सारा आफु अर्थपूर्ण।

जन्म दिनेले पाइला बडाउन सिकाउछ, बडने नि चक्रभागी,
अघि बढ्दा आफ्नो मात्र होइन सबको निम्ति हुनुपर्छ लागी,
जति लाग्यो, गर्यो, हिसाब नगरी रहुँ सन्तुष्ट केही नमाघी,
कारण आफु हिडेको पाइलाले गरोस सृष्टिकर्ताको प्रशंसा।

म हौउ त्यसैले एक असल अौजार मानवताको,
म बनु त्यसैले एक ज्योति बडारिएका निम्ति हसुर्ने,
म रहुँ त्यसैले एक उदाहरण रहि सकारात्मक सदा,
म गुम भई दिउ सकिने जति उहीँ ईश्वर एकको महिमा।

(मार्सेल मानसिहं मुर्मु
स्थायी ठेगाना- बिसनपुर,(साविकको- होक्लावारी-८), कानेपोखरी गा.पा.-१, मोरङ्ग
अस्थायी ठेगाना- गोर्खा
पेसा- शिक्षक)