मनोज काफ्ले ‘मनसुन’ – सन्त्रासको निसिमा रोएँ
सन्त्रासको निसिमा रोएँ चोटै चोट लुकाएर
बिलौना मा बिहानी भो नयनहरु सुकाएर
जीवन यो नसा भयो अँध्यारा छन् गंतब्य
आफ्ना ले भुली गए बाचा बन्धन फुकाएर
बेअर्थको संघर्ष यो उन्मुक्त यी भाग्य रेखा
हजार आए ठगी गए खोक्रो आधार झुकाएर
बल्झिरहे घाउहरु बेदनाका लाम लागे
दैब तेरो सापो नापो जाउँकि बरु चुकाएर