Mahendra Tamang Syangbo – Dashain

महेन्द्र तामाङ स्याङ्बो – दशै

ठिक यही बेला हो
बहन्थ्यो उन्मादी वतास्
अनि
त्यस्को चपेटमा
इतृन्थियो वैशालु जमरा
गाउँभरि

गाउँको फटकमा नै
ठोक्किन आउँथे
उत्सवी महक
गाउँको न्यानोपन ।

काँईला बाजेको बुढो पैतालाले
खै कुनी कसरी भेटाउँथे
बर्षाभरी हराएको लय र ताल
गाउँ सलबलाउँथ्यो
आफ्नै छुट्टै उल्लासमा ।

आज
बुढो पैतालाले ताल हराएको छ
गाउँ उद्विग्न घोरिएको छ
शायद्
त्यो वतासले
सडकभरी पोखिएको
रगतको फाल्सोलाई चट्ट छोएर
गाउँ पसेकोछ । ।