Mani Lohani – Jeevan Ko Reet

मणि लोहनी – जीवनको रीत

छाडेर गए पनि तिमीले
दुःख लागेन मलाई ।

यो हाम्रै मनजस्तो कहिल्यै नअडिने पृथ्वी पनि
एकछिन त अडिएजस्तो लाग्यो
विरुपाक्षजस्तो टक्क रोकिएर समयले
धारेहात लगाइरहेझैँ लाग्यो
छाडेर गएपछि तिमीले
भगवान् पनि तिम्रै साथमा उभिएर
मलाई सरापी रहेझैँ लाग्यो ।

छाडेर जाँदा तिमीले लिएर गएकी थियौँ
मेरा ओठका खुसीहरू
सपनाहरू मेरा आँखाका
लिएर गएकी थियौ मेरा चौडा छातीका साहसहरू
र बाँकी थिए मसँग
पीडाकै पाइलाजस्ता कलेँटीहरू ओठमा
नपुङ्सकको पत्नीको श्रापझैँ आँसुहरू आँखामा
र गडेथ्यो छातीमा, आफैँसँग हारेको मानिसको अनुहारजस्तो दुःख ।

छाडेर गएपनि तिमीले
दुःख लागेन मलाई ।
हामीले छोएको र देखेको मात्रै
सत्य रहेनछ
सँगै हुनु र रमाउनु मात्रै पनि
जीवन होइन रहेछ
हो, जसरी हाँस्यौ नि तिमी मेरो अँगालोमा
हो, जसरी अग्लिए नि म तिम्रा सपनाहरूसँग
यी सबै पनि पूर्ण रहेनछन् ।

कोही हुनु, नहुनुले
कहाँ रोकिदोरहेछ र यो घुमिरहने पृथ्वी
कसैको हुनु, नहुनुमा
कहाँ अडिदोरहेछ र यो बगिरहने समय ।
सँगै हुँदा हामीले
कपडाजस्तै फुकालेर आफ्ना अहमहरू
एकसाथ नबाँचेका पनि होइनौँ
बेपरवाह छाडेर आफ्ना खुसी र रहरहरू
एकअर्कालाई न्यानो नबनाएका पनि होइनौँ
ओच्छ्याएर आफ्नै छाती मैले
तिमीलाई दुःखहरूबाट सुरक्षित राखेको पनि हो
समातेर मेरो पाखुरा
संसार बैरी हुँदा तिमी मेरो पक्षमा उभिएकी पनि हौ ।
र पनि यस्तै भयो
सँगै हुन सकेनौँ हामी ।
भेटिनु र छुट्टनु
एउटा प्रक्रिया रहेछ
जसरी पलाउँछन् पातहरू रुखबाट
जसरी र्झछन् पातहरू रुखबाट
यो एउटा सिलसिला रहेछ जिन्दगीको
कहिल्यै नअडिएजस्तै पृथ्वी
कहिल्यै नरोकिएजस्तै समय
एउटा रीत रहेछ जीवनको ।
तिमीसँग छुट्टएिको वर्षौंपछि
आज मैले बुझें
छुट्टनिकै लागि भेटिएका रहेछौँ हामी ।
छाडेर गए पनि तिमीले
दुःख लागेन मलाई ।

Mani Lohani – Desh Ka Naam Ma

मणि लोहनी – देशका नाममा
(नेपाल साप्ताहिक, अंक २९८)

आस्थाको सुकिलो देवताजस्तो जनताको आ“खामा
अड्याएर सपनाको भरेङ
त्रि्रै केही नागरिकहरूले
माटोको मोलतोल गरिरहेको
तिमीले सुन्यौ देश –

सपना फुल्ने आखामा मृत्यु टासिएको छ
डुबेका छन् मान्छेहरू
अनिश्चित भविष्यस“गै आशङ्काको दहमा
सहर निदाएको अभिनयमा जागिरहेछ
ग्ाणतन्त्रको नारासगै
गाउ“ आतङ्कको मियोमा नारिएको छ अझै
किलाझै ठोकिएका छन्
नागरिकहरूको
आखा, ओठ र हातहरूमा
लेख्न बाकी संविधानका धाराहरू ।

डा“डाबाट भर्खरै ओर्लेको घाम
र, क्यान्टोमेन्टभित्र कैद आ“खामा देखिएको सपना
आरुका फूल र विस्थापितका रहर
घुरको आगो र मधेस आन्दोलन
र्भ्ार्खरै विजयी नेताको ओठमा नसुहाएको
नया“ नेपालको नारा
र दरबारबाट जारी वक्तव्यहरू
किन सबै उस्तैउस्तै लाग्छ देश –

पाठशालाबाट फर्किरहेछन्
पुस्तकविहीन कलिला नानीहरू
र उनीहरूस“गै फर्किएको छ
अपेक्षाको मूलबाटो
हरेक बिहान अखबार होइन
सङ्घीयता पढिरहेछन् मानिसहरू
न्ोताहरू घरभित्रै असहिष्णु भइरहेका बेला
त्रि्रा केही नागरिकहरू
म्ााटोको मोलतोलमा जुटेका छन् ।

र, देश तिमीचाहि“
चुपचाप छौ… निस्पिmक्री
कुनै उदास मलामी सा“झजस्तै
के तिमीलाई हाम्रो भविष्यको चिन्ता लाग्दैन देश !

Mani Lohani – Divya Yatra

मणि लोहनी – दिव्ययात्रा

जसरी पढिरहेछु म
आफ्नो जिन्दगीलाई
सर्वाङ्ग उघारेर आफूलाई, पढ्न सकिन्छ
जीवन, एउटा खुला किताब हो ।
लुकाएर पनि देखिने यथार्थहरू छन्
जति छोडे पनि फैलिने उज्यालो छ, शरीरसँग
हो, Continue reading “Mani Lohani – Divya Yatra”

Mani Lohani – Sambandha Sutra

मणि लोहनी – सम्बन्ध सूत्र

विस्फोटमा ध्वस्त मन्दिरको बूढो पूजारी
बाबु जलाएको खरानी बगाउने
निर्दयी खोलाछेउ उभिएको, त्यो उदास बालक
र कुनै किशोर प्रेमीले लेखेको प्रेमपत्रजस्तो
सुरक्षित छ भन्दाभन्दै असुरक्षित बन्न पुगेको नागरिक
यतिखेर मेरा सहयात्री बनेका छन् ।
अब आफ्नो भन्ने कोही बाँकी रहेनन्
अनि म निस्किएथेँ यात्रामा
कतै जाउँ भन्थेँ, उहिल्यै
आफ्नाहरूको मायाले सताउँथ्यो त्यतिखेर
मोहले भुतुक्कै पाथ्र्यो, पर हुँदा
यदाकदा कतै गइहाले पनि
सताउँथ्यो यादले
सँगै रहँदा पनि कहिल्यै मिलेन सुख
जन्ती आउँथे, हृदयमा हुँदैनथ्यो शुभकामना
विना समवेदना आउँथे मलामी
र गाह्रो साह्रोमा कहिल्यै हुँदैनथ्यो सरसहयोग ।
जब थपिँदै गयो
उमेरसँगै दुःखको पहाड
सम्बन्धको जालोसँगै एकाङ्कीपन
आफन्तको न्यानोपन
बतासियो, साँझका चराहरूसँगै ।
अडिएन पर कतै पुगेर
बतासजस्तो उनीहरूको माया
इन्द्रेनीजस्तो आफ्नो सपना
र यौवनजस्तो उनीहरूसँगको सम्बन्ध ।
नबग्नु खोलो बगिरहृयो
रोकिएन फिरन्ते ऋतु र मौसम
बेहिसाब हिँडिरहृयो अभिशप्त समय ।
र यात्रामा निस्किएपछि
एक-एक गरी भेटिए
बूढो पूजारी
उदास बालक
र असुरक्षित नागरिक ।