गणेश भण्डारी – एक न एकदिन
(Source: मधुपर्क २०६६ जेठ)
बिशतोष्ण यामका दुर्लभ घामहरू छोडाएर
ठोसिरहेछु अगेनु, सौदमिनि सल्काउन ।
हामीलाई चिसमिरो अकारोमा बाधेर
हाम्रा रुघिरहरू मधुमह बनाएर चाट्ने चमेरो
टाास्सिइरहेकै छ घरको मूलदलानमा
हाम्रो हस्तिहाडको मासी लुछेर
हामीलाई नै शङ्ख बजाउने ज्यानीजूको बााचेकै छ अश्रुगुल्जारमा
हाम्रा तपनीका किस्मती आभूषण बनाएर
जुनेली गाउने धुर्त धमिरो जीवितैछ खलियानमा
हाम्रो आसुको जलाधिमा सयर गर्ने मकरमाछो
जीवितै छ सन्ताप सरितामा
हाम्रा आयु र समयका विपलाहरू काटेर बाचिरहने ऐंजरु
जीवितै छ घरको छानामा
विश्वास छ एक न एकदिन सिलाइसक्नेछु
धेरै अघि उनीहरूले च्यातिदिएको स्वप्नहरूको स्वर्ण भूगोल
विश्वास छ एक न एकदिन जोडी छाड्नेछु
विश्वास छ एक न एकदिन जोठी छाड्नेछु
उनीहरूले टुक्रा-टुक्रा पारिदिएको लघुआकाश
एकन एकदिन साकार हुनेछ मेरो विश्वासको स्वप्न
विश्वास छ रुदिला नजरहरूबाट एक न एक दीन ज्वालामुखी फुट्नेछ
विश्वास छ एक न एक दीन ओसिला यी चिसमिराबाट झन्झनिल फुट्नेछ
ढल्नेछ एक न एक दिन गुरुताभाषले बनेको लुटको गजुर
पुछ्नेछ समयले इतिहासको प्रतिस्राव र तर्नेछ भयवह जंघार
हेरिराख ! एक न एक दिन उनिसक्नेछु तारामण्डल र लगाइदिनेछु आमाको गलामा
पर्ख एक न एक दीन सल्काइछाड्ने छु सौदमिनीरदिप्त पार्नेछु गोल भूगोल
एक न एक दीन उठाउनेछु सिङ्गै पृथ्वी र लगाउने छु जुलुस
च्यात्नेछ जुलुसले वित्रंलब्ध पूरातन सन्धि र लेख्नेको समयको नया स्पन्दन