ईन्द्र कुमार सुनुवार – तिम्रो खुसी
जीबनभर रुवाउनु थियो त
दुई पलको लागि किन हसायौ?
दोबाटोमा छोड्नु थियो त
साथ साथै लिएर किन हिडायौ?
बिचल्ली नै पार्नु थियो त
सुन्दर सपना किन देखायौ?
झुठो सहाराको नाटक गरी
दुखीलाई बेसहारा किन बनायौ?
आलो घाऊमा नुन छर्नु थियो त
मलम पट्टी के को लागि लगायौ?
तिर्मो स्वार्थ नै तिम्रो सबै थियो त
मेरो सारा खुसीलाई किन जलायौ?
प्रेम देख्छु म तिम्रो घृणामा पनि
अभिषाप दियौ लागोस आसिष बनी
दोषि तिमी हैनौ जिन्दगी भावीले लेखेको
बस् तिम्रै खुसी हेर्न छु म बाचेको