Hari Govinda Luitel – Picnic [Nepali Bal Kabita]

काट्ने, कुट्ने, बनाउने
पकाउने र तुल्याउने
आज हामी जंगलमा
पिकनिक मनाउने !

सबै हाँस्ने, हँसाउने
खाने, रम्ने, रमाउने
आज हामी जंगलमा
पिकनिक मनाउने !

खै खै आलु ताछौं म
बन्दाकोभी काटौं म
मटरकोसा छोडाउFm म
बोडी, चना केलाऊँ म
पाउरोटीमा चक्कूले
बटर-जेली दलौं म !

लौ लौ हेर सबैले
होस्टेमा हैँसे गरेछन्
बढारकुँडार सकेछन्
पानी, दाउरा ल्याएछन्
उता राडी हालेछन्
यता चुल्हो बालेछन् !

बिस्नु, कालु, जमुना
अचार मोल्न थालेछन्
पासाङ्ग, राजु, बुधिया
रोटी बेल्न थालेछन्
चिरी र तःरि मिले र
लस्करै खाजा बाँडेछन् ।

पहिले खाजा खाने हो
अनि खेल्न जाने हो
पछि खाना खाएर
बल्ल घर जाने हो
बीचको मौका छोपेर
नाच्ने, गाउने, खेल्ने हो ।

गीताले गाएको क्या मिल्दो
रामुले नाचेको क्या मिल्दो
च्याङ्बाको चुटि्कला क्या राम्रो !
सिम्माको कविता क्या राम्रो !
भवानी मिस र रतन सर
दोहोरी खेलेको क्या राम्रो !
सबैले डुलेको, खेलेको
ऐंसेलु खा’को क्या राम्रो
आजको हाम्रो पिकनिकमा
सबै कुरा क्या राम्रो !