चीँ-चीँ चल्लो करायो
‘खोल मेरो झयाल ।’
कुखुरीले कोपरी,
फुलमा पर्यो प्वाल ।
झयालबाट बिस्तारै
चुच्चो निकाली,
फुत्त निस्क्यो चल्लो है
बोक्रो फुटाली ।
बिहानको सित्तलु
सिरिसिरी याम,
आँगनमा मायालु
मिरिमिरी घाम ।
वर-पर नियाल्दै
रमिँदै अपार,
चल्ला बोल्यो मनमनै
‘क्या राम्रो संसार !’
२०५९ वैशाख २४