Dr. Suraj Niraula – Desh ra Dusta

डा. सुरज निरौला – देश र दुष्ट

मेरो देशभित्र सलबलाएका
पाखण्डीहरुको गलामा
१०८ को लगाम कसिदेऊ ।
चम्चे टेकुवा टेकेर चढेकाहरु,
टेकिएका अाफ्नै धरातल
बारम्बार छाम्ने गर,
दलदल माथि ठडिएको तिम्रा संरचना
क्षणभर मै टुट्न सक्छ ।
अध्यारो कुवामा रुमल्लिएकाहरु,
अल्पज्ञानमै त्यसरी चिच्याउने नगर,
तिम्रा खोक्रो अावाजको भुमरीमा
कैयौ निर्दोष फस्न सक्छ।
अत्याचार र भ्रष्टाचारको कालो करतुतमा
रमाउनेहरु,
सर्पले एकदिन तिमीलाई नै डस्न सक्छ ।
यी ब्वाँसोहरुको चङ्गुलबाटै
मेरो देश लुछिन सक्छ ।
सोच्ने गर्छु,
ठाँऊ ठाँऊमा फुटेको मेरो देश
टाईटेनिक झै एकदिन डुब्न सक्छ ।

तिम्रा समाजका विकृती
अनि कुरितीका पाठ भो
मलाई अब नपढाऊ ।
तिम्रा इर्ष्याले घोचेको मेरो मन
पटक पटक अझै चस्किरहन्छ ।
मेरो पसिना पिएर जिउने तिम्रो प्रवृती
तारोमा राखेर एकपटक पट्काउन मन लाग्छ ।
नरभक्षी भई तिम्रा छाती चिथोरेर
रगत पिएरै बर्षौको प्यास बुझाउ झै लाग्छ ।
सोच्नेगर्छु,
अरिङ्गालक‍ो झुन्डबाट
चटक्क मेर‍ो देश छुटाउन मन लाग्छ ।

तिम्रा दलगत, व्यक्तिगत
स्वार्थले छियाछिया पारेको मेरो देह
अनि तिम्रो सत्ता लिप्साले
अाजित मेरा मस्तिष्क अब धेरै नचर्काऊ ।
नकुदाऊ मेरा पाइलाहरु,
नदेखाऊ अब मरुभूमीको मृगतृष्णा ।
नेपाल अामालाई दुष्टहरुको
चङ्गुलबाट छुटाई सुटुक्क बोकेर
हिमशिखरबाट बग्ने पारदर्शी
कञ्चन पानी सँगै
कलकल बग्न मन लाग्छ ।
प्रातः कालको पंक्षीहरुका संगित
मिश्रित मन्द पवनको स्पन्दन् सँगै
उनकै काखमा लुटुक्क
निदाउन मन लाग्छ ।
अनि विहान अाँखा खोल्दा
सूर्यको पहिलो लालीसँगैं
उनैलाई हेर्न पाए पुग्छ ।
सोच्नेगर्छु,
ग्वाम्लाङ्ग अङ्गालो मारेर
मेरो देश जोगाउन मन लाग्छ ।
दुष्टबाट देश बचाउन मन लाग्छ ।

Basudev Pulami – Desh Ra Kira

बासुदेव पुलामी – देश र किरा

देशको मानचित्र जस्तै छ
उसको नाङ्गो करङसितको छात्ती।

सर्व शिक्षा अभियानको
घोटालाले पिल्सिएको छ उसको जीवनको साउँअक्षरहरू
त्यसैले उसले कहिले जानेन
अ वर्णमालाबाट अधिकार
र आ वर्णमालाबाट आरक्षण बोल्नु।

स्कुल, ऱ्याम्स, सुग्घर लुगाफाटा र घेघेरानीहरू
उहिल्यै नै फ्याक्ट्री र कारखानाहरूले चोरेर लगिदिएको हो
जीवनमा कहिल्यै नफर्काउने गरी।

भोक, तिर्खा र पसिनाले लेख्छ उसले
देशको स्वादिलो तलतल
त्यसै स्वादमा जिब्रो पढकाएर खान्छ देशले खैनी
उसकै रगतको अलिकति चुना दलेर।

ढुङा, रोडा र बालुवामाथि
घस्रिरहेको त्यो नाङ्गो सिगानेकिरा लाग्छ देशलाई त्यसको रूप
तर त्यो रूपबाट देखिने देशको
प्रतिबिम्बलाई हेर्ने राष्ट्रपतिकोमा चस्मा छैन।

Bikalpa Shrestha – Ma Tyahi Desh Ko Nagarik

बिकल्प श्रेस्ठ “रसिम” – म त्यही देशको नागरिक

म त्यो देशको नागरिक
जहाँ गरिबहरु कानुन मुनि दबिएका छन
अनि त्यही कानुन दबाएका छन यहाका धनिहरु

म त्यो देशको नागरिक
म त्यो देश्को नागरिक
जहाँ शिकारी बगलमा छ
अनि स्याललाइ कुटि कुटि
सिकारी बन्न बाध्य बनाइन्छ
जहाँ बुद्धका आखाहरु
बलतकार नियाल्नमा व्यस्त छन
जहाँ कोशीको वेगले
अपराधी बगाई बगाइ
पारी पुर्याइराको छ

म त्यो देशको नागरिक
म त्यो देशको नागरिक
जहाँ सुनलाइ हातको मैलो
सिर्फ कवितामा भनिन्छ
नत्र नसुनेको को छ र
कानुन प्रमुख नै तस्कर बनेको
जहाँ आफ्नो घरको खम्बा अड्याउन
अर्काको घरमा जिब्रोले चाटिन्छ
हो म त्यही देशको नागरिक
निसन्कोच त्यही देशको नागरिक

पत्रीका नियाल्दा आँखा डराउन थालेका छन
रेडियो सुन्दा कान धक्धकिन थालेका छन
कतै छ बर्षको नानिको पीडा
आखामा झल्किने पो हो कि
कतै बच्चिको रुवाइ
कानमा गुन्जिने पो हो कि
हो म त्यही देशको नागरिक
सत प्रतिशत म त्यही देशको नागरिक
जहाँ सानी बच्ची देखि लिएर
लौरा टेक्ने आमा समेत सुरक्षित छैनन््
जो हमेशा थिचिदै मिचिनै रहेका छन
हो म त्यही देशको नागरिक
बेसक त्यही देशको नागरिक

जहाँ राम साह को देशमा
न्यायकै अनिकाल छ
गौतम बुद्धको देशमा शान्तिकै अभाव छ
हो म त्यही देशको
जहा शान्ती न्याय पाइने हैन
किन्नु परेको अवस्था छ
जहाँ आफ्नो अधिकार पाउन
आफैले आफुलाइ बिकाउनु परेको अवस्था छ
हो म त्यही देशको नागरिक
निसन्कोच त्यही देशको नागरिक

जहाँ स्वयम्बुको न्याय नियाल्ने आखाहरु
बहत्तर साल सङ्गै फुटेर गए
जहाको राजनिती बाग्मती झै
अझै फोहोर फोहोर बन्दै गए
हो म त्यही देशको नागरिक
जहाँ राजा सिहँहरु लोप हुँदै छन
अनि चुतिया स्यालको राज छ
हो म त्यही देशको नागरिक
जहाँ को प्रधानमन्त्री देश हैन
कमेडी सो चलाउन काबिल छ
जहाको राष्ट्रपती सांसद हैन
आफ्नै रहर अघि बढाउन रुचि राख्छ
म त्यो देशको नागरिक
जहा को प्रधानमन्त्री र राष्ट्रपती मिलेमा
शरकार हैन,
घरबार जरुर बन्छ
हो म त्यहि देशको नागरिक

Rajendra Shalav – Ustai Dukhchha Desh Yaha Pani

राजेन्द्र शलभ – उस्तै दुख्छ देश यहा पनि

कसैले सोध्नु अघि म आफ़ै भन्छु,
दिक्क लागेर नै बिदेशिएको हो म
खानै नपाएर होइन
तिमीले गरिखान नदिएर
देश छोडेको हुं मैले ।
कसलाई मन हुन्छ र
पराई देश्मा पसिना बगाउन
को चाहन्छ र आफन्तहरूबाट टाढा बस्न
तर, तिमीले बस्नै दिएनौ
र म देश छोडेर हिंडे ।

परदेशमा नि कहां देश बिर्सिन सकिन्छ र?
देशमा अझै अंध्यारोको शासन छ
सुरछा भन्दा बढी डर छ
सुबिधाको साटो आश्वासन छ
सम्रिध्दिलाई स्वार्थले छोपेर
अझै सांढेहरू जुधी नै रहेका छन
अझै लठीको हैकम चलिरहेको छ
यस्तो कुशासनका बेला
गणतन्त्रका नाममा मणतन्त्र भएका बेला
मैले केही दिन अझै किन पर्खिन
भन्ने पनि लाग्न छोडेको छ ।
तिमीले सोध्नु अघि म आफै भन्छु
अझ बढी सताउंछ भूगोलले
झन पिरोल्छ सम्झनाले
यहां पनि घरि घरि
अनिश्चितताका पर्खालहरू ठडिन्छ्न
अन्यौलका बाटाहरू पसारिन्छ्न
तर तिमीले जस्तो खुट्टा तान्दैनन यिनीहरूले
अझ वास्तै गर्दैनन यिनले त
र घरिघरि आभाश हुन्छ- देशमा नभएको
देश बांउडिएर आंउछ मनभरि
म यहां परदेशमा छु
तर उस्तै दुख्छ देश यहां पनि ।

-July 21, 2011
मेरीलेण्ड, अमेरिका

Kiran Budhathoki – Ma Desh

किरण बुढाथोकी – म देश

बिहान जब सूर्य उदाउंछ
र यसका स्वर्णीम किरणले
टल्काउंछ मेरो सगरमाथा
माछापुच्छ्रे अनि कंचनजंघा।

त्यसैगरि जब टल्कन्छन
भञ्ज्याङका मानेहरू
अनि फांटका खेतमा टल्कन्छन
जसै धानबालामा शीतका थोपाहरू।

र म मख्ख पर्छु-देखेर मेरो सुन्दरता
र शान्त हुन्छु-जसै मेरी रारा
र म आनन्दित हुन्छु
जसै मेरा जोमसोम र मुस्ताङले सुसेली मार्छन।

तर जसै दिन सुरू हुन्छ
म सुन्छु ब्वांसाहरूको कोलाहल
जसलाई कत्तिपनि गर्व छैन मेरा हुनुमा
तब म कालभैरवझैं अशान्त बन्छु।

जसोतसो सांझ पर्दछ
अनि म टोलाउन थाल्दछु
हेरेर ती जेटहरू-जो गइरहेछन पारी पारी
बोकेर मेरा सपनाहरु-मेरा सपुतहरू।

Rakesh Karki – Desh Aafu Bhai Diye

देश आफू भैदिए – इन्जिनियर राकेश कार्की

आफ्नो माया त सबलाई रैछ
परिवारको पनि माया हुँदो रैछ
देश आफू भैदिए कस्तो हुन्थ्यो
परिवार देश भैदिए कस्तो हुन्थ्यो

देशको भविष्य नेताकै हातमा
बुद्धिजिवी, श्रमी Continue reading “Rakesh Karki – Desh Aafu Bhai Diye”

Kailash Shikar – Akhtiyar ra Bhrastachar (Gajal)

कैलाश शिखर – अख्तियार र भ्रष्टाचार (गजल)

अख्तियार र भ्रष्टाचार ,उस्तै उस्तै लाग्छ।
राजनीति र सरकार , उस्तै उस्तै लाग्छ।।

फरक निर्जिवता र विचारको न हो
क्रान्ति र हतियार ,उस्तै उस्तै लाग्छ।।

पुरानै Continue reading “Kailash Shikar – Akhtiyar ra Bhrastachar (Gajal)”