Biplav Pratik – Abhishaap

बिप्लव प्रतिक – अभिशाप

सुर्य त्यही हो र चन्द्र पनि त्यही हो
सुर्य मलाई गरम लाग्छ र चन्द्र शीतल
र मलाई थाहा छ, त्रि्रो र मेरो अनुभूति एउटै हो
र यो पनि थाहा छ
या त म पागल हुँ या त तिमी पागल ।
म कहिलेकाहीँ त्यही सुर्यको निम्ति झगडा गरिरहन्छु
र तिमी चन्द्रको निम्ति मसँग रिसाइरहन्छौ
या त म गलत छु कि त तिमी गलत छौ ।

जबसम्म दृष्टिलाई मोह, स्वार्थ र अहंका पर्दाहरूले
झयाप्प छोपिरहन्छन्
जबसम्मर् इष्र्या, उग्र ममहत्वाकाङ्क्षाका जालाहरूले
झयाम्म जेलिरहन्छन्
सायद दुईमध्ये एक पक्ष र अर्को विपक्ष हुनुपर्ने हो कि ?
सायद एक उत्तर अर्को दक्षिण धु्रव हुनुपर्ने हो कि ?
खोइ कहाँ ओइलाए ती आपसी मायाका फूलहरू ?
खोइ यहाँ सद्भावनाका मूलहरू ?
खोइ यहाँ प्रेमको करेसा ? खोइ यहाँ जिन्दगीको ड्याङ्ग ?

के एकअर्काबीच प्रतिस्पर्धामै
भुल्यौँ त हामीले गर्नुपर्ने कुराहरू ?
के एकअर्काबीच खनिएका द्वेषको धरापमै
गुमायौँ त हामीले जिन्दगीको एक सुनौलो पाटो ?

घट्टेकुलो, ३० नोभेम्बर १९९०