Bikalpa Shrestha – Mrityu Danda

मृत्युदण्ड

“तेरो अन्तिम इच्छा के छ भन ?
अब को एक घण्टामा तँ फाँसी लाग्दै छस”

म मन्द मुस्कान अनुहारमा राखेर जेलर तिर हेर्छु
र मुस्कुराउदै भन्छु ” केही छैन ”
नाक खुम्च्याउदै जेलर जान्छ

एक घण्टा
मैले जिन्दगिको एक चौथाइ उमेर सम्म
साचेँर राखेको सपना पुरा गर्ने मलाइ समय मिलेको छ
एक घण्टा

म कसरी भनुँ जेलरलाइ कि
म पर्देश आउने बेला मेरि आमालाइ
रातो सारि ल्याइदिन्छु है भन्या थिए

कसरी भनु कि
अन्तिम भेटमा बाबाको पुरानो ढाका हेर्दै
भन्या थिए बाबा तपाइलाइ
एउटा नया ढाका ल्याइदिन्छु है

म कसरि भनुँ कि मेरि बहिनिले
भन्या थिइ कि दादा आउने बेला
एउटा ल्यापटप ल्याइदे है

म बुझ्न सक्छु , यो मेरि बहिनिको स्वार्थिपन थिएन
यो त उस्को आश थ्यो ओ
म फर्केर आवोस , आराम कुशल
चाहे हातमा ल्यापटप होस या नहोस

म कसरी भनुँ कि म त एउटा गरिब केटो
म त आफ्नो,आफ्नो आमाबाबाको
सपना पुरा गर्ने सपना देखेर
यो सपनाको सहरमा आएको हुँ

जिन्दगिको एक चौथाइ उमेर सम्म मैले
मेरो सपनाको समुन्द्र बाट एक थोपा रहरहरु जिएको छैन
अनि एक घण्टामा म अन्तिम इच्छा कसरी पूरा गरुँ

म कसरी भनुँ म बिदेश आउन अघि
मेरि आमाको एक मात्र सम्पती
उन्को सुनको मङ्गल्सुत्र धरौटिमा राखेकी छिन
त्यो सुन उकास्नु छ
म कसरी सम्झाउ कि
मेरो बाबाले आफ्नो कपाल
सेतै फुलुन्जेल सम्म कमाएको पैसा
मेरो जिन्दगिमा लगानी गर्नु भएको छ
म स्वदेश फर्किएर बाबाको कपालमा
खुशिका रहर लाग्दा रङ्गहरु भर्नु छ

मलाइ मेरो आमाबाबा सङ्ग
गाउँकै मेलापातमा रमाउन जानू छ
अनि म सङ्ग समय छ एक घण्टा

ल हुन्छ जेलर सहाब
मेरो एउटा चाहना छ पूरा गरिदिनुस
मेरो देश गएर त्यहाका युवाहरुलाइ भनिदिनुस कि
पर्देश दलदल हो
जहाँ फसे पछि निस्कना गाह्रो हुन्छ
बरु गाउँकै मेलापातमा रमाउ
मेरो देश गएर भनिदिनोस कि पर्देश यस्तो ठाउँ हो
जहाँ आफुले नपिएको बिषले पनि असर गर्दो रहेछ

बिन्ती छ तपाइलाइ मलाइ यो दलदल बाट निकाल्नोस
मेरि आमा छोराले नया सारी ल्याइदिन्छ भनेर
पुराना सारिहरुले सागबारी बारिन रे
मेरो बाबाले छोराले ढाका टोपी ल्याइदिन्छ भनेर
पुरानो टोपी बाक्सामा थन्काए रे
मेरो बहिनिले दादाले ल्यापटप ल्याइदिन्छ भनेर
साथिहरु माझ फुर्ती लाउन थालिसकी रे
अनि म यहाँ आफुले पिउदै नपिएको बिषले पल पल मरिरहेछु

जेलर सहाब अनि तपाईं
अनि तपाईं मलाइ एक घण्टाको समय दिनु हुन्छ
मेरो अन्तिम रहर पूरा गर्न, मेरो अन्तिम इच्छा जिउन

मेरि आमालाइ गएर भनिदिनुस कि
बच्चामा सुसुले तिम्रो पछ्यौरी भिजाउने छोरोले
बुढेसकालमा तिम्रो आँखा बाट खुशिका आंशुहरु झार्न सकेन

गएर भनिदिनुस मेरो बुवालाइ कि जब मेरो मृत्युको खबरले
मम्मिले देख्नुहुन्छ कि भनेर लुकि लुकि रुनुहुनेछ
तब यो छोरो चाहेर पनि आँसु पुछ्न सक्ने छैन

मेरो बहिनिलाइ गएर भनिदिनुको
तिहारको तिर्सना मेटाउन अर्को कर्म दाजु बनाउनु
अब यो दाजु तिहारमा सप्तरङ्गी टीका लगाउन आउने छैन

गएर भनिदिनुस मेरो देशको व्यपारिहरुलाइ
अब नया व्यपार सुरु गर्नु , पर्देशिको आँसु
लगानी चाहिन्दैन , फालाफाल छ
अनि नारा राख्नुहोला
“पर्देशिको आँशु बिक्रीमा एक्दम सस्तो ,
आउनुस मिलाएर लानुस ”

गएर भनिदिनुस मेरो देशका ६०१ इमान्दारहरुलाइ कि
अब जमिन बेच्यौ
खोला बेच्यौ
जङ्गल बेच्यौ
देश नि बेच्छौ कुनै दिन
तर अहिलेको लागि चाहिँ
पर्देशिको लास बेच
अनि भन्नुस ” आउनुस किन्नुस दुनियाको सबै भन्दा सस्तो लाश ”
पर्देशिको लाश , नेपालिको लाश

तर शरकारलाइ त के प्रस्ताव राख्नु र
फुर्सद कहाँ छ र आफू बिरुद्ध उठेका
आवाज गित र लोकभाकाहरुलाइ दबाउदा दबाउदा
लुट्न सके लुट कान्छ लुटन सके लुट
अरु देशमा पाइन्दैन नेपालमै हो छुट

हैन जेलर सहाब म त कहाँ पो पुगेछु
यो तपाइको बसको कुरा कहाँ हो र
बरु
ल ठिक छ मेरो अन्तिम
एउटा इच्छा पूरा गरिदिनोस
मलाइ मेरो देशको
सगरमाथाको चुचुरोमा गएर सबैले सुन्ने गरि
चिच्याइ चिच्याइ भन्ने मन छ
म निर्दोश हो , म निर्दोश हो
मलाइ बाच्न देउ
म निर्दोश हो

सक्नु हुन्छ , सायद सक्नु पर्ने त तपाइको एक घण्टाले

बरु महोदय मलाइ मेरो अन्तिम इच्छा नसोधिएको भए हुन्थ्यो
कमसे कम यादहरुले मुटि कब्जा गर्ने थिएनन
पीडा हुने थिएन
म दुख्ने थिइन
अनि म हासी हासी फाँसी चढ्न सक्थे
अनि म हासी हासी फाँसी स्विकार गर्थे

अनि देश तिम्लाइ अन्तिम सन्देश
अब देखि पर्देश छिर्ने हरेक नेपालिको
पुत्ला बनाएर जलाइदिनु
के गर्नु र पर्देशिको त न त बुढेस्कालमा
आमा बाबा हेर्ला परिवार स्याहार्ला भन्ने आश हुदो रहेछ
न त मरे पछि सजिलै लास भेटिन्दो रहेछ

Bikalpa Shrestha – Garibi Ko Rekha Muni

विकल्प श्रेष्ठ – गरिबिको रेखामुनी

गरिबिको रेखामुनि !
गरिबिको रेखामुनी अनेक प्रतिभाहरु लुकेका छन
अनेक चाहना ,आकान्क्षा,लक्ष्यहरु दबिएका छन
जो अघि बढ्न मौलाउन त चाहन्छन
तर लक्षमण रेखा पार गर्न सकिरहेको छैन
त्यो लक्षमण रेखा हैन,
जुन सीता र रावण बिचमा थ्यो
तर कि यो लक्षमण रेखा
जुन प्रतिभा र पैसा बिचमा छ
मेहेनत र सफल्ता बिचमा छ
अनि त्यो लक्षमण रेखा
जुन गरिब र धनि बिचमा छ
हो ! गरिबिको रेखामुनी,

सोच्नुस निर्मला पन्त !
कुनै धनाड्यको सन्तान भैद्या भए
कुनै अमिर बाउको छोरी भैद्या भए
आज न्यायको लागि भिख माग्नु
धेरै दुरको कुरा हो,
बलत्कार गर्ने हिम्मत
कुनै मायकालालको हुदैन थ्यो
थोरै मात्र ईतिहास पल्टाएर हेर त
जति नि चेली बलत्कृत भए
के कुनै नेताको छोरी थ्यो?
के कुनै करोडपतीको सनतान थ्यो?
सायद जवाफ दिइराख्न जरुरत छैन
हो यस्तै यस्तै
चेलिहरु रातदिन थिचिरहेका छन मिचिरहेका छन
गरिबिको रेखामुनि !
तिनै चेलिबेटिको आमाबाहरु
रोइ रहेका छन
कराइ रहेका छन
तर कसैलाइ वास्ता छन
प्रवाह छैन
हो यस्तै यस्तै अपमानहरु खुलेआम भै नै रहन्छन
गरिबिको रेखामुनि !

म भन्दिन
घाटिमा हिराको माला
हातमा चादिको बाला
अनि सुनको औठो औलामा न लगाउ
तर
घाटिमा हिराको माला छ भन्दैमा
मामुली मङ्गल्शुत्र लगाउनेलाइ
फोहोरी किरा नसम्झ
हातमा चादिको बाला लाछु भन्दैमा
नाङ्गो हात भएकाहरुलाइ
सडकको फोहोर वाला न सम्झ
सुनको औठि छ भन्दैमा औंलामा
गरिब दुखिलाइ पागल बौला न सम्झ
तर पनि वास्ता कस्लाइ पो छ र ?
प्रवाह कस्लाइ छ र?
हो यस्तै यस्तै आवाजहरु बेपर्वाह उडिरहन्छ
हरपल उडिरहन्छन
गरिबिको रेखामुनी

साथिहो
शिक्षकहरु
सभापती
सब्लाइ दर्शाउन चाहन्छु कि
यो धन सम्पती धेरै निस्ठुर चिज हो,
एकदम धोकेबाज प्रेमी प्रेमिका सरह
यस्को निम्ति झगडा गर्नु ठूलो मुर्ख्याइँ हो
धन आज तिम्रो पोल्टामा छ
भोलि अर्कैको गोजिमा हुन्छ
जस्तै धोके बाज आज तिम्रो काखमा छ
भोलि अर्कैको आचलमा हुन्छ
आज तिमी आफ्नो धनको लागि झगडा गर्छौ
भोलि अर्कैको भैदिन्छ,
आयो मज्जा ?
आज तिमी धोकेबाजको लागि लफडा गर्छौ
भोलि अर्कैको आचलमा गैदिन्छे
मज्जा आयो?
आएन नि!
तर यस्तो समझदारी,
आज भोलि कस्ले सोच्छ र
फुर्सद कस्लाइ छ र
त्यसैले घटना घटिरहन्छन
तर मात्र गरिबिको रेखामुनी
हो गरिबिको रेखामुनी !

Bikalpa Shrestha – Ma Tyahi Desh Ko Nagarik

बिकल्प श्रेस्ठ “रसिम” – म त्यही देशको नागरिक

म त्यो देशको नागरिक
जहाँ गरिबहरु कानुन मुनि दबिएका छन
अनि त्यही कानुन दबाएका छन यहाका धनिहरु

म त्यो देशको नागरिक
म त्यो देश्को नागरिक
जहाँ शिकारी बगलमा छ
अनि स्याललाइ कुटि कुटि
सिकारी बन्न बाध्य बनाइन्छ
जहाँ बुद्धका आखाहरु
बलतकार नियाल्नमा व्यस्त छन
जहाँ कोशीको वेगले
अपराधी बगाई बगाइ
पारी पुर्याइराको छ

म त्यो देशको नागरिक
म त्यो देशको नागरिक
जहाँ सुनलाइ हातको मैलो
सिर्फ कवितामा भनिन्छ
नत्र नसुनेको को छ र
कानुन प्रमुख नै तस्कर बनेको
जहाँ आफ्नो घरको खम्बा अड्याउन
अर्काको घरमा जिब्रोले चाटिन्छ
हो म त्यही देशको नागरिक
निसन्कोच त्यही देशको नागरिक

पत्रीका नियाल्दा आँखा डराउन थालेका छन
रेडियो सुन्दा कान धक्धकिन थालेका छन
कतै छ बर्षको नानिको पीडा
आखामा झल्किने पो हो कि
कतै बच्चिको रुवाइ
कानमा गुन्जिने पो हो कि
हो म त्यही देशको नागरिक
सत प्रतिशत म त्यही देशको नागरिक
जहाँ सानी बच्ची देखि लिएर
लौरा टेक्ने आमा समेत सुरक्षित छैनन््
जो हमेशा थिचिदै मिचिनै रहेका छन
हो म त्यही देशको नागरिक
बेसक त्यही देशको नागरिक

जहाँ राम साह को देशमा
न्यायकै अनिकाल छ
गौतम बुद्धको देशमा शान्तिकै अभाव छ
हो म त्यही देशको
जहा शान्ती न्याय पाइने हैन
किन्नु परेको अवस्था छ
जहाँ आफ्नो अधिकार पाउन
आफैले आफुलाइ बिकाउनु परेको अवस्था छ
हो म त्यही देशको नागरिक
निसन्कोच त्यही देशको नागरिक

जहाँ स्वयम्बुको न्याय नियाल्ने आखाहरु
बहत्तर साल सङ्गै फुटेर गए
जहाको राजनिती बाग्मती झै
अझै फोहोर फोहोर बन्दै गए
हो म त्यही देशको नागरिक
जहाँ राजा सिहँहरु लोप हुँदै छन
अनि चुतिया स्यालको राज छ
हो म त्यही देशको नागरिक
जहाँ को प्रधानमन्त्री देश हैन
कमेडी सो चलाउन काबिल छ
जहाको राष्ट्रपती सांसद हैन
आफ्नै रहर अघि बढाउन रुचि राख्छ
म त्यो देशको नागरिक
जहा को प्रधानमन्त्री र राष्ट्रपती मिलेमा
शरकार हैन,
घरबार जरुर बन्छ
हो म त्यहि देशको नागरिक