पुष्कर बिष्ट – सुक्राणुको सोैन्दर्यशास्त्र
च्यातिएपछि आकासको छाति
कहाँ बग्ला गुलाफको रगत
कुन पहाड भएर चढ्ला समागमको प्रेम गीत
भर्खर त उठेको हुन् यो धर्तिको आँखामा इन्द्रेणी जस्ता सपनाहरु
शुन्यताको भिमकाय स्वरुप
यो आकाशको टाउकोमा
किन बज्रारिरहन्छोै उन्मुक्तीको घन
फेरि सुम्सुम्याइरहन्छोै र
लगाइ रहन्छोैं सान्त्वनाको मलहम
च्यातेर आफ्नै प्रतिछायाँको ग्राफ
लेखिरहन्छोै आबेगको वर्णमाला
सुन्यताको मध्यबिन्दुमा
उठाएपछि तिमीले पाउ
सुक्रकिटकै सोैन्दर्यमा हाँस्नेछ एउटा सृष्टि
अो मनरुपा नहेर न त्यसरी क्षोभले ढुङ्गाको अनुहारमा
नलेखिदेउ न घृणाको महाकाब्य ।
अस्तित्वको पर्दामा लागेको लेउ
खस्दै खस्दै गइरहेछ
उठाएपछि आफ्नो टाउको
चालेपछि खुट्टाहरु के देखिन्छ अगाडी ?
देखिदैनन् सूर्यको आर्दतामा हाँसीरहेका दुधे ताराहरु
देखिदैन र पश्चिमको पहेलो घाम
कुन उन्नयनको परिकथा लेखिरहेछोैं आक्रोषका दलिलहरु घोलेर ?
सुक्राणुको सोैन्दर्यशास्त्र लेखियोस् अो कोमलीका तिम्रो चोैबन्दीको फेरमा नै ।
उन्मुक्तीको रटानमा कतै प्रकृती खुद बिरुपाक्ष नभैजावस् ।
पुष्कर बिष्ट
सल्यान नेपाल