बि.एस .क्षेत्री – स्वाभिमान
तिमी मलाई जे भन…
मैले आफु उभिएको धरातल
र आफु माथिको आकास बिर्सेको छैन
पद र पैसा को निम्ति
आफ्नो नैतिकता बेचेको छैन
जवानी को माद लागेर
सडक भरी छताछुल्ल बैंस पोखेको छैन
जागीर बचाउन
कसैको गुलामी र चापलूसी गरेको छैन
कर्मचारीतंत्रको सस्तो
कठपुतली बनेको छैन
मलाई थाहा छ
तिमी मेरो योग्येताको कदर कदापि गर्दैनौ
तिमी मलाई मेरो ईमानदारीको
तक्मा भिराउनु पर्दैन
खुला मंच मा फुल मालाले स्वागत गर्नु पर्दैन
नया दुलहीलाई जस्तो आरती उतार्नु पर्दैन
तिमी आफै दरिद्र छौ
मलाई तिम्रो दयाको भिक चाहीदैन
मलाई जोगीको घरमा पाहुना लाग्नु छैन
मलाई स्वतंत्रताको अर्थ नसोध
म आफै मज़बूरी को दास हु
मेरो बिचारलाई कुनै बाद र सिद्धान्तमा जोडेर नहेर
हराउने छौ आफैमा
मेरो कुरा तिमीलाई आदर्श लाग्ला
नैतिकताको शब्द ले ऐंजेरू झै बिझ्ला
तर म कसैको निम्ति
मेरो स्वविमान सम्झौता गर्न सक्दिन
संसार लाई झुकक्य पनि आफ्नै नजारमा गिर्न सक्दिन
(This poem was sent to Sanjaal Corps via Email)