Subash Lamsal – Saath Dine Manchhe Ko

साथ दीने मान्छेको
अब याद मात्र बाकीछ
दुखमा साथदीने हातहरुको
अब छाप मात्र बाकीछ

जीबन भनु केही रहेन येस्तो
बस दिन र रात मात्र बाकी छ
मेरो मन त अब मरी सक्यो
तेस्को राख मात्र बाकी छ

बसन्त आयो Continue reading “Subash Lamsal – Saath Dine Manchhe Ko”

Harilal Gautam – Timi Khushi Bhai Diye

चाहीदैन जित वरू, स्विकार गर्छु हार मलाई..!!
तिमी खुसी भई दीए,नदीनु भों प्यार मलाई..!!

वीच बाटोमा देखी कहीले,तिव्र घृणा जाग्यो भने”
सहन्छु म अझै पनी, दीनु पिडा् हजार मलाई..!!

साँचो माँया गरी तिम्लाई,ठुलै गल्ती गरेकै थें”
अझै मन नभरीए,घोषीत गर्नु गद्धार मलाई..!!

रहर छैन वाच्न पनी, तिमी मेरी नभयसी”
झुक्काएर दैवले नी,लाग्छ गरोस प्रहार मलाई..!!

आफ्नै मूटु टुक्रा वनाई,पल-पल तड्पी वाच्नु भन्दा”
हें ईश़्वर लैजाउ आजैं, वरू मृत्यु स्विकार मलाई..!!

[[२”चाहीदैन जित वरू, स्विकार गर्छु हार मलाई..!!]]
[[ तिमी खुसी भई दीए, नदीनु भों प्यार मलाई.२”]]

एच:एल: गौतम (अर्घाखाची)
खनदह3! हाल- भारत।।

Rajendra Pahadi – Mero Kushma

राजेन्द्र पहाडी – मेरो कुश्मा

मोदी र कालीको काखमा
उत्तर–दक्षिण तन्किएर
लमतन्न सुतेको
मेरो प्यारो जन्मभूमी कुश्मा
हिजो जस्तो थियो–आज त्यस्तो रहेन,
बान्नो (पर्खाल) मा टुक्रुक्क बसेर
सा“झ–बिहान हाम्रा हजुरबाले
गाउ“का तन्नेरीलाई सुझाउ“थे–
‘कुरा सुन्नु बुढाको–आगो ताप्नु मुढाको’
अहिले कुश्मा उल्टो दिशा हिंडिरहेछ
उहिलेका कुरा खुइले
बुढाहरु÷अनुभवीहरु पाखा लागे
तन्नेरी जमाना
फा“ट फुकेको बहरझै
इत्ला–कान्ला जोत्न व्यस्त छ,
डहर देख्न पाईंदैन कुश्मामा
पंधेरो छैन टोलमा
भएको एउटा इनार इतिहास गिज्याउदै
सिमेन्टमुनी कक्रक्क दबिएर बसेको छ,
ढिकी, जा“तो, ओखल किंवदन्ती भए
हेर्दाहेर्दै,
भुराभुरी टौवा बुझ्दैनन्
दा“इ खेल्न पाउ“दैनन्
ठेको के हो ?
मदानी के हो ?
आरी के हो ?
मधुश के हो ?
फाली के हो ?
आली के हो ?
न विरुवाको जात चिन्छन् यिनले
न सामाजिक संस्कृतिको खात चिन्छन् यिनले
‘काग कराउ“दै गर्छ–पिना सुक्दै गर्छ’
नसुनेरै÷नचिनेरै
कुश्मा दिन प्रतिदिन खुइते बनिरहेछ ।
नया“ र पुरानाबीचको खाडल
तन्काउ“दै तन्काउ“दै
रबर बनेको कुश्मा
आफ्नै भविश्यप्रति बेखवर भएको छ,
कम्प्यूटरमा रम्ने नया“ पुस्ता
यसको कुरा सुन्दैनन्
यसको उपदेश लिंदैनन्
न दाम्लो देखे तिनले
न नाम्लो देखे तिनले
डोको, थुन्से, सेखु र खुरपेटो
केवल कहानीका विषय बने तिनका लागि,
न भत्केरु बुझ्छन् तिनले
न लमी चिन्छन् तिनले
न दुनो बुझ्छन् तिनले
न टपरी ठम्याउ“छन् तिनले,
मेरो मुटु कुश्मा
अचम्मैस“ग आधुनिक बनेको छ
विश्वासै नलाग्ने गरी पराश्रित बनेको छ,
अपनत्व गुमाएर दिनदिनै
कुश्मा ढुस्स गनाउ“छ आयातित मदिरास“ग
भुक्क फुल्छ आयातित संस्कृतिस“ग
कहिले नाठा खेलाउ“छ इमान बन्दगी राखेर
कहिले भक्ति जगाउ“छ गुप्तेश्वर साक्षी राखेर,
दिन दहाडै बलात्कृत हुन्छ कुश्मा
नव–यौवनाहरुबाट
र, गर्भधारण गर्छ
विसंगतिको÷विकृतिको
फट्याईंको÷दुष्ट्याईंको,
मन्दिरमा घण्ट पनि बजेकै छन्
गुम्बाका माने पनि घुमेकै छन्
मदरसा कुरान घोकाउ“छ
मण्डली बाइबल पढाउ“छ
परन्तु,
कुश्माको कुनै धर्म छैन
गर्नै पर्ने खास कर्म छैन
खै, यसको आफ्नै श्वर छैन
आफ्नै गौरव छैन
आफैमाथि भर छैन
धेरै भएर पनि केही नभए जस्तो
हरेक प्रभातस“गै नक्कली बनेर व्याउ“छ
हरेक सा“झस“गै सक्कली देखिने उपक्रम गर्छ
तर,
सबै उपक्रमको नतिजा अनुतीर्णमा दरेर
कुश्मा पल–पल निचोरिइरहेको छ
आफूलाई मर्द लाठेहरुबाट निचोराईरहेको छ
पेलिनु र ठेलिनुको नियति
शीरदेखि पाउसम्म
कुश्मा खिईंदै गएको छ
सुक्दै गएको छ मोदीबेनीको फेदैसम्म ।
आदर्श सुखको सपना सा“चेर
निसासिंदो कल्पना बोकेर
रातारात कङ्क्रीटको
जंगल बन्न व्यस्त कुश्मा
ध्वनि, धुवा“ र धूलोस“ग
होली खेल्दै
आफ्नो परिचय खोज्छ
साच्चै म को हु“ ? कहा“ छु ?
ठिमाहा संस्कृतिको कोलाहलमा
बित्ता र हात नापेर चिरिंदा पनि
ऐइया–आत्था भन्न जान्दैन कुश्मा
आर्त र बेदना सहेर पनि सौम्य देखिन्छ कुश्मा,
सभ्यताको कृतिम उत्कर्षमा
चाकडी, चाप्लुसी र खुराफाती संस्कार
मौलिक गुण बनाए झैं
कुश्मा दलाली गर्छ आक्कल झुक्कल
ठालूको दैला चाहार्छ
नेताको पाउ मुसार्छ
चेपारे बन्छ
दहिच्यूरे हुन्छ
तर पनि,
कुपोषित ठान्दैन यसले आफूलाई
निरिह मान्दैन यसले आफूलाई
बरु अखबारका पानामा
भंगेराटाउके अक्षरमा विज्ञापन
छाप्छ÷छपाउ“छ यसले
र पुलकित दावा गर्छ,
कुशै कुशले भरिएको परी
कुश्मा नामधारी कुशुमपुर नगरी ।।

– बिहीबार, 26 भाद्र, 2071

Nirajan Sapkota – Paristhiti Le (Dohori)

परिस्थितिले परिस्थिति निम्त्याएको अवस्था..
एउटा प्रश्न नेपथ्य बाट घन्किदै आयो..
अब गर्ने के ,जाने कहा र कुन गोरेटोलाई आफ्नो भनाउदो संज्ञा दिने..
त्येही पल उत्तर पनि उर्र्लेको खोलोझै बतासिएर प्रवेश गर्छ…
अहिलेसम्म Continue reading “Nirajan Sapkota – Paristhiti Le (Dohori)”