Sunil Limbu – Barkha Aayeko Chha

सुनिल लिम्बु – बर्खा आएको छ

मेरो एउटा सम्झना छ,
नाङ्गो खुट्टा, चप्पल फालिएको छ,
कपाल च्याप्प, साँस मेरो आधा छ,
रित्तो घाँसको मैदान, सुनसान छ,
र म एक्लो छु ।

पश्चिममा डुब्दै गएको घाम छ,
सेतो अकाश निभ्दै छ,
काला काला बादल उडेर आउदै छ…. एउटा ठुलो गर्जन छ,
फुटेर ती बादलहरूबाट, झरेको शीतल थोपाहरू छ,
….बर्खा आएको छ ।

(Sent to Sanjaal Corps via Email)

Sunil Limbu – Shabdakosh Jeevan Ko

सुनिल लिम्बु – शब्दकोश जीवनको

शब्दकोश जीवनको,
आधा किताब त सुरूमै रित्तै थिए,
कैयो शब्दहरू त्यसै बिलाए, र
अरू अर्थ समयले भुल्याए,
जिन्दगीमा ।

शब्दकोश जीवनको,
धेरै पन्नाहरू त दाउरा बने चुलाहका,
आगो बने कुनै जाडोमा, त
कुनै बने बत्ती अन्धकारमा,
जलेर ।

अब… रहेका केही कागजहरूमा,
शब्द-शब्द जोडेर,
टालेर, थुकले मेटाएर,
धमिलो अक्षेरले कोरेर, आदर्शलाइ साँस दिन्छु्
वा… किच्चाइ किच्चाइ डल्लो बनाइ फ्याँकी दिन्छु्,
या, हवाइ जहाज बनाइ छानोबाट झारी दिन्छु्,
उडेर जाओस वा गुडेर,
मतलब छैन मलाई,
शब्दकोश जीवनको ।

Sunil Limbu – Khai Katai

सुनिल लिम्बु – खै कतै

खै कतै यो नाउ पनि अब त डुब्ने हो की
अाफ्नो गन्तव्य भन्दा बढी हिडेको यात्री
अब त थाकेर बाकी जीवन बाटोमै लडेर बिताउने हो की
चारैतिर निलो पानीको शीतल बाक्लो कम्बल
अब त शरीर लाई Continue reading “Sunil Limbu – Khai Katai”

Sunil Limbu – Ajhai Kina

सुनिल लिम्बु – अझै किन?

किन अझै, घुमी घुमी
बितेका दृश्यलाई न्यालछौ,
नमोडेका जीवनका गल्लीहरूमा
टल्लपरी, कुन हराएका सपनाहरू खोज्दै छौ ।
किन अझै, घुमाई फिराई
एउटै प्रश्न दोहोराउ छौ,
त्यो चीसो कालो अन्नत शुन्यतामा
वाल्लपरी, कुन झूठो उत्तरको आशा गर्दै छौ ।

छाँया तिम्रो मेटिए भनि
परिभाषा सबै बिलाए, अनि
जीवन खोक्लो रित्तए पनि,
र्निदय अस्तित्वलाई गुहारछौ
अझै किन?!!

Sunil Limbu – Kewal Aanshu Le Matra Metine Chha

सुनिल लिम्बु – केवल आँशुले मात्र मेटिने छ !!

चिच्याइ चिच्याइ निका-ल तिम्रो,
लाचार गुहारका बेदनाहरू,
हाँवा, आँधी-बेरीलाई सुनाउ,
तिम्रो युगौ युगको शिकयतहरू,
गाउ, हल्ला गर या कवितामा सजाउ,
सुत्न नदेउ विवेकलाई ।

कराइ कराइ ची-र छाती, देखाउ
रोकिएको छैन धढ्कन तिम्रो,
बल्दछ ह्रदय तिम्रो अझै,
आलो रगत समेटेर,
अझै साँस बाकी छ तिम्रो,
केही अन्तिम पाइला चाल्नलाई ।

तिम्रो रगतको पाइलाहरू,
केवल आँशुले मात्र मेटिने छ !
केवल आँशुले मात्र मेटिने छ !!

(Sent to Sanjaal Corps via Email)

Sunil Limbu – Prerana Lai Kasari Sajau

सुनिल लिम्बु – प्रेरणालाई कसरी सजाउ ?

भावनालाई कसरी कोरू ?
जसको सामु, शब्द बेकार छन्,
वाक्य, काव्य कसैमा न बुनिने
जसको अनौठो पहिरन,
न्यानो स्पर्शको अंगालो उस्कै माग्छ
ह्रिदय खोली मेरो मन ।
त्यो संगीत म कसरी सुनाउ ?
जसको सामु, स्वर आवाजहीन छन्,
न संगीत साधन, न रागमा गुन्जिने
प्रक्रितिको कस्तो यो शिक्षण,
र पनी हरेक पाइला तिन्कै तालमा
नाच्छन् गर्दै सम्बोधन ।
अनि, त्यो द्रिश्य कसरी देखाउ ?
जसको सामु, रंग बेरंग छन्,
कुनै क्यानभसमा न समिटिने
अद्रिश्य आकार जसको झन्,
रंगीएको छ तर मेरो हरेक साँझ
कल्पना गर्दै उस्कै मुहान ।
कुनै कलाकारको चोखो प्रेरणा जस्तै,
प्रेरणालाई कसरी सजाउ ?

(Sent to Sanjaal Corps via Email)