Rajendra Pahadi – Shuvakamana Kheti

राजेन्द्र पहाडी – शुभकामना खेती

एक ठेली शुभकामनाका
प्रचार सामग्री
काखी च्यापेर
ऊ हतार र बेहोशी दौडिरहेछ
चोक, गल्ली र खुल्ला सडकमा
दशैं, तिहार, महः पूजा,
नेपाल सम्बत्, छठ,
बकर इद, क्रिस्मस र आदि इत्यादि
सुभेच्छा बा“ड्ने बहानामा,
आफ्नै प्रचारको खेती गर्न
कार्ड छपाउ“छ ऊ
हुलाक कामविहिन भएको देखेर
दुईबीस कार्ड जिम्मा लगाउ“छ
टा“चा लगाएर
ठालूहरुको ठेगानामा,
र मेट्छ शुभकामना बा“ड्ने प्यास ।

ऊ अर्थात् ऊहरु
पत्रिकाका पानामा आफ्नो फोटो छाप्छन्–
खिसिक्क नक्कली मुस्कान सहितको
र दुनियालाई उल्लु बनाउ“छन् ।
शुभकामना र बधाईको बहानामा
फेसबुकको भित्तो टालेर
बेतुक प्रचार सामग्रीले
आत्मरतीमा बा“च्छन् ऊ र ऊहरु ।

प्रचारको फाइदा जानेका यिनीहरु
हल्लाको काइदा बुझेका यिनीहरु
कहिले हुकिचिल हुइ“किन्छन्
कहिले गुमनाम स्थलतिर सुइ“किन्छन्
अनि…
रेडिमेड समाचार छापेर छापामा
कपिड न्यूज पढाएर एफएममा
अब्बल घोषण गर्दै आफूलाई
अनन्त शुभकामना बा“डिरहेछन्
ऊ र ऊहरु ।

झिना–मसिना ठानेर अरुलाई
बेइमानी र घमण्डको लात्तो हान्नेहरु
आफ्नो ‘माल’ को गुणवत्ता
दाउमा लगाइरहेछन् सडकभरी
र निरपेक्ष मसिहा ठानिरहेछन् आफूलाई
विश्व विजेता झैं ।

सडक पेटीका दुबै किनारा
हात थापेर प्रसस्तीको
भिख मागेर अमरत्वको
श्रेष्ठ भनी माग्न
वीर भनी ठान्न
याचना गरिरहेछन्
शुभकामनाको बहानामा
अशुभ खेल खेलिरहेका
ऊ र ऊहरु ।।

कुश्मा, पर्वत

Rajendra Pahadi – Rajdhani Ko Nautanki

राजेन्द्र पहाडी – राजधानीको नौटङ्की

काठमाण्डौको कालो सडकलाई
सात फन्का मारेर
काकाकुल चिच्चाए“ म
तर शहर सुने नसुनेझैं
चुपचाप बस्यो
उत्तानो फर्केर

म तिर फर्केर पिच्च थुक्यो
कालो धु“वाको मुस्लो… अनि
साथमा एक पसर अविश्वास ।

गाउ“मा प्राविधिक स्कुल खोल्ने
लहड झोलाभरी खा“देर
भीरखोले गाउ“बाट
अलिकति आशा
अलिकति शंका
अलिकति जोश र होश बोकेर
केन्द्र झरेको म
मन्त्रीको ओठे जवाफबाट झसङ्ग भए“
उनी भन्दै थिए–
पार्टी च्यानलबाट सिफरिस आउनु प¥यो
काम हुन दाम चाहिन्छ
दाम भए माम पाइन्छ
देशभन्दा पार्टी ठूलो
जनताभन्दा नेता ठूलो
तसर्थ, भरपर्दो नेताको
सहमती नआई फाइल अघि बढ्दैन
फाइल नै नभए काम पनि बन्दैन
मन्त्री महोदय सुझाइ रहे मलाई
नया“ नेपालमा पार्टी अहम् हुन्छ
दलको सिफारिस सबैतिर चल्छ
पार्टी…पार्टी…पार्टी…
काम नबन्ने निधो भएसी
म चुपचाप गाउ“ फर्के
उही हलो, कोदालो, ह“सिया, खुर्पेटो
आदि…इत्यादि…
मेरो विद्यालयका विद्यार्थी सम्झे…
देश उल्ट्याउने
देश सुल्ट्याउने
नेताका भाषण मेरा किचमिरा कान वरीपरी
झ्याउकीरी बासिरहे ।

धारेहात लगाएर लोकतन्त्र सराप्नेहरु
आजको सा“झ पनि हर्षका दीप बाल्नेछन्
किनकि, सपनाको व्यापार गर्नेहरु
आजकल दैनन्दिन स्खलित बन्दै गएकाछन्
स्वत्व गुमाइरहेछन्
अविश्वास बढाइरहेछन्
देश प्रजातन्त्र चहराइरहेछ त्यसरी नै…
जसरी राजधानी धा“जा फाटिरहेछ
क्षण–प्रतिक्षण मौन नगरबधु बनेर
राजधानी अचेल नौटङ्कीमा मस्त छ ।।

कुश्मा, पर्वत

Rajendra Pahadi – Nepathya Ka Sapana Haru

राजेन्द्र पहाडी – नेपथ्यका सपनाहरु

भगवानस“ग प्रार्थना गरे“ मैले
सक्ने भए मलाई
चिसो आगो देउ,
तातो पानी देउ,
जसमाथि बिरालोझैं रुझेको मन
खलियानको धानझैं ओसिएको तन
सेकाउन सकौं,
तताउन सकौं,
अफशोच,
उसले मलाई
तातो ज्वाला दियो,
फुस्फुसे आश्वासन दियो,
र दियो आर्तका बाजाहरु
जहा“ मैले नया“ बिहानीको
आजाद सपना नचाइरहेछु ।

नैतिकताको भुकम्पले छत्विक्षत
आणविक भट्टीछेउ उभिएर
मैले मानवताको क्षितिज चिहाए“,
विज्ञानको आविष्कार खोतले“,
र देखे“ पत्रैपत्र सुनामीका
अनन्त छालहरुले
मान्छेको अस्मितालाई नङ्ग्याइरहेका
र मेरा कलिला सपना बलात्कृत भएका ।

म किंकर्तव्यविमुढ सोचिरहेछु,
किन लड्छ मान्छे वित्ता र कित्ताका लागि ?
किन रापिन्छ मान्छे फोस्रो उन्माद सा“चेर ?
अस्त्रशस्त्र थुप्राएर भट्टीहरुमा,
जीउ“दा सपनाको सडक जाम गरेर,
किन खोज्छ मान्छे शान्ति हावामा ?

म गम्छु÷म खल्बलिन्छु आफैभित्र,
मनको व्यापारको
असरल्ल पसल ओछ्याएर
अमरत्व कामना गर्ने मान्छे
आज डामिएर मरिरहेछ
आफ्नै विकिरणबाट ।

विछिप्त मनोदशा रोपेर
शुभकामनाको नाममा
खेतभरी ऐ“जेरु फूलाउन
नया“वर्ष पर्खिन्छौं हामी
र गाड्छौं पीडाका शुलहरु,
क्यालेण्डरको व्यापार बढाउन
पर्व, जात्रा र चाड्हरु
महिनैपिच्छे खोपेर कागजमा
यातना शिविर खडा गरिरहेछौं हामी ।

मैले नेपथ्यको डिलमा
ठम्म उभिएर हेरे“,
त्यहा“,…..
न सपना नया“ थियो,
न सिद्धान्त नया“ थियो,
न समय नया“ थियो,
त्यसैले त नया“ सपनाहरुको निर्मम हत्या
भैरहेछ दिनदहाडै यहा“,
र पनि देवताहरु चु“सम्म बोल्न सक्दैनन्
स्वप्न हत्याको बिरुद्ध ।।

कुश्मा, पर्वत

Rajendra Pahadi – Mero Kushma

राजेन्द्र पहाडी – मेरो कुश्मा

मोदी र कालीको काखमा
उत्तर–दक्षिण तन्किएर
लमतन्न सुतेको
मेरो प्यारो जन्मभूमी कुश्मा
हिजो जस्तो थियो–आज त्यस्तो रहेन,
बान्नो (पर्खाल) मा टुक्रुक्क बसेर
सा“झ–बिहान हाम्रा हजुरबाले
गाउ“का तन्नेरीलाई सुझाउ“थे–
‘कुरा सुन्नु बुढाको–आगो ताप्नु मुढाको’
अहिले कुश्मा उल्टो दिशा हिंडिरहेछ
उहिलेका कुरा खुइले
बुढाहरु÷अनुभवीहरु पाखा लागे
तन्नेरी जमाना
फा“ट फुकेको बहरझै
इत्ला–कान्ला जोत्न व्यस्त छ,
डहर देख्न पाईंदैन कुश्मामा
पंधेरो छैन टोलमा
भएको एउटा इनार इतिहास गिज्याउदै
सिमेन्टमुनी कक्रक्क दबिएर बसेको छ,
ढिकी, जा“तो, ओखल किंवदन्ती भए
हेर्दाहेर्दै,
भुराभुरी टौवा बुझ्दैनन्
दा“इ खेल्न पाउ“दैनन्
ठेको के हो ?
मदानी के हो ?
आरी के हो ?
मधुश के हो ?
फाली के हो ?
आली के हो ?
न विरुवाको जात चिन्छन् यिनले
न सामाजिक संस्कृतिको खात चिन्छन् यिनले
‘काग कराउ“दै गर्छ–पिना सुक्दै गर्छ’
नसुनेरै÷नचिनेरै
कुश्मा दिन प्रतिदिन खुइते बनिरहेछ ।
नया“ र पुरानाबीचको खाडल
तन्काउ“दै तन्काउ“दै
रबर बनेको कुश्मा
आफ्नै भविश्यप्रति बेखवर भएको छ,
कम्प्यूटरमा रम्ने नया“ पुस्ता
यसको कुरा सुन्दैनन्
यसको उपदेश लिंदैनन्
न दाम्लो देखे तिनले
न नाम्लो देखे तिनले
डोको, थुन्से, सेखु र खुरपेटो
केवल कहानीका विषय बने तिनका लागि,
न भत्केरु बुझ्छन् तिनले
न लमी चिन्छन् तिनले
न दुनो बुझ्छन् तिनले
न टपरी ठम्याउ“छन् तिनले,
मेरो मुटु कुश्मा
अचम्मैस“ग आधुनिक बनेको छ
विश्वासै नलाग्ने गरी पराश्रित बनेको छ,
अपनत्व गुमाएर दिनदिनै
कुश्मा ढुस्स गनाउ“छ आयातित मदिरास“ग
भुक्क फुल्छ आयातित संस्कृतिस“ग
कहिले नाठा खेलाउ“छ इमान बन्दगी राखेर
कहिले भक्ति जगाउ“छ गुप्तेश्वर साक्षी राखेर,
दिन दहाडै बलात्कृत हुन्छ कुश्मा
नव–यौवनाहरुबाट
र, गर्भधारण गर्छ
विसंगतिको÷विकृतिको
फट्याईंको÷दुष्ट्याईंको,
मन्दिरमा घण्ट पनि बजेकै छन्
गुम्बाका माने पनि घुमेकै छन्
मदरसा कुरान घोकाउ“छ
मण्डली बाइबल पढाउ“छ
परन्तु,
कुश्माको कुनै धर्म छैन
गर्नै पर्ने खास कर्म छैन
खै, यसको आफ्नै श्वर छैन
आफ्नै गौरव छैन
आफैमाथि भर छैन
धेरै भएर पनि केही नभए जस्तो
हरेक प्रभातस“गै नक्कली बनेर व्याउ“छ
हरेक सा“झस“गै सक्कली देखिने उपक्रम गर्छ
तर,
सबै उपक्रमको नतिजा अनुतीर्णमा दरेर
कुश्मा पल–पल निचोरिइरहेको छ
आफूलाई मर्द लाठेहरुबाट निचोराईरहेको छ
पेलिनु र ठेलिनुको नियति
शीरदेखि पाउसम्म
कुश्मा खिईंदै गएको छ
सुक्दै गएको छ मोदीबेनीको फेदैसम्म ।
आदर्श सुखको सपना सा“चेर
निसासिंदो कल्पना बोकेर
रातारात कङ्क्रीटको
जंगल बन्न व्यस्त कुश्मा
ध्वनि, धुवा“ र धूलोस“ग
होली खेल्दै
आफ्नो परिचय खोज्छ
साच्चै म को हु“ ? कहा“ छु ?
ठिमाहा संस्कृतिको कोलाहलमा
बित्ता र हात नापेर चिरिंदा पनि
ऐइया–आत्था भन्न जान्दैन कुश्मा
आर्त र बेदना सहेर पनि सौम्य देखिन्छ कुश्मा,
सभ्यताको कृतिम उत्कर्षमा
चाकडी, चाप्लुसी र खुराफाती संस्कार
मौलिक गुण बनाए झैं
कुश्मा दलाली गर्छ आक्कल झुक्कल
ठालूको दैला चाहार्छ
नेताको पाउ मुसार्छ
चेपारे बन्छ
दहिच्यूरे हुन्छ
तर पनि,
कुपोषित ठान्दैन यसले आफूलाई
निरिह मान्दैन यसले आफूलाई
बरु अखबारका पानामा
भंगेराटाउके अक्षरमा विज्ञापन
छाप्छ÷छपाउ“छ यसले
र पुलकित दावा गर्छ,
कुशै कुशले भरिएको परी
कुश्मा नामधारी कुशुमपुर नगरी ।।

– बिहीबार, 26 भाद्र, 2071

Rajendra Pahadi – Desh Harayeko Suchana

राजेन्द्र पहाडी – देश हराएको सूचना

काठमाण्डौं बानेश्वरमा रहेको
संविधानसभा भवनबाट
फुत्त निस्केर
पूर्व लाग्यो या पश्चिम लाग्यो
उत्तर लाग्यो या दक्षिण लाग्यो
केही दिन अघि मेरो देश हरायो ।
खै! देश कोसँग डरायो ?
देशलाई कस्ले तसार्यो ?
देशलाई कस्ले चुस्यो ?
देशलाई कसले लुछ्यो ?

मेरो देश
पछिल्लो समय
भेषविहिन, परिचयविहिन
स्वाभिमानविहिन बाँच्न विवश
बनेको थियो
बनाइएको थियो
देश भाषाविहिन
इतिहासविहिन
नाङ्गो बन्दै गएको थियो
खै! कुन पीडाले मेरो देशले
माटो छाड्यो
थलो छाड्यो
मित्र
मेरो देश हरायो ।

महाशय,
तिमीले थाहा पायौ ?
मेरो देश हराएको छ
कहिँ कतै देख्यौं
कहिँ कतै भेट्यौं भने
पेरिसडाँडा दरबारमा
वा सानेपा दरबारमा
वा बल्खु दरबारमा
वा शितल निवासमा
खबर गरिदिनु ।

पहाडतिर
हिमालतिर
मदेशतिर
सबैलाई खबर गरिदिनु ।
देश देख्यौ भने
देश भेट्यौ भने
च्याप्प समात्नु मेरा मित्र !

देश फुत्किन सक्छ
देश उम्किन सक्छ ।

मेरा मित्र,
मेरो आस्थाको देश
ताम्सालिङतिर लाग्यो कि
लिम्बुवानभित्र छिर्यो कि
खुम्बुवानसँग मिल्यो कि
तमुवानसँग सल्क्यो कि
खै कता लाग्यो मेरो देश ?

मेरो चेतनाको धरोहर
मेरो देश
मगरातमा पस्यो कि
एक मधेश–एक प्रदेशमा फस्यो कि
खै! यहिँ कतै काठमाण्डौं खाल्टोभित्रै
नेवा प्रदेशमा बिलायो कि
अस्तित्वको संकट खप्न सकेर या नसकेर
मेरो देश हरायो ।

मेरो देशको भूगोल हरायो
मेरो माटोको अस्मिता लुटियो
म किंकर्तव्यबिमुढ देश गुमाएको पीडा
निशर्त भोगिरहेछु
आँखा फारेर नक्शामा
मेरो देश खोजिरहेछु । खोजिरहेछु ।।

मैत्रीचोक – ४, कुश्मा, पर्वत