Komal Shrestha Malla – Parade Khelne Chha

कोमल श्रेष्ठ मल्ल – परेड खेल्नेछ

संङ्कीर्ण
पार्टीगत स्वार्थमा केन्द्रित भएर,
मात्र राष्ट्रबादको ?
मुकुण्डो लगाइरहने हो भने
सफलता मर्छ,
बुर्की छर्दै आमाको लास उठाउदै
पार्टीहरुले कृयाकर्म गर्नु पर्नेछ

मलामी जनताहरुले सधै आशोच बार्नु पर्नेछ
त्यसैले,
शान्ति प्रतिको
प्रतिबद्दता,गम्भिरता,

ईमान्दारिताको सहीछाप गर्नेहरु
राष्ट्रभक्ति बोकेर
होस्टेमा हैसे गर
नत्र बिस्तारबादीले
यहाँ संधै परेड खेल्नेछ ….
निरुङकुसताको पातहरु
झर्यो झारियो,
हाङ्गाहरु भाँचिए भाँचियो
रुख ढल्यो, ढालियो
तर नबिर्स
जराहरु अझै उखेल्न बाँकी छ ।
नयाँ नेपाल ?
नयाँ नेपाल निर्माणको नक्सा कोर्नेहरु
शिखरमा शान्तिध्वजा फहराउन बाँकी छ
त्यसैले राष्ट्रभक्ति बोकेर
होस्टेमा हैंसे गर,होस्टेमा हैंसे गर
नत्र बिस्तारबादिले
यहाँ सधै मृत्युको परेड खेल्नेछ …

Komal Shrestha Mall – Mrityu Ma Lamkindai Chha

कोमल प्रसाद श्रेष्ठ मल्ल – मृत्युमा लम्किदैछ

उस्तै उस्तै
परेड ताण्डपले
रक्षाका रेखाहरु
अंग अंग बटारिदै
घाटि घाटिमा फासिका डोरि झुण्डिदैछ
स्वप्निल सपनाहरु कठै कठै ..
बिपना टेक्न नपाउदै
चिर निद Continue reading “Komal Shrestha Mall – Mrityu Ma Lamkindai Chha”

Komal Shrestha Malla – Piunchhu (Muktak)

कोमल श्रेष्ठ मल्ल – पिउँछु (नेपाली मुक्तक)

कतै हारेर
पिउँछु म
कतै मरेर
पिउँछु म
जिवन जिउन
जिवन खोजेर
पिउँछु म

Komal Shrestha Malla – Ma Ke Lekhun

कोमल श्रेष्ठ मल्ल – म के लेखु ?

पहाड भत्कदैछ
पहिरै पहिरो छिचोलेर
उक्ळनै मुस्किल
तराई बिथोलीयर सल्कदैछ
हिड्नै मुस्किल
हिमालको रुप बदलीदैछ
कुरुप नाङ्गो अनुहार के गरि व्योहर्नू ?
धन्य प्रकृृती ! Continue reading “Komal Shrestha Malla – Ma Ke Lekhun”

Komal Shrestha Malla – Nayan Barsha 2069 Deu

कोमल श्रेष्ठ मल्ल – नयाँ बर्ष २०६९ देउ

हिजो अस्ति देखी,
नया बर्षको शुभकामनाको धुइरोमा
माया बुन्ने, हौसला उन्ने,
एउटा सुईरो भेटेको छु मैले !

बितेका बर्षहरुमा झै
यो आउने बर्षका लागी
त्यही सुईरोले मैले पनी,
सुख, संबृद्दी, आरोग्यताको शुभकामना
बटुलेर, बुनेर, उनेर
सहृदय सबैलाई पठाएको छु
अनि,
शुभ आशिर्बादका लागी,
ईस्वरमा श्रद्दा भक्तीले
प्रार्थनाको श्रद्दा सुमन चढाएको छु !
नयाँ बर्ष २०६९
तिमी हरेक मानवका लागी सुख,संबृद्दी,आरोग्यता,
दीर्घ जीवन र शान्ती बोकेर आउ है !
अनी,
गरीबलाई धन देऊ,
धन हुनेलाई मन देऊ,
साना,ठुला जात जाती र धर्मको भेद नराखी
यथार्थमा सुख,,सान्ती र प्रगतीको यौवन देऊ ।
नयाँ बर्ष २०६९
शिशीरको पात होईन,
एकताको हात
अन्यायीकाे जमात होईन,
न्यायको जात देऊ,
र सुगन्धित फूल फुल्ने
लह लह बाला झूल्ने
ब्योम आकास खुल्ने
मन्द पवन डुल्ने
र नङ मासु मिल्ने
सुख,शान्ति र उन्नतिको जीवन देऊ ।
नयाँ बर्ष २०६९
आशामा चाँदनी
बिस्वासमा किरण
निराशामा हौसला
दुखमा टेवा
यात्रामा सफलता
र बिजयको अजय मुटु
अनी भरोसाको अमर अमर अमर स्वास देऊ ॥

Komal Shrestha Malla – Rastraghaati Mafia

कोमल श्रेष्ठ मल्ल – राष्ट्रघाती माफिया

पार्टि पार्टिबाट
एउटा नवीन बिधानमा
भाषा भाषीको
जात जातीको
बर्ग बर्गको जुलुस
गाउ गाउ लम्कदैछ
देश भित्र देश खोजेर…..

अफशोच !
देश सल्कदैछ
यो कस्तो धन्दाको जुलुस ??
यो कस्तो फन्दाको जुलुस ??
पार्टि वजारमा बाल्टी भीत्र लोटाको ??
देश मेटाउने ?
पेरीस डाडामा हल्लीएको वजार
बल्खु र सानेपा दरवारमा सर्दैछ
समथरका जुँघा
ताउ र दाउमा
ढुङ्गा फोड्न हिउमा चढन
चक्रब्यूहका कवाज खेल्दैछ .??
हरेक दिन
हरेक रात
आकार र संरचना बदलीमा
राष्ट्रघाती माफिया सारेर

Komal Shrestha Malla – Sawari Chalaunchhan

कोमल श्रेष्ठ मल्ल – सवारी चलाउँछन

जून भुलेर
रात रमाउने
घाम छेकेर
दिन जन्माउने
मनुवा यज्ञमा
ढुङ्गा, मुढा, टायरका चरुहरु
सडक सहन्छ

लासका बिस्कुनहरू
सडक बोक्छ
अनि रगतको अभिषेकमा
मात्र मृत्यु उमार्दै उमार्दै
सडक आधुनिक ताण्डप गीत नृत्य भोगेर
खरानि,तिलक उत्सवमा
विजय महशुस गर्छ ???
उफ !
माउतेहरु
तहस नहस सडक चढेर
बिदुर,बिधवा,बालक
बृद्द ….. मा कोर्रा ठोक्दै
नोट खान्छन
मान्छे चपाउँछन
महल सजाउँछन

रक्त रंगीन सडक,
चहार्छन ?
लतार्छन ?
र डकार्छन ??
नपुगेर
सडक उचाल्छन
सडक उमाल्छन
सडक गाल्छन
र बिनासका चक्रब्यूह बुनेर
स्वनासका
सवारी चलाउँछन ???

Komal Shrestha Malla – Mareko Swabhiman

कोमल श्रेष्ठ मल्ल – मरेको स्वाभिमान ?

स्वाभिमान र राष्ट्रिय एकता
भौगोलिक अखण्डता र स्वाधिनता
सकिन्छ सकिन्न अक्षुष्ण राख्न ?
म क्रान्तिकारि रुपान्तरणलाई
पढन,सुन्न र मनन गर्न
शसश्त्र रगत आन्दोलनलाई बुझ्न
बुदै बूदे समझौताहरुमा भिज्न
गरुङ्गो मन खोल्ने अनुरोधमा
न्यायकी देबी को तूलोमा
राष्ट्रिय र अराष्ट्रिय तत्वको
निर्क्योल खोज्न
िदनका िदन
फेरि पनी पर्दैछु मसानमा
मसानमा मात्र हैन
फेिर पनी जल्दैछु चितामा रु
होला र यहा
समुन्नत बर्ग बिहीन समाज ???
अनी
मिल्ला र गणतन्त्रात्मक राज ???
यस्तो रक्तपिपासु बाघ दौड
र सिनोमा !
र र र
हिजो थियो थिएन
जाच्न कसिमा !!!

बहुजातीय
बहुभाषिक
बहुसास्कृतिक
बहुधार्मिक
स्वाधिन फिराद कहा गरु ?
प्रतिउत्तर सून्य सून्य नहोस भनेर
उफ !
तर लगाम खिचीएको
हक
अधिकारका
समानताका घोडाहरु
मात्र मृृत कर्तब्यको मकुण्डो
र नाटकी िसंह गर्जनमा
संघर्ष ? क्रान्ती ?
बलिदान आसु पानीमा ..!
अहो
मन्चन तहस नहसको
धार्मिक सास्कृतीक
बर्गीय जातीय क्षेत्रीय
लैङ्गीग एकता भत्काउने ?

समुन्नत
बर्गबिहिन
समतामुलक
अग्रगामी समाजको नाऊमा
सुख समृद्दि आरोग्यतामा
बाचुला र
धरापमा बुद्द खोजेर …!!

Komal Shrestha Malla – Dukhnu Parthyo Ra?

कोमल श्रेष्ठ मल्ल – दुख्नु परथ्यो र ?

मनमा राखु
मुटु काट्छौ
राखु आखामा
आँसुमा साट्छौ
सुन्छ र ताराहरु ?
बरु जुन लुकाउन खोज्छ
घामको नियती
के बदलिन्छ र ?
हाँस हाँस सके जती
रोक्छ कस्ले ??
अभाव खड्की रहन्छ
देख्छ कस्ले ?
मुटुमा खेल्न पाए
धुकधुकी झै बोल्न पाए
र हराउन पाए
दुख्नु परथ्यो र ?

Komal Shrestha Malla – Naya Barsha Ko Subhakamana

कोमल श्रेष्ठ मल्ल – नया बर्षको शुभकामना

एकाबिहानै
बादलुको पर्दा खोलेर
किरणको जुलुस
शुभकामना बोकेर
बषन्तको ध्वजा फहराउन
हर्ष,उल्लास,उमंगमा
खातका खात योजनाका गाताहरु बोकेर
शान्तिको लालीमा
खेत,पाखा,आली,कान्ला,घर,आगनमा छर्न
आरोह,अबरोहको यात्रामा
सुख,संबृद्दि,आरोग्यताको
मन्द पवनमा करडौ मुटु चलोस भनेर
अनुपम स्वर्णीम शुभकामना बोकेर
आउदैछ नया बर्ष २०७६
त्यसैले
तिमि स्वच्छ मन,
पबित्र बचन
र सारगर्वित कर्मले
मनका तरंगहरु
मायाका बिम्बहरु
मुटुका स्पन्दनहरु
शोचाईका अलंकारहरु
ईन्द्रेणीले श्रृगारेर
उत्कृष्ठ जीवन उत्सर्गमा
शान्तीको स्वासमा
निरन्तर मुटु खेलोस भनेर
अनुकरणीय मंगल कलस राखेर
मनका झ्यालहरु खोल
तनका ढोकाहरु खोल
बचनका कन्तुरहरु खोल
जीवनको खेत पाखामा
धर्म,कर्म ,आसा भरोसाका कोदाली चलाउदै
प्रज्वलित स्वच्छ बिचारका पालुवाहरु
बिस्वासको पबित्र मन्दीरमा फक्राउन
शान्तीमा जीवन सगरमाथा उठाउन

बिभिदताका गाउ शहर बस्तीहरुमा
एकतामा शान्तीको ज्योती फिजाउन
अनि
आगो र पानीको
बिजय उत्सव मनाउन .. !
आउदैछ नया बर्ष २०७६
स्वर्णीम शुभकामना बोकेर
मेरो तिमिलाई,उस्लाई,सबैलाई
हार्दिक मंगलमय सुभकामना
सुभकामना, सुभकामना सुभकामना

नया बर्ष २०७६ सालको !!!

Komal Shrestha Malla – Hiun Pagliyera Bagdaichha

हिउ पग्लियर बग्दैछ
भ्रष्टाचारको गहन युद्दमा
मानहरु
सम्मानहरु
हिउ पग्लियर बग्दैछ

गरिबका
खेत,पाखा,घर उजाडीएर खरानी उड्दैछ
म यो कबिता कोरेर के गरु ?
भ्रष्टका संबृद्दि निर्माणका कुरामा
भोली यो कलमले
जेल,नेल र हतकडी भोग्नु पर्नेछ !
उफ !
महङ्गीको दौड
भ्रष्ट सवार घोडाहरु
भ्रष्टाचारको चाबुकमा
शिखर चुलिदैछ
त्यसैले
स्वतन्त्र गीत गुन्जन
स्वस्फूर्त कबिता मन्थन
खबर्दारिको राको बोकेर
लम्कन सक्ला र ?
किनकि
स्वतन्त्रता
बिना काल
मृत्युको पासोमा झुन्डीदैछ
बाच्ला र समानता ?
शान्तीमा
भ्रष्टाचारको गहन युद्दमा ??
मानहरु
सम्मानहरु
हिउ पग्लियर बग्दैछ

Komal Shrestha Malla – Shikar Ma

कोमल श्रेष्ठ मल्ल – शिकारमा

शिकारमा
विभत्स शिकारीको दौड
मान्छेकै भोग चढाउन
लथालिङ्गी परेड
मैदानमा
पहाडमा
र हिमालमा
रगत रगतको खेलाउन
नपुगेर तातीहरु
जात जातीको
भाषा भाषीको
बर्ग बर्गको
क्षेत्र Continue reading “Komal Shrestha Malla – Shikar Ma”

Komal Shrestha Malla – Chita Khojnechhu

कोमल श्रेष्ठ मल्ल – चिता खोज्नेछु

आफनै फोटो
आफैले हेरिनुमा
कूनै खेद छैन
के गर्नु ?
चाउरिएको अनुहार
अब लिपपोत गरेर
बसन्त स्वास फेरीदैन
किनकी,
म थाकी सकेछु
प्रयासका पाईलामा !
मुटुको दैलोहरु
आ-आफै बन्द हुदै जानु

धडकन मक्कीनुले
लाग्छ जीवन बरालीदै छ ।
शंखको नारा
मलामी जूलुस
बुर्कीको स्याबासी
कात्रोमा लुटपुटीएर
म निर्जीब लम्कीदै
चिता खोज्नेछु …..

Komal Shrestha Malla – Pratiksha

कोमल श्रेष्ठ मल्ल – प्रतिक्षा..

एका बिहानै
दुध ल्याउंछु भनेर हिडेको छोरा
सूर्यास्त हुदा पनी फर्किएनछ !?
आमाले हेरि रहेकी त्यो बाटो
नटुङ्गीने लामो ?
छोराको दुध किनाई सकिएनछ ????
उ कहा गयो ?
खोजीको निबेदन
आउंछ आउंछ मै
पर्ख पर्ख मै थन्किएछ ..??
ब्यथाहरुमा
पीडाहरुमा पर्खि रहेकी छ आमा
तर
जाँचबुझ
खोजतलास आयोग
जन्मिँदै मरि सकेछ !!
छोरा
आउने आशामा
आँसु आखा
निरन्तर बाटोमा
दौडी रहेछ दौडी रहेछ …..

Rakesh Karki – Hinda Hindai Chhodna Sakchha (Nepali Gajal)

इन्जिनियर राकेश कार्की – हिँड्दा हिँड्दै छोड्न सक्छ (गजल)

हिड्दा हिड्दै छोड्न सक्छ बाटोमा हिड्नेले
टुना जादू गर्न सक्छ भाटोमा हिड्नेले

ऐस आराम नसाले भुल्न खोजे पनि
भुल्दैन त्यो रगतको टाटोमा हिड्नेले

फेरी उक्काउन सक्छ किचीदिन सक्छ
बिसेक हुने घाउको खाटोमा हिड्नेले

तिम्ले पसिना सिँचेको धरती नै काटेर
बेच्न सक्नेछ स्वार्थी भई माटोमा हिड्नेले

Komal Shrestha Malla – Roi Rahechha

कोमल मल्ल श्रेष्ठ – रोई रहेछ

कर्तब्यको छातीमा
दमनको श्रृखला
रोज्दै लासका खटहरु

कब्जाका पुष्पहरु ?
अनेकताको गुन्जनमा
मात्र धमीलो
अनी नवीन रातो अभिषेक जात्रा ???
कुर्ची मोह
हानथापका प्रहारहरु
प्रहर प्रहरमा
शहर शहरमा
घाउ घाउमा
ठाउ ठाउमा
नाउ नाउमा
उफ !
मात्र बिचित्रको चित्र कोर्ने
कपोल कल्पीत
बिचित्रको मौलिक धिष्टता ?
सुन्यता ! सुन्यता ! सुन्यता !
बाच्छ र ?
मौलिकता बचाउछु भनेर
प्रलयको चेष्टामा
पोली रहेछ पोली रहेछ ..
जली रहेछ जली रहेछ ….
ढुङ्गा,
माटो

हिउं पनी ?
सुन्दर मन्दीरमा
धरापमा बुध्दलाई राखेर
त रोइ रहेछ रोइ रहेछ
मन……
मन्दीर … ???

Komal Shrestha Malla – Kharani Utsav

कोमल श्रेष्ठ मल्ल – खरानी उत्सव

बदलीको उत्सब
करोडौंको पर्खाई
तर यो उत्सब
बाचाले
कसमले
ईमानले
धर्मले स्वास फेर्न बिर्सिएन भने
सायद राग
बैरागबाट बदलिएर
एउटा लठ्ठीमा सगरमाथा हुन्थ्यो कि ?
तर
जुवाडेहरुको खालमा मक्किंदै गरेको देश
घिटीघिटीको स्वासमा
प्रदेश प्रदेश चाहर्न
बाघ र बाख्रीको खेलमा पर्नु

हिंस्रक पासामारहरु
परिवर्तनको बर्दीमा
समाबेसीको लौरो बोकेर
शिर ढाल्दैछन ??
आ आफ्नै बाचा कसम किरीयामा
बिस्तारै …
बिस्तारबादीका लागी !!
भाषा भेष भूषा नयाँ नयाँ
जात जाती नयाँ नयाँ
उत्सव उत्सव नयाँ नयाँ
सिङ्गै देश जलेको खरानीमा
चेतना भया !!!

Komal Shrestha Malla – Man Pareki Lai (Nepali Geet)

कोमल श्रेष्ठ मल्ल – मन परेकीलाई

मन परेकीलाई बोलाए मन खेलाएर,
के लाग्छ र नचिन्नेलाई ब्यर्थै बोलाएर
मन बहेको धर धर किन रुक्छ र
बतासले सिरानी कहिले सुक्छ र?

कल्पनाको बारी भरी फुलि राख्छिन् उनी
अंग अंग नसा नसा खेली राख्छिन उनी
न्यानो न्यानो स्पर्समा उनी नभएर
के हुन्छ र मनमा शान्ति मौसम बदलिएर

कल्पनाले श्रृंगारेको मनको महल भित्र
नमेटिने कोरिएछ उनको मिठो चित्र
लाग्दो रैछ नपिएरै प्रियसीको नसा
मिलन बिना हुदोरैछ जिन्दगी नै शिशा
मन बहेको धर धर किन रुक्छ र
बतासले सिरानी कहिले सुक्छ र?

Komal Shrestha Malla – Ke Lagchha ? (Nepali Muktak)

कोमल श्रेष्ठ – के लाग्छ ? (मुक्तक)

बिजय खोजको सोचहरु
प्रयासमै अस्ताए के लाग्छ ?
पाइलै पिच्छे पथहरू
पहिरोले लडाए के लाग्छ ?

Komal Shrestha Malla – Mero Yaad

कोमल श्रेष्ठ मल्ल – मेरो याद

मेरो याद छाती भरी बगाएर नबस है
मेरो प्यार मुटु भरी सजाएर नबस है
हिजोआज अर्कैको म भइसके माफ गर
विश्वासको दियो बाली हृदय त्यो साफ गर

किन भन्छौ मेरो रूप बषन्तको बहार जस्तो
नचिनेर नबुझेर नगर है विश्वास त्यस्तो
बिनासित्तै रहरलाई नपाल है म भनेर
त्यसै त्यसै जीवनलाई नफाल है म भनेर

लाग्यो भने कालो दाग मेटाउन गाह्रो हुन्छ
पराइको नासो अब कहाँ त्यसै प्यारो हुन्छ
आफुआफै आफनो बाटो पछ्याएर हिडने गर
मनलाई फकाएर खुसी खुसी जिउने गर