Harikrishna Maharjan – Sakar Hunna Kyare

हरिकृष्ण महर्जन – साकार हुन्न क्या रे !

जीवनबाट मन्दी हटाउन बन्दी जीवन बाँचिरहें
बिछोडलाई अंगालेर वियोगलाई पन्छ्याइरहें

दया मलाई चाहिएन माया किन्न पाइएन
आँसुसित हाँसो फेरि कतै साट्न पाइएन
हिंड्दा हिंड्दै गलिसकें यात्रा कतै टुंगिएन
थाकिसकें थकान मेट्ने चौतारी कहीं पाइएन

साकार हुन्न क्यारे ! देखेका ती सपनाहरु
पुरा हुन्न क्यारे ! गरेका ती बाचाहरु

दिन बित्यो रात ढल्यो समयले कोल्टे फेर्यो
जीवन छोटो भाग्य खोटो मुस्कानहरु छुटिगयो
कल्पनाका सुन्दर संसार मनमा नै साँची राखें
गन्तव्यमा पुग्छु भनी यात्राहरु जारी राखें |

Harikrishna Maharjan – Pardesh

हरिकृष्ण महर्जन – परदेश

धन कमाउन परदेश पसें
धनको मोह जालमा फसें
मानिसहरु माझ हराएकोछु
परिवार आफन्त बाट टाढिएकोछु
आँखाभरी आँसु बोकी हाँसिरहेछु
मुटूभरि चोट खेपी बाँचीरहेछु
बिछोडको पीडाले मुटू चस्काउँछ
आँखाबाट मेरो आँसु रसाउँछ
रुँदा रुँदै आँसु सुके कसैले देखेन
कोलाहलमा आवाज दब्यो कसैले सुनेन
स्वार्थी यो संसारमा कोही आफ्नो भएन
आफ्नो मनको कुरा यहाँ कसैले बुझेन
सम्झन्छु सधैं आफु जन्मिएको देश
बिर्स नेछैन कहि ले आफ्नो भाषा भेष
धनको मोह त्या गी अब स्वदेश फर्क नेछु
शीर उठाई मातृभूमीको सेवामा जुट्नेछु |

Harikrishna Maharjan – Nepal

हरिकृष्ण महर्जन – नेपाल

विश्वमा नै परिचित सगरमाथा हिमाल
हिमालै हिमालले सजि एको देश नेपाल

डाँडाकाँडा हरियाली पहाडको खानी नेपाल
यार्शा गुम्बा पाँचऔलं े पाइने देश नेपाल
जलस्रोतमा पनि धनी देश हो नेपाल
विश्वमा नै शान्ति घोषि त देश हो नेपाल

विश्वप्रशिद्द एक सि ङ्गे गैंडा पाईने देश नेपाल
एशि याको ज्यो ति बुद्ध जन्मिएको देश नेपाल
जीवित देव ीदेउता पाईने देश हो नेपाल
संसारमै सबैभन्दा प्यारो लाग्ने देश हो नेपाल |

Harikrishna Maharjan – Sunaulo Bhabisya

हरिकृष्ण महर्जन – सुनौलो भविष्य

कल्पनालाई यथार्थमा उन्न खोज्दैछु
सपनालाई बिपनामा ढाल्न हिडदैछु

घाइते मनलाई हौसला र साहस थपी जगाएर
अटुट भई अडिग यात्रालाई नि रन्त रता दिएर
बढ्दैछु म दु:ख कष्ट घाम पानी सहेर
इच्छा चाहना पुरा गर्न मानोबल भरेर

भोगेका पीडा दिएका घृणा मनमनै लुकाएर
खुशी संगाल्न रोदनका पलहरु अंगालेर
लक्ष्य उद्देश्य साकार पर्न बाधा अड्चन झेल्दैछु
सुनौलो भविष्य प्राप्तिका निम्ति कठिनाईहरु खेप्दैछु |

Harikrishna Maharjan – Eutai Prashna

हरिकृष्ण महर्जन – एउटै प्रश्न

माग्ने गर्छु बटुवासँग हात फैलाएर
पदयात्री बाटो मोड्छन मुन्टो बटारेर
रहर हुन्न कसैको नि हात फैलाउने
जीवनयापन गर्न अरुलाई हात जोड्ने
कोही छैनन दु:खीको हात समाउने
आँसु झर्ने आँखामा हाँसो उनिदिने

चिच्यौंछु करौँछु रुन्छु अँधेरीमा
पिसिंछु म सँधै बेद नाको अचानोमा
सोच्छु जीवन पाए हुन्थ्यो अरुको जस्तो
सधैं एक्लै भौतारिने मेरो भाग्य कस्तो !
मनभित्रको अग्नि ज्वाला मनभित्र नै मार्दैछु
जन्म दिने आमालाई एउटा प्रश्न गर्दैछु
“जन्मायौ किन यो धर्ती मा ज्युँदै मार्नलाई
मुटुको टुक्रा लाई फलिदिनलाई ?”

Harikrishna Maharjan – Jeevan Ko Mero Uddeshya

हरिकृष्ण महर्जन – जीवनको मेरो उद्देश्य

लाग्दछ मलाई जीवन यो मेरो
आकाशमा उडीरहेको चराहरु मध्ये एक हो
जुन अन्य चराहरुसित प्रतिस्पर्धा गर्दै
आफु अगाडी बढ्ने गर्दैछ प्रयत्न
राती आकाशमा पिल-पिल गर्ने ताराहरुमध्ये
त्यो उज्वल तारा बन्ने छ उद्देश्य मेरो
जो छन तिनीहरुबीच प्रख्यात
छैन थाहा मलाई हुने हो कि होइन पुरा यो
तर,
जसरी चल्दछ गाडी तब सम्म हुन्छ
पेट्रोल त्यसमा जबसम्म
त्यसैगरी रहन्छ उद्देश्य मेरो तबसम्म
हुन्छ स्वा स शरीरमा जबसम्म मानौं,
पथ्वीृ एक घर हो जहाँ बस्छन
अनेक प्रकारक मान्छे अनगिन्त
तर,
जसरी चिन्दछ मात्र त्यसलाई
जो छन तिनीहरुबीच प्रख्यात
त्यसैगरी,
चाहन्छु हुन म पनि तिनीहरुबीच प्रख्यात |