Yatri Shekhar – Hamro Biwasta

यात्री शेखर – हाम्रो बिवशता

सन्त्रास्त वातावरण
पिडीत र जलित मन
चाहना होइन
बाध्यताले किचेपछि
आवश्यकता पनि अर्थहिन भइदिदो रहेछ।
बद्नामीका खोलहरु
हामी ओढीरहेका छौ
तर, हाम्रो चाहना
त्यो आढ्नु थिएन
दुर्वल Continue reading “Yatri Shekhar – Hamro Biwasta”

Krishna Bajagain – Sahar Ma Pasina

कृष्ण बजगाईं – सहरमा पसिना

मगमगाउँछ पसिनाको गन्ध
तिमीले रोपेको फसलबाट
किन ठस्स गन्हाउँछ हँ
सहरलाई तिम्रो पसिना ?

तिम्रो पसिनाको बिरुद्ध
पसल थापेको छ सहरले
बेच्दछ महँगोमा
पसिना भन्दा नमिठो परफ्यूम ।
पसिना भन्दा सुगन्धित
कुन सुगन्ध छ संसारमा ?
परिश्रम भन्दा मिठो
कुन फल छ संसारमा ?
छिनमै हावामा बिलाई जाने
परफ्युम भन्दा
जीवन जगतमा मगमगाई रहने
पसिनाको सुगन्ध सुँघी हेर ।

सहर, मान्छे भन्दा बाठो,
ब्यापार, मान्छे भन्दा चतुर
तिम्रै पसिना सस्तोमा किनेर
रंगीचंगी स्टिकर टाँसेर
महँगोमा बेच्दछ सहर ।
लाज पचेका सहरका मानिसहरु
पसिनाको मुल्य थाहा नपाए जस्तो गर्दछन् ।

सहरका मानिस
पसिनाले नै घाँटी रसाउँछन्
सहरको सबै झिलिमिली
पसिनाकै मोती दाना हुन् ।

पसिनाको स्वाद नूनिलो हुन्छ ।

‘नूनको भारा तिर्न गाह्रो हुन्छ’– परम्परा बोल्छ ।
कसरी बिर्सन सकेका हुन्
सहरका मानिसहरुले परम्परा ?

लन्डन, बेलायत

Sujan Budhathoki – Birodh Garchha (Nepali Gajal)

पुलिसले सधै चोरको बिरोध गर्छ
चोरले सधै त्यो खोरको बिरोध गर्छ,

एउटा बनमान्छे गङ्गलवाट आएर,
अनि मनमन्दिरमा इस्वरको बिरोध गर्छ

त्यो भुडे साहुजी मेरै वाउको भात खाएर,
अनि उन्कै पसिनाका फोहोरको बिरोध गर्छ

भोलि त सबेरै ब्युझन्छ भन्छु तेइ भएर त,
हालसालले पनि सधै पोहोरको बिरोध गर्छ

उनिहरु न्यायन्याय भन्दै कराउछन सडकमा,
तर सरकार सधै उनिहरुकै घोर बिरोध गर्छ

एउटा पागललाइ यार बलत्कारी बनाएर,
तिम्रो अन्धोकुकुरले यहाँ निर्दोषको बिरोध गर्छ

मैले कैले बुज्नै सकिन आखिर यो जिन्दगिमा,
भगवानले पनि किन कमजोरको बिरोध गर्छ?

पुलिसले सधै चोरको बिरोध गर्छ
चोरले सधै त्यो खोरको बिरोध गर्छ

-सुजन

Sujan Budhathoki – Euta Patho

एउटा पाठो

अचानक एउटा पाठो ब्युझिएर
र केही सम्झिएर हेर्छ वरपर
एताउता सुनसान वातावरण
जहाँ उस्लाइ रमाइलो लाग्दैन
र बिरक्त लाग्ने झै गरि
र झन डाको छोडेर रोइरहन्छ
कराएर एउटा डोको भित्र
र हजार प्रयास लिएर
किल्लाहरु तोडेर जब उ बाहिर निस्कन खोज्छ
तर सक्दैन

फेरि
उ रोइरहन्छ ।
बारम्बार आफ्ना निर्दोष आखाहरुमा उसले आज
आफ्नी आमालाइ देखेको छ सायद
र बाघहरुले कुटिल चालहरु रचेर
उसकि बाख्री माउलाइ
अपहरण गरेर गुफाभित्र बलत्कारको सिकार
गरेर मारेका छन
मानोउ कि,
जस्का बाबू परदेसमा पैसा
कमाउन गएका छन
र प्रबासको रित्तो थितिजमा सुस्ताइरहेको
सुर्यलाइ दुरबिन लगार हेरे झै लाग्ने गरेर
पर्खिरहेको कुनै बच्चालाई
भुराचोर आएर उठाएर लान्छ
या ओढारमा बिसालु सर्प आएर उस्लाइ खान्छ
अथवा कुनै चीलले चल्ला बचेरा चेपेर
अस्ति नै उडेका उस्का रहरका चङ्गा जस्तै गरेर
आकासमा उढाएर लान्छ।
र बिधवाको सिउदोको रङ्ग जस्तै
पाखा पखेराबाट एउटा अजङ्ग फुल चुडिएर
गालाका लालीहरु झै
लाग्ने कलिला ओठका खुशिहरु सङै
र फेरि पनि उसै गरि हराएर
एउटि अभागी आमाको जीवनको उमङ्ग
उजाढ उजाडिएर जान्छ।
अबचेतन मनहरुमा
एस्तै एस्तै दृश्यहरु देखेर साहेद
उ रुन्छ र रोइरहन्छ
र जहाँ अब उ घायल मिथ्थाभाष
र भोकाएका अभिलाषाहरु ।
लिएर र फेरि सुटुक्क निदाउनै सक्दैन

सुगसुग आवाज लिएर
र फेरि रुन्छ ।।

उस्कि आमा जस्ले उस्लाइ सुताएर घरमा
र उ निदाएपछि ढोकाहरु लगाएर
बुढी बाख्री माउ झै गरि
उस्कि आमा जो जङ्गलमा
उसका असङ्य चाहनाहरु जस्तै गरि
चर्न गएकी छे,
र साझमा उ ब्युझिएपछि
आफ्ना स्थनहरुमा उस्को लागि
दुधहरु भरेर ल्याउने छे

तर उ अबोध छ जो जान्दैन
र उ निर्दोष छ जस्को चेतना मान्दैन
सुत्नु अघाबै देखेका साथिहरु झै
या
आफ्नि आमालाई नपाएर ?
या बिशाल झ्यालखानाभित्र आफुलाइ
एक्लै एक्लै पाएर ?
होला साहेद
कराएर निर्जिब भाषाहरुमा
उ रोहिरह्न्छ

जस्लाइ भर्खरै उस्ले सपनामा देखेर आएको छ
र ब्युझिएर बिपना रोइरह्न्छ
एउटा सानो पाठो
जो आफ्नी आमाको गर्भमा
सुतेर
भर्खरै भर्खरै पृथ्बिमा पहिलो पटक
पाहिला टेकेको एउटा सानो
नबजात शिशु जस्तै छ !!!!

सुजन बुढाथोकी ।।।।।

Sushmita Nepal – U Akash Huna Khojyo

सुस्मिता नेपाल – ऊ आकाश हुन खोज्यो

ऊ आकाश हुन खोज्यो
आकाशले उसलाई भन्यो
तिमी आकाश हुन नखोज

थाहा छ तिमीलाई –
म धर्तीमा फिजिन चाहन्छु
कालाकाला बादलले घेरिन्छु
बादलसँग संघर्षा गर्दै
हावाका हल्का खुट्टा टेकेर ओर्लिन्छु
समुद्र, पोखरीहरुमा,
नदीहरुमा, बग्दै गरेका ससना खोल्सीहरुमा
फूलका प्रतिबिम्बहरुमा
अबोध बालकहरुका
पीडाका आँसुका ढिकाढिकाहरुमा
अनि तिमीमा
विभाजित हुँदैहुँदै जान्छु

खै म कहाँनेर हुन्छु –
एकैसाथ सबैमा खस्छु
तिमी म हुन खोज्यौ भने
यी सबैमा विभाजित हुनर्ैपर्छ
यी सबैमा खस्नुपर्छ

स्वतन्त्र भएर
भावनाका तरङ्गहरुमा
सललसलल कुद्ने तिमी
के तिमी आफँैमा खस्न चाहन्छौ ?
के तिमी यी सबैमा
विभाजित हुन चाहान्छौ ?

R. K. Adipta Giri – Rajmarga Ko Chhoto Heraher

आर.के. अदिप्त गिरि – राजमार्गको छोटो हेराहेर
(Source: मघुपर्क पुस, २०६८)

-एक)

उताबाट तिमीले हेरिरहृयौ
यताबाट मैले हेरिरहेँ
बित्थामा हामी नजरको आवेगले जिस्कियौँ ।
यात्रालाई प्रतिक्षण रोकेर
आफ्ना अदृश्य पाइलाहरू चलाएर
हामी सडक छेउमै बसिरहृयौ
एकले अर्कोलाई हेरिरहृयौ
बित्थामा हामीले मनको ऊहापोह फुकायौँ ।

-दुई)

तिम्रो आँखाको समुद्रमा म ढुबेको छु
म भित्र बेगिँदै गइरहेछ
तिम्रो यादको नदी
नजिकैको हेराहेर कसले टाढा हुत्याउन सक्छ ?
हाम्रो लुकामारीमा
कसले हाल्न सक्छ बस्तुको तगारो ?
हाम्रो आँखाको गर्भमा
कसले छर्न सक्छ बलशाली तेजाब ?
हुनसक्छ तिम्रो पनि यस्तै चाहना
अर्को भेटमा म तिमीलाई बोलाउँला
तिमी-नृत्यरत बोलिदिनु
तिमी गयौ
जब कि म तिमीलाई हेरिरहेँ ।

शब्दघर, पर्वत

Kala Rai – Priya Manchhe

कला राई – प्रिय मान्छे

यो धर्तीको सवैभन्दा
नयाँ गीत गाएर
सम्झनाको सवैभन्दा पुरानो
प्रेम सन्देस बोकेर
उडिरहने प्रिय बादल

मेरो प्रियतमको अनुहार
आइरहन्छ आँखामा एकसाथ
समयलाई चुनैति दिएर दौडने
इलेक्ट्रोनिक रेल
आकाशको रङ्ग सरेको
नीलो समुद्र
ठूला सुपर मार्केटका
विभिन्न लेटेस्ट मोडेलका
खाना, लुगा र आधुनिक उपकरण
कतै अडिदैन
टाइम स्क्वायरको
समय सूचक घडीमा समेत
यो मन
पहाडका चौतारीमा
मिल्न आइपुग्ने
दूइतर्फी बाटाहरू
दुई नदीहरूको संगम
दुई फूलहरूको
उस्तेै सुवास बोकेर
हिडिरहेछौ टाढा—टाढा
एक्ला—एक्लै हामी
तर पनि
धर्तीको अर्कै कुनामा
उभिएको मेरो प्रियतम

तिमीलाई पठाइरहेछु
मेरो आँखाभरीको सपना
मेरो मुटुको रङ्ग मिसिएको माया
अनि
धर्ती र बादलबीच
फुलिरहने प्रेमको फूल ।

साङपाङ, भोजपुर; हालः हङकङ

Khusi Mainali – Ma Je Chhu Thikai Chhu

खुसी मैनाली – म जे छु

ओइलाई सकेको फूललाई भमराको के नै अर्थ र
सुगन्ध केवल फक्रन लागेको कोपिलामा मात्र हुन्छ
मखमली फूलको महत्व बुझ्दैनन् यहाँ कसैले अब
जुन युगौं युगसम्म सदाबहार रहिरहेको हुन्छ ।
त्यसैले ,
भो पर्दैन अब नयाँ माली मलाई
चाहिँदैन उजाडिएको सिन्दुर भर्न
डोलीमा सजिएर जानु छैन मलाई
सुन्दर बगैँचाको हरियालीमा आगो छर्न

पिंजडाको जन्जीरले कसीएको छु
हिँड्ने बाटाहरुमा बिछ्याइएका छन् काँडा
खर्चनु पर्दैन ब्यर्थ समय मेरो लागि
चाहिँदैन तिमीले सजाएर राखेको सयपत्रीको माला

जे छु ठिकै छु ,
प्यारो छ मलाई आप्नै एक्लो संसार
जस्तो छु बाँचिरहेकै छु ,
चाहिदैन कसैको आधार
छोडीदेऊ यदि कल्पनामा हराएका छौ भने
बिर्सीदेऊ यदि सपनामा सजाएका छौ भने

अथाह हिम्मतको पहाड छ ममा
संसारसँग लड्ने क्षमता बनाएको छु
स्वार्थि र पापीहरुप्रति घृणा छ ममा
उनीहरुसँग युद्ध लड्न फेरी जन्मेको छु ।

धरान १६, जनपथ टोल, हाल: इजरायल

Sujan Budhathoki – Aama ani sapana haru

आमा अनि सपनाहरु

मेरो घरमा एउटा ठूलो अनि फराकिलो
सफा एक कागज छ,
जहाँ हरेक दिन बिहान
खेतबारी, पाखापखेरा अनि घरागनभरिका
सारा बिम्बहरु ,
एउटा गहन राष्ट्रभक्त्ती भाबलाइ बोकेर
अनि गगनका सारा जुनताराहरुलाइ लिएर
अचानक सबेरै ब्युझिएर उठेर
उढेर आउछन
अनि सुनोउलो घामको किरण जस्तै गरेर
अनि कागजभरी पोखिएर
फुलबारिका पुस्परुपी सब्दहरु मिसिएर
मानोउ कि अनि एउटा मीठो कबिता बन्छन ।

यत्रो दिन बर्सोउबर्ष सम्म पनि म बाचेर
मेरो जिवनमा,
मनमा,
या भनोउ त्यो कागजको पानामा,
कसैले पनि नलेखेको कबिता
वा मैले कैले पनि यो सन्सारमा नदेखेको कबिता
सायद,
कसैले पनि लेख्नै सकेको थिएन
जो
यो कलाकार प्रकृतिले नै हर्दम
एकैछिनमा लेखिदियो
स्वयम् मेरै घरमा आज!

तर अफसोच,
जुन कैले पनि कसैले देख्नै सकेनन यहाँ नयनमा
मनमा,
या
अवलोकनमा,
किनकी त्यसलाइ टासेर सजाइएन कैले पनि
घरको मुलद्वारमा
वा भित्ताभित्ताका प्लष्टरमा
रहरमा…………………….
अनि पुजिएनन कैले पनि
भडार कोठाका भगवानहरु सङ्गै
साहेद, ढुङगा अनि पथ्थरका मिर्तिहरुमा
कुद्न नसकिने सब्दहरु थिए त्यहा
कि एक्दम कठोर र घनघोर्‍र
जटिल अनि
मुस्किल
जहाँ उसैले दुख गरेर
बनाएर दुस्मन जस्तै गरेर
पठाइदियो पृथ्बिमा ।

मेरो कागज…………..
कबिताहरुले
भरिएर
अनि कुनै एउटा असफल प्रेमपागल जस्तै
पिडाका पिलपिल आसुहरुले पुरिएर
लोउरोको भरमा
साझमा अलिअलि
साफा आकास मुन्तिर हिन्न खोज्छ
तर सधै सधै गाउँ घर सहरका गल्लिहरुबाट
बनमान्छे जस्ता देखिने
देस्द्रोही अनि आतङ्ककारी कुकुरहरु आएर
जिस्काएर
गिज्याएर
अनि खिज्याएर
अनि खेदाइ खेदाइ
कुनै बालकको चङ्गालाइ
हावाहरुले लखेटे झै
लखेट्छ
जुन यहाँ कत्तिको जाहज छ?
हो जिन्दगिमा कैले पनि युवक बन्न नजान्ने
मेरो घरमा तेस्तो एउटा कागज छ ।

जस्ले जति सुकै मिठा सब्दहरु
लेखाएर कबिता
सुनाएपनि
अनि गृहत्याग गरेर माया ममता देखाए पनि
आखिर मेरो घरको कागज
आकास हो जहाँ एकैछिनमा कालो
बादल छाएर अँध्यारो हुन्छ
अनि
सिसाको काच जस्तै चर्किएर
अनि सारा सपनाहरु पनि रुवा झै
धुजा धुजा हुन्छ
अनि एकैछिनमा बतासको एकझोका स्पर्समै पनि भुवा जस्तै
भत्किएर
पवनकै गतिले च्यातिएर
हुरहुरी हावामा अनि उढेर जान्छ कतै
वा एकदिन रक्सीकै नसाले मातेर
मेरै घरको मान्छेहरुले जस्लाइ
बुडो भएर बोउलाएको अनि
अपेछ्यापुर्बक पालिएको कुत्ता जस्तै
मारेर फालिदिन्छ् जङ्गल वा नदिकिनारका फोहोरहरुमा
भगवानहरु भएका चिहानघारिमा
या हैरान भएर थारो गाई जस्तै गरेर एकदिन मुसलमानहरुलाई बेचिदिएर
दिल्ली,इरान,इराक, र पाकिस्तान पुर्याइदिन्छ
अनि अनायसै सस्ता रुवाइ
रुन्छ अनि भन्छ कि उ
आखिर यो दुनियाजगत के नै पो रहेछ”
पैसाको कागजमा मात्र किन तेस्तो तागत छ
जुन ममा छैन?”
हो मेरो घरमा यस्तो एउटा कागज छ।

अब काराएर नरोउ ए कायर
अनि कमजोर र करुण कागजहरु हो
सितहरु झै धुलोका कणकणमा टुकृएर
रोएर हरछ्यण नचिच्याउ रणभुमिमा
मसानका मिथ्थाभास
अनि आफ्ना ईतिहासहरु
अनि नहास अट्टाहास पनि मानोउ कि कसैको उपहासहरु हो किनकी,
अब एकैछिनमा बर्सात आएर
तिमिले बोल्ने भासा पनि
अनि
तिमिले देखाएका सारा माटोको माया
र अमर प्रेमहरु भिजाएर
अनि तिम्रा आसुहरु सङै बगाएर लान्छ
भित्रका रास्ट्रभक्तीका खोक्रा आदर्स अनि
सब्दमा लेखिएका तिम्रा कहालीलाग्दा कहानीहरु
दुख र सुख ले बनेका जिनदगी
तिम्रो मरणले तिम्रा परिवारका लागि सहिद त बनाउला
तर तिम्रो चित्र कुनै पनि विश्व बिख्यात चित्रकारले
कुनै क्यानभाषमा कोर्न सक्ने छैन
न त तिमि मन्दिरमा नै उभिएर बस्न सक्छोउ?
तिमी प्रेस स्वतन्त्रताको अपहरण गरिएको कागज होउ,
तिमि सधै आन्दाहरुको भिडमा जाग्छोउ
अनि बाहिराहरुलाइ सुनाएर धाग्छोउ
भन्नेहरुले त भासणमा भन्छन कि
तिमि मेरो देसको झन्डाहरुको
चन्द्रसुरज होउ”
तर तिमी मेरो घरको एउटा फाल्तु कागज होउ
एउटा
फगट कागज
मेरि घर कि आफ्नै आमा
नेपालाआमा
जस्ले देखेका सपना
अनि दुखहरु
उन्ले स्वयम लेखेका कबिताहरु जस्तै हुन ।।

(कागज अनि कबिता)

Sujan Budhathoki – Hawa Pani Ra Gham

हावा,पानी र घाम

मानोउ कि यो जीवन शिशिर हो
जहाँ दिनभरी
हावाहुरि हुन्दरी चलिरहन्छ हरपल
र अब यहाँ एकैछिनमा घरधुरी उडाएर
अनि
मेरि सुन्दरी पृयसिका कागजका
तस्बिरहरु पनि
सिसा जस्तै
टुक्राएर ,
अनि कपास वा भुवा झै भत्काएर
मेरो रहरको घर र
पागल झै
कुनै बायुलहर वा बादलमा
पुर्याएर लान्छ अनि
मेरो परिवारको सारा सपना..हरु
बतासहरु सङ्गै कुनै अँध्यारो आकासमा बिलाएर जान्छ ।

मानोउ कि यो धर्तिको त्यो कुनै रात,,
एक विशाल बर्सात हो!
जहाँ नाङ्गो नाङ्गो
आसमान मुन्तिर
उदाङ्गो
जमिनहरुमा गाउका
गरिब रुन्चे आखाहरुबाट सारा
आसुहरु बर्सिएर हर्दम कि जसरि
झुपडीहरुमा झरी झै झरझर गर्छ्न हरघडी
मानोउ कि यो गगन
कुनै जवान बिधवाका ति
दुखेका राता नयनहरु हुन जहाँ
चहानाहरुले छाएका छाता जस्तै गरि
कि यसरी
पानीको धाराहरु चुहिएर
स्वयम
आसुका झरना झरिरहन्छन,
त कतै
सहरको
सडककिनार वा पुरानो ल्याम्पोष्टको आसपास भिखारीहरु
जागरम बसेर अनि
अनिदो जुन जस्तै रहन्छन कि हरकदम
हराएका ताराहरु सङगै टोलाएर
रातभर सहर घुमिरहन्छन!
अनि आखिर यी चोकका मन्दिरहरुमा न कैले ओछ्यान लगाएर
बाँस बस्छन
न कैले उनिहरु यी भगवानहरु सङ्गै सुत्न सक्छन
गल्लिका कुनै कात्तिके कुकुरहरु,
अनि ति दरवार र ताजमहलहरुमा
भने त्यो जोसिलो रबि झै बेहोसी बनेर बदन
सत्र सृङ्गार
तातात्ता जवानि, अनि मदोसि
मानोउ कि ओसिलो
ओढारमा
मनोमानी मेरो देस्का महराज र महारानीहरु,
पानी परेको त्यो रातलाइ कुनै सुवागरात सम्झिएर
अर्थात,
मधुमास मनाउछन !!

भोलिपल्ट बिहान मिर्मिरमा झुल्कने बिस्वासका
एक झोका
घाम
या प्रभातमा
उषा किरणका प्रकासहरु….
मानोउ कि यो जिन्दगीको त्यो रङ्ग वा
सफलता हो
जहाँ राजकुमार जस्तै गरेर
कसैका असङख्य नानीहरु….
ब्युझिएर सबेरै अनि आएर
घर आगनभरी परेवा र
भगेराका चराहरु सङ्ग खेल्छन
अनि फुलबारीभरी
सुकोमल पुस्पहरुसङै फुलेर
भमराहरु जस्तै भुलेर
दिनभरी उज्यालाहरुमा
डुलिदिन्छन ।
र साझमा स्वयम
गोधुलीबाट अधेरी हुनै नपाइ
नदिकिनार र सागर
या छितिजबाट फर्किरहेका फकिर
जुनकिरिहरु झै चन्द्रमा हेर्नलाई
पुन पृथ्बिमा फर्किएर आउछन ।

सायद यो त्यि अनन्त वसन्त हो,
जहाँ चराहरुको सुमधुर आबाज
अनि प्रकृतिको सदाबहार
सोउन्दर्यभित्र
रङ्गिन चलचित्रहरु हेर्न पाइन्छ
साहेदै
उन्का बाबाआमाको पनि आखाभरीको
यस्तै केही अभिलाशा थियो,
जस्लाइ म अहिले यो सन्सारको कुनै दिवासप्नाभाष सम्झन्छु,
जुन यो जिन्दगानिको त्यि हरियो घाम हो ।!

Sujan Budhathoki – Aksar Maile

अक्सर मैले अन्धकार एकान्त रातमा,
नदिकिनारहरुमा
गएर हेरे,
एकनास एकनजर
मेरो सास
अनि देखे कि
आखिर एकसाथ
कसैको तस्बिर वा आकृती जस्तो
एक अनोउठो अनि
अद्बभुत अनुहार,
हेर्दा हेर्दै, जुन
होसहवास उढाएर
हावाको लहरहरुमा
एकैछिनमा हराएर गयो
अनि कुनै चिहानको परि झै गरि
अनि मेरो मन पनि तर्साएर उड्यो कतै
कुनै छितिजको बादल
या,
बायुमन्डलका धुवालोहरुमा,?
जमिनमा ज्वारभाटाहरु भने
अनन्त..
उठिनैरह्यो….
र अझै उठिनैरहेछन…
सायदै…
जिवनमा;
यादहरु पनि यस्तै केही थिए!!!

Ramkumar Shrestha – Prabhu Ashirbad

रामकुमार श्रेष्ठ – प्रभू आशिर्बाद

प्रिय,
मैले त भनेकै थिएँ नि
कुनै दिन औंसी र पूर्णिमा एकै दिन हुन सक्छ भनेर
तर तिमीले कहिल्यै पत्याइनौ
ल तिमी आँफै हेर त
कसरी आज औंसी र पूर्णिमा संगसंगै भैरहेछ
तिमी भन्छौ कस्तो निस्पस्ट अन्धकार रात
रातो पिरो दौरा सुरुवाल गुरु भन्दैछ –
टहटह जुन लागेको कस्तो रमाइलो रात
उस्को कुराले तिमी भने “मूर्ख” भन्दै अट्टहास छाड्छौ
ऊ भने झसंग झस्केर आत्मग्लानी पूर्वक
देखाउनकै लागि भने पनि सकी नसकी मुसुक्क हाँस्छ
होइन के हो यस्तो यो ?

प्रिय,
तिमीले बुझिनौ
रात र दिनको यो दिग्भ्रम कहाँबाट कसरी आयो ?
यस कारणले कि प्रभूको अपरंपार लीला बिचित्रैले छायो ,
परेवादेखि चतुर्दशीसम्मको चौध दिन नै गायब
तीन चित खाइरहेको रातो पिरो दौरा सुरुवाल गुरुको लागि
चिताउँदै नचिताएको कुरा पनि कति पायक ?,
प्रभूको आशिर्बाद पाए औंसीको रात पनि पूर्णिमा बन्ने
स्वाभिमानीको लागि औंसीको रात नै धन्य धन्य ।

देख्यौ त प्रिय,
मैले जे जे हुन्छ भनेको थिएँ त्यही त्यही भयो कि भएन
मैले साँढे ब्याउँछ भनेको थिएँ आखिर ब्याएरै छाड्यो,
गंगा उल्टो बग्छ भनेको थिएँ आखिर बगेरै छाड्यो,
यहाँ के हुन्न प्रिय
यहाँ त सबै थोक हुन्छ
संसारमा कहीं संभब नहुने कुरो यहाँ संभब हुन्छ –
रात दिन हुन सक्छ अनि दिन रात
औंसी पुर्णिमा हुन सक्छ अनि पुर्णिमा औंसी
केबल प्रभूको आशिर्बाद चाहिन्छ प्रिय
सबैको कल्याण गर्ने पशुपति र तेत्तिस कोटी देबी देबताहरुले
अल्छि गरेर के हुन्छ र
अहो रात्र दौड धूप गर्ने प्रभू भएपछि
जाबो गाइजात्राको लागि बर्ष दिन कुर्नु पर्छ र प्रिय
जुन बेला जस्तो आवश्यक पर्छ त्यस्तै गाइजात्रा मन्चन भै हाल्छ
पुन्पुरो बलियो नहुनेहरुले उजुरी हाले हाल्छ ।

लोक लाजको पनि कुनै अर्थ हुन्छ र प्रिय
यहाँ लाज त लोकलाई पो हुने भयो त
लोकको तोक शोकमा किन पर्दैन त प्रिय
चौबिसै घण्टा ब्यस्त प्रभूसंग
नारी खौंचेर लिन खोजेपछि टक्कर
आइपर्छ नि त नसोचेको अक्कर
प्रभूको आशिर्बाद पायौ भने त प्रिय
तिमी लाटो, लंगडो, खोरण्डो, कानो, बहिरो, लठेब्रो
जे भए पनि केही फरक पर्दैन नि प्रिय
जब लोकतन्त्र प्रभूतन्त्रमा परिणत हुन्छ भने
लोकतन्त्र प्रभूतन्त्रमा
औंसीको रातमा
टहटह जुन लाग्न थाल्छ प्रिय
टहटह जुन
त्यसैले प्रभू आशिर्बादको मर्म बुझ प्रिय
प्रभू आशिर्बादको मर्म ।

Sujan Budhathoki – Yo Sansar Bhanda Bahira (Nepali Gajal)

यो सन्सारभन्दा बाहिर
त्यो निलो आकासनिर

दिनहु दोउडिरहेछु म कि,
सागर र नदिकिनारतिर
यो सन्सारभन्दा बाहिर

जति नै आफ्नो अनुहार हेरे पनि,
फेरिन्न कैले निधारको तक्दिर
त्यो निलो आकासनिर

पिठ्युमा प्रहार के गछोउ यार तिमि,
चक्कुनै दिन्छु बरु यो छाती चिर
यो सन्सारभन्दा बाहिर

घरखेत बन्धकि राखेर जिन्दगी हैन,
बाचिरहेछन बाबु झन्झिर
त्यो निलो आकासनिर

आसु र पसिनाले भिजेको सरिरमा,
मैले कैले देखिन आमाको पिर
यो सन्सारभन्दा बाहिर

कुकुरलाइ घरभित्र सुताएर पुजारी,
भन्छ जानै दिन्न दलितलाइ मन्दिर”
त्यो निलो आकासनिर

हामी पानीको फोकालाइ छोएर सोद्छोउ
जिन्दगानि के नै पो रहेछ आखिर?

यो सन्सारभन्दा बाहिर:
त्यो निलो आकासनिर:

Kumar Kafle – Bishwa Manab Che

कुमार काफ्ले – विश्व मानव चे

एउटा देशमा तिम्रो नाभि गाडिएको छ
त्यहीँको माटो सुँघेर हुर्केका तिमी
अर्कै देशको भूमिमा प्रशिक्षित भइ
विभिन्न देशको माटोमा,
पहाड र बस्तीहरूमा
अथक युद्ध गर्ने,क्रान्तिको बीउ छर्ने
र अर्कै मुलुकमा गई रगत र पसीना बगाउने
प्राणाहुति गरि शहादत प्राप्त गर्ने महामानव अर्थात विश्वमानव हौ तिमी।

विश्व मानचित्रको अर्जेन्टिनामा
प्रादुर्भाव भइ क्यूवाका पहाड र मैदानहरू
सियरा माइस्त्रा र सान्ता क्लाराहरूमा
तिमीले बिताएका सन्त्रासमय क्षण
र उतारचढावहरू
मृग झैं उफ्राइ र दौडाइहरू
तानाशाही बतिस्ताका विरुद्ध
शरीरमा दम र हातमा एम वान बोकेर
कोनराडका शिखरहरू चढ्ने
महान् योद्धा चे!
मुटु हत्केलामा राखी
आफ्नी सानी छोरी र जीवनसंगिनी हिल्डासित विदाइ पत्र लेखेर
युद्धमा होमिएका महान् विचारक चे
युद्ध विजेता भइ राज्यको सुखभोगको
किञ्चित लोभ नगर्ने मन्त्री चे
कंगोमा क्रान्तिको वीजारोपण गरि
सिमोन बोलिभारको प्यारो देश बोलिभियामा
छापामार युद्ध लड्ने प्रिय चे
त्यही देशमा शहादत भइ माटोमा मिल्ने
र पुन: उठ्ने कंकाल बनी
त्यो कंकाल,त्यो माटो,त्यो तस्वीर
धन्य छ जुन क्यामेराले तिम्रो
तस्वीर खिच्न पायो
पवित्र छ त्यो माटो जहाँ तिम्रा पाइलाको स्पर्श भयो
तिमी हिँडेको बाटो अनि
तिमीमाथि हिँडेको बाटो
कठिन छ तर असंभव छैन
खाँचो छ केवल तिम्रै जस्तै
साहस र नीर्भिकताको।

प्रिय चे!
मलाई तिम्रो बारेमा अझ धेरै पढ्न मन छ
अझ केही लेख्न मन छ,बोल्न मन छ
तर तिम्रो बारेमा म भन्दा धेरै पढ्ने
लेख्ने र बोल्नेहरूको भीड छ
यद्यपि तिम्रो पदचाप पछ्याउनेको कमी छ
किनकि तिमी महामानव हौ
कुनै देशको सिमानाले तिमीलाई
तिम्रो विचारलाई, तिम्रो संघर्षलाई
रोक्न सकेन,
रोक्न सक्दैन
किनकि तिमी विश्व मानव हौ।

ओखलढुंगा

ViBid Rose – Dui Taar Susta Mera

दुई तार सुस्त मेरा

सुरूवात र गन्तव्य
अन्जान दुवै
अन्जानै छ दुनिया
यायावर म खुवै !
भोगेॅ, बुझ्छु पीडा
भन्छु नरोउन कोही
धिक्कार परिश्रम मेरा
हसाउन सकेको खोइ ?
दुई तार सुस्त मेरा
छन् दुई खुव वाचाल
लमकलमक भाग्छन् गोडा
ठीक मान्दैनन् लोकाचार ।

Pramod Snehi – Salla Jhain Susaundai

प्रमोद स्नेही – सल्लाझैँ सुसाउँदै
(मधुपर्क पुस, २०६७)

जीवनको लय सधैँ
एउटै गतिमा नबग्दो रहेछ ।
मृगतृष्णा बोकेर आँखामा
वर्षौ भयो ।
यो वृद्धआश्रमको आँगनमा
पहार ताप्दै
आफैलाई झूठो आश्वासन दिएर
पर्खिरहेछु
कोही Continue reading “Pramod Snehi – Salla Jhain Susaundai”

Sujan Budhathoki – Jamin Haru

सुजन बुढाथोकि – जमिनहरु

एउटा सिङ्गो आसमान खसेर
अनि एउटा सिङ्गो आकास बसेर
थिच्छ,
किच्छ
अनि
कुल्चन्छ
जमिनहरुलाइ
अनि जहाँ तात्तिएर
जमिनहरु बाफ्फिएर
अनि निसास्सिएर
हृदयघात भएर
जमिनहरुलाइ,
जहाँ जमिनहरुबाट
अन्तिम पटक
बिरक्त बाफ उढ्दछन ।

Sujan Budhathoki – Maile Euta Churot Salkaye

सुजन बुढाथोकि – मैले एउटा चुरोट सल्काए

मैले एउटा चुरोट सल्काए
र लामो सासमा एकसाथ
धुवा तानिरहे हर्दम तानिरहे….कि
हरछ्यण,सेकेण्ड
तर धुवा झन ममाथी माथी उडिरह्यो
म झन बाचिरहे
पत्याउ या नपत्याउ म पुन पृथ्बिमा जन्मिए
किनकी त्यसबेला म मेरो पृय,स्वर्गीय सन्सारमा थिए,
अर्थात म माथी पुगिसकेको थिए।

Sujan Budhathoki – U Ani Prem

सुजन बुढाथोकि – उ अनि प्रेम

उ मन्मनै मनै राम्री भन्छे
आफुलाइ झनै राम्री भन्ठान्छे
नेपालाकासका ताराहरु गन्छे,
अनि सबैभन्दा उज्यालो एउटा तारा चाहिँ मेरै बाउले किनेको हो
भन्छे
हिमाल पहाड अनि डाडाकाडाका सब लालिगुरास
अनि गुलाफका फुलहरु पनि मेरै आमाले दुख गरेर
मेरै अनुहारमा रोपेको हो भन्छे।
साएदै उ मन्मनै मनै राम्री हु भन्ठान्छे!

सदाबहार रितुहरुलाइ जिस्कएर
अनि कोइली चरिलाइ चलाएर
बसन्तलाइ उ बोउला भन्छे,
अनि परेवाले झै घरागनभरि प्वाख फिजाए झै गरि
केवल एक नजरमा उ प्रेम बिसाएर उड्छे ।

हाम्रो भडार कोठामा
कुनै एउटा अन्जान बालक जस्तै गरेर
कि भगवानको मुर्ती किन राखेको हो भन्छे,?
मेरो मनमन्दिरमा राम वा कृष्ण
जो सुकै भए पनि तस्बिर त एउटै छ भन्छे,
उ बार्द्लिहरुमा जुन तापेर मलाइ
गगनको घाम माग्छे
त कैले दुरबिन लगाएर
उन्मुक्त छितिजमा उठिरहेका
रहरका कुनै चङ्गाहरु हेरेर
बादलपारिका सहरमा
मलाइ बायुयानमा उडुम भन्छे
यसरी आफ्नो अभिमान चहान्छे,
कि उ आफुलाइ सर्वस्ब रुपवान भन्ठान्छे!

खेतबारि पाखापखेराका फाटहरुहुदै
नदिकिनारबाट घरका झ्यालसम्म आएका
हावाका सुस्केराका सुमधुर धुनहरुमा सर्गम
उ पाउजु,पोते,चुरा,र धागो बजाएर
धानका बालाहरु झै नाच्छे
अनि म बत्ती निभाएर म निदाएपछी!
शिवसङ्गितहरुमा हर्दम
जुनकिरी झै अधेराहरुमा उ नाच्छे,
आफ्नो सिन्दुरको र मेहन्दीको रङ्ग देखेर
दङ्ग पर्दै उ चन्द्रमा झै चम्किलो छु भन्ठान्छे
हास्दै गरेको उस्को हासोलाई छेकेर
जब म बग्दै गरेकी सरितालाई झै रोक्न खोज्छु,
तर उ ए मेरो हजुर मेरो सागर हो भन्छे।
अनि फेरि कुनै पागल झै केही सम्झिएर फगत हास्छे।
मानोउ कि उ यति धेरै आफुलाइ राम्री भन्ठान्छे
साहेद उ आफुलाइ स्वयम् स्वर्गकी सुन्दर अफ्सरा सन्झिएर
कि यति धेरै उ आफ्नो रुपको अहङ्गकार गर्छे?
जब उ एल्बममा मेरा तस्बिरहरु हेर्छे,
अनि सर्वत्र सन्सारमा सबतरफ आफ्नै मात्र तरिफ गरेर
अनि मलाइ थहा छैन कि,
उ प्यार गर्छे या ब्यपार गर्छे?

तर हैन,
प्रतेक मुस्कानहरुलाइ मीठो आहार मानेर पनि त उ खान्छे
कोठाका हरेक बिम्बहरुलाइ सोउन्दर्य सोर्ह शृङ्गार पनि त दिन्छे
चियाका कपमा एक चुस्की चुम्बन दिएर पठाउछे,
अग्यात अनि मलाइ थाह हुन्न कि मैले उस्को लागि कस्तो पुन्यकार्य गरे?
अनि भरेभरे बेलुका सम्झन्छु कि
मैले त उस्लाइ मेरा योजनाबद्द आँखा र ओठहरुले
पो जिस्काएको थिए!!!!
जब उ मलाइ हेर्न नसकेर लजाएर ऐनामा
बारम्बार आफ्नो अनुहारलाइ हेर्छे,
अनि रमाएर भन्छे कि”म त ऐनामा उहाकै मुहारलाइ पाउछु”
जहाँ म उस्लाइ भने हेरिरहेकै हुन्छु
तर त्यो मलाइ मात्र थहा हुन्छ।
कि किन उ यस्ती यस्ती
यति जबरजस्ती छे।?

Sujan Budhathoki – Aama

सुजन बुढाथोकी – आमा

मानोउ कि आकास जस्तै ठूलो
एउटा सफा क्यानभाषमा,
केटाकेटीहरु आएर चित्रकलाको अभ्यास गर्छन,
चित्र कोर्छन
बिग्रन्छ,
अनि मेट्छन,
फेरि कोर्छन
बिगार्छन
अनि फेरि रिसाएर
हेर्छन
जहाँ
एउटा रिसाएको मान्छेको अदभुत अनुहारलाइ देखेर,
अनि आफ्ना बाबालाइ डराउदै बोलाएर भन्छन
“यहाँ
हेर्नु त ”
अन्तत,
हेर्दा
त्यो तस्बिर ती नानिहरुलाई नै हेरेर स्वयम् हासिरहेको हुन्छ
किनकि त्यो उनिहरुकै आमा हुन ।