Durga Lal Shrestha – Sanjog [Bal Kabita]

जाँदै थिएँ बाटोमा
भेट भयो ऊसँग,
किन किन एक्कासि
दुवै भयौं झसङ्ग !

भरखरै लागेकेा
घामजस्तै झुलुक्क,
मुख हामी दुवैको
हाँस्यो त्यसै मुसुक्क !

थाहा छैन ऊ को हो,
तर कति अचम्म
हेर्दै हामी डुबेछौँ
आनन्दमै चुर्लुम्म !

उल्ले, मैले पाएको
आनन्द यो कस्तो हो,
भनूँ नै म कसरी
यो भनेको यस्तो हो –

२०५९ जेठ ४

Durga Lal Shrestha – Raat Paryo [Bal Kabita]

रात पर्‍यो, सुत्छु आमा
बिहान त होला,
त्यो घामले यो अँध्यारो
छिनभर धोला;

त्यसैले त मेरो मनको
रुँदै बग्छ खोला-
सपनाको त्यो बिहान
कैले खुल्छ होला –

त्यो बिहान मेरो, आमा
त्यो प्रभातफेरी,
अस्ताउने Continue reading “Durga Lal Shrestha – Raat Paryo [Bal Kabita]”

Durga Lal Shrestha – Chhaya [Bal Kabita]

ऐना हेर्दै बसिरहें
जसै एक दिन,
मन मेरो फुर्दै आयो
त्यसै किन किन ।

‘ऐनाभित्र टोल्हाएर
के हेरेको भन –
यो त तिमी आफैं हौ नि’
भन्छ मेरो मन ।

देख्न त हो तल-माथि
देखें दायाँ-बायाँ,
छुँदा भने नछोइने
रहेछ यो छाया ।

२०५८ फागुन २१

Durga Lal Shrestha – Ke Garun [Bal Kabita]

हाहा हुहु, भाङभाङ भुङभुङ
रुनु अनि हाँस्नु,
हेर्दै म त वाल्ल पर्छु
कुन्नि के हो बाँच्नु –

चन्द्र देख्छु, र्सुर्य देख्छु
देख्छु घाम-छाया,
आउँछन् जान्छन् तल-माथि
देख्छु दायाँ-बायाँ !

जानु जानु खालि जानु
कत्ति मात्रै जानु,
कहीँ पनि पुगिँदैन
कता मात्रै जानु –

के गरुँ लौ भन्दिनुस् न
बिन्ती एकफेरा,
ज्ञानी-गुनी आमा-बाबु
गुरुजन मेरा !

२०५८ चैत ६

Durga Lal Shrestha – Kaanda [Bal Kabita]

छोयो कि त चस्स पोल्यो
काँडा कत्ति दुष्ट,
यो नै फेरि सुकोमल
गुलाबको इष्ट !

फूल राम्रो, सबैलाई
राम्रो मन पर्छ,
त्यो ‘राम्रो’ को रक्षा भने
काँडाले नै गर्छ !

चुच्चे भए पनि काँडा
छैन है खराप,
तर किन बटुल्छ ऊ
सरापै सराप –

तर जसको निम्ति हुन्छर्
कर्तव्य महान,
उसको निम्ति केही हैन
मान-अपमान !

२०५८ चैत ४

Durga Lal Shrestha – Kasto Majaa [Bal Kabita]

प्राणीमा ठूलो मान्छे हो भनी
भनेको कल्ले हो –
पशुले हैन, पन्छीले हैन,
मान्छे आफैले हो ।

ठूलो छ मान्छु, मान्छेको घर
लवाइ-खवाइ,
बसेकै छ ऊ यतिको ठूलो
सहर बनाई ।

भोकाए पनि खाँदैन भन्छन्
बाघले बाघ नै,
मान्छेले तर खान्छ है मान्छे,
को ठूलो भन्ने खै –

यो कस्तो मजा ! नभने पनि
कसैले तपाइँ
भन्दै छ मान्छे ऊ आफैंलाई
आफैँले मपाइँ !

२०५९ वैशाख १६

Durga Lal Shrestha – Natija [Bal Kabita]

मुसाले गर्यो भनेर धेरै
घरको बिगार,
बिरालो पाल्दा मजैले भयो
मुसाको सिकार !

गर्मीको बेला बसेझैं भयो
चौतारी ओढेर,
बिरालोलाई नमस्ते गरेँ
दस औंला जोडेर !

एकै र दिन अहह ! कस्तो
घटेछ घटना !
रन्थनिएँ म सपना हो कि
अथवा बिपना !

बिरालोले त भान्छाकोठामा
पसेर सुटक्क,
मेरै पो दूध हसुर्दै थियो
सुपुक्क सुपुक्क !

हेर्दा र हेर्दै रिसले म त
आगोझैं रन्किएँ,
तँलाई, तँलाई, पख् न तँलाई
भन्दै म बम्किएँ !

बिरालोमाथि के जाइलागें
झयालढोका थुनेर,
घाइते भएँ उल्टै म उस्को
झम्टामा परेर !

झसङ्ग भएँ, मैले त फल
रोपेकै पाएछु,
बिरालोलाई बिर्सर मैले
भोकै पो राखेछु !

२०५८ चैत १३

Durga Lal Shrestha – Fat Fat Putali [Bal Kabita]

जत्ति हेर्छु हेरुँहेरुँ
लाग्छ है मलाई,
पुतलीकेा फटफट
पखेटा-चलाइ ।

हावाभन्दा छ है उसको
नरम छुवाइ,
सिमलको भुवाभन्दा
हलुका उडाइ ।

उसलाई देख्दा लाग्छ यहाँ
छ कि उड्ने फूल –
कि ऊ नै हो धर्तीसँग
र्स्वर्ग जोड्ने पुल –

२०५८ फागुन २०

Durga Lal Shrestha – Koraliyeko Challo [Bal Kabita]

चीँ-चीँ चल्लो करायो
‘खोल मेरो झयाल ।’
कुखुरीले कोपरी,
फुलमा पर्‍यो प्वाल ।

झयालबाट बिस्तारै
चुच्चो निकाली,
फुत्त निस्क्यो चल्लो है
बोक्रो फुटाली ।

बिहानको सित्तलु
सिरिसिरी याम,
आँगनमा मायालु
मिरिमिरी घाम ।

वर-पर नियाल्दै
रमिँदै अपार,
चल्ला बोल्यो मनमनै
‘क्या राम्रो संसार !’

२०५९ वैशाख २४

Durga Lal Shrestha – Birkhe Ko Bahulahapan [Bal Kabita]

बूढा माझी बिर्खे बस्छन्
नदीको किनार,
औंला गन्दै बर्ख भन्छन्
तीन बीस, बाह्र !

किन कुन्नि अचेल उनी
भुत्भुताई हिँड् छन्,
छिः छिः भन्दै कैले फेरि
नाक पनि थुन्छन् !

परालको घरमाथिर्
कर्कटको छानो,
हेर्दै हाँस्छन् Continue reading “Durga Lal Shrestha – Birkhe Ko Bahulahapan [Bal Kabita]”

Durga Lal Shrestha – Fool Kabita Ra Ma [Bal Kabita]

फूल हेर्दै गर्दा कैले
कस्तो-कस्तो हुन्छ,
कता-कता भित्र मलाई
कविताले छुन्छ !

पातमाथि पात न हो
के छ उसको तन,
त्यसैले नै कसो-कसो
के के हुन्छ मन !
हावा देख्यो कि त काम्यो
कति कमजोर,
तर त्यसको कम्पनलेर्
पर्छ मलाई तोड !

यस्तो किन हुन्छ अरे
मलाई थाहा छैन,
कस्तो हुन्छ त्यो कविता
कैल्यै देख्या हैन !

२०५९ वैशाख ६

Durga Lal Shrestha – Basibiyanlo [Bal Kabita]

सियालमा बस्दै थियो
यौटा खरायो,
त्यहीँनेर आइपुग्यो
यौटा जरायो ।

नदेखेझैँ जरायोलाईर्
गर्छ खरायो,
छक्क पर्दै खरायोलाई
हेर्छ जरायो ।

‘कान तेरा ठाडा ठाडा
के भो खरायो -‘
‘मेरो यौटा चीज यहाँ
कतै Continue reading “Durga Lal Shrestha – Basibiyanlo [Bal Kabita]”

Durga Lal Shrestha – Samaya Ko Boli [Bal Kabita]

दिनपछि रात पर्छ,
परे पर्छ के र –
बत्ती बले रात पनि
दिनै हुन्छ हेर ।

सुखपछि आए पनि
जस्तोसुकै दुःख,
जहाँ मन रम्छ हाम्रो
त्यहाँ सुखैसुख ।

घाम-पानी आँधी, हुरी,
असिना र धूल,
यिनैसँग खेलेरै त
फुल्ने Continue reading “Durga Lal Shrestha – Samaya Ko Boli [Bal Kabita]”

Durga Lal Shrestha – Jhinga Ko Jiskyayi [Bal Kabita]

घरी गाला, घरी कान,
घरी कहाँ कहाँ,
यसरी तँ खेल्छस् किन
मेरो जीउमहाँ –

धपाउँछु, उड्छ अनि
फेरि बन्दै हीरो,
जिस्क्याउँछस् मलाई किन
ए भुसुने कीरो –

जसै हान्छस् तन्काएर
नाकमा नै लात्ती,
त्यो बेला म देख्छु तँलाई
अजङ्गकै हात्ती !

झिँगो ! मलाई बिनसित्तै
किन यो हैरानी –
जाँच्या होस् कि तैँले मेरो
रिसाउने बानी –

२०५८ चैत २६

Durga Lal Shrestha – Gaye Raati [Bal Kabita]

गएराति यस्तो मैले
देखेँ सपनामा,
यत्ति राम्रो थियो कि त्यो
कत्ति भनूँ आमा !

यौटा गाउँ, दायाँबायाँ
झुपडी ससाना,
झललल सुन-सुनै
परालका छाना !

झुल्किँदै थ्यो छिर्के परी
बिहानको घाम,
लटरम्म बोटैभरि
असर्फीका दाम !

फूलै फूल जहाँतहीँ
फुलेजस्तै आस,
गाँवैभरि मगमग
पसिनाको बास !

२०५९ जेठ १

Durga Lal Shrestha – Chhoro [Bal Kabita]

आमा, मलाई आजसम्म
के भएको यस्तो –
बाको मुखै देख्या छैन
कस्तो छ खै कस्तो !

बेलुका बा घुस्छन् घर,
जबकि म सुत्छु !
बिहान नि निस्किसक्छन्
जब कि म उठ्छु !

यस्तो किन – भन्दा आमा
भन्छिन्, ‘कमाउन,
तिमीलाई बाबु, हाम्रो
छोरो बनाउन ।’

मन भन्छ, ‘छोरो बन्नु
भनेको हो के त –
छँदाछँदै हुन्न जहाँ
बाबु-छोरा भेट !’

२०५९ वैशाख १९