कोमल श्रेष्ठ मल्ल – देख्छु (नेपाली मुक्तक)
तिमी भन्छौ
म सुन्छु
पीडा सोध्छौ
आँशु बहेकै छु
होला
उस्तै उस्तै अधर
तर मुस्कान
फरक फरक देख्छु ?
नेपाली कविता को बिशाल संग्रह
कोमल श्रेष्ठ मल्ल – देख्छु (नेपाली मुक्तक)
तिमी भन्छौ
म सुन्छु
पीडा सोध्छौ
आँशु बहेकै छु
होला
उस्तै उस्तै अधर
तर मुस्कान
फरक फरक देख्छु ?
कोमल श्रेष्ठ मल्ल – भोगाई
भोग्नै नपर्ने कति कुरा
भोग्नै पर्ने रहेछ
यो रहेछ कस्तो रहस्य ?
धेरै ठुलो रहेछ
मोल कहाँ आँसु रगतको ?
तेसै बग्दो रहेछ
देख्छ कस्ले दिल जलेको ?
बुझ्ने हुन्न रहेछ
यो रहेछ कस्तो रहस्य ?
हृदय संगै रहेछ ॥
कोमल श्रेष्ठ – किन तमसुक ? (मुक्तक)
कस्लाई के दिऊ
भए पो दिनु ?
अरुले पनी केही
दिए पो लिनु ॥
त्यसैले
लिनु र दिनुको तमसुक
किन ?
के का लागी गर्नु ??
कोमल श्रेष्ठ मल्ल – पिउँछु (नेपाली मुक्तक)
कतै हारेर
पिउँछु म
कतै मरेर
पिउँछु म
जिवन जिउन
जिवन खोजेर
पिउँछु म
कमजोर झन कमजोर भैराछ
कठोर एकदम कठोर भैराछ
नियम केहो?कानुन केहो?
अरे भाइ तिम्रो देसमा त
त्यो सिपाही पनि चोर भैराछ
कमजोर झन कमजोर भैराछ !!!!
कोमल श्रेष्ठ – के लाग्छ ? (मुक्तक)
बिजय खोजको सोचहरु
प्रयासमै अस्ताए के लाग्छ ?
पाइलै पिच्छे पथहरू
पहिरोले लडाए के लाग्छ ?
कोमल श्रेष्ठ मल्ल – बाँचेको छु
हो मेरो
आफ्नै भोगाइ
र नतौलिएको सोचाई
नहारेर हारे कतै
हारेर हारे कतै
त्यहैले म जीवन भोगेर
मृत्युलाई बाँचेको छु ॥
कोमल श्रेष्ठ – खानु खायो (मुक्तक)
भ्रष्टहरुले
भ्रष्टाचार जन्मायो
भ्रष्टाचारले
कंक्रीटको जंगल बढायो
रक्तपीपासु बाघहरुले
मान्छेनै खानु खायो ।
कोमल श्रेष्ठ मल्ल – मेटिदैछ
उदण्डको संकट
पात उडेर
रुख ढल्दैछ
अनिश्चित प्रगतिको शिखर
समथर फर्लाङ मारेर
पाईला मेटिदैछ !!
विज्ञान दर्शन – न यसै बाँच्न सक्छु (मुक्तक)
न यसै बाँच्न सक्छु न उसै बाँच्न सक्छु
केवल जिँउदै छु , भनि ढाँट्न सक्छु
हाँसिदिउँला बरु मुटुमाथि ढुंगा राखी,
बस् यतिमात्र तिम्रो मन राख्न सक्छु |
भरतपुर-१२, चितवन
शरण आँसु – मान्छेहरु
मान्छेहरु – १
मान्छेहरु मैले दिनदिनै हिंड्ने गरेको बाटोलाई भीर भन्दछन्
मैले बोकेर हिंडेका यी यावत् खुसीहरुलाई पीर भन्दछन् ||
मलाई थाह छ – भन्न मात्र जान्ने यी मान्छेहरुले जे पनि भन्दछन् –
असारे हिलो नै नखेली आएको-समयलाई पनि यी मान्छेहरु मङ्सिर भन्दछन् ||
मान्छेहरु -२
मान्छेहरुले माटोलाई चिन्न सकेनन्
सत्बाटोमा मिलिजुली हिंड्न सकेनन् ||
जुन माटोमा अभिमानको महल ठड्याए – त्यै माटो बिर्से यी मान्छेहरुले –
र यो स्वाभिमानको मेलामा एक मुठी स्वत्व र अस्तित्व किन्न सकेनन् ||
मान्छेहरु – ३
यी अँध्यारा मान्छेहरु देशको उज्यालो भविस्य कोर्छु भन्दछन्
बर्बराएको शैलीमा चुनौतीहरुको कालो पहाड फोर्छु भन्दछन् ||
तर जब तिनको कुत्सित स्वार्थ र अहंकारहरुमा चोट लाग्दछ –
चोरबाटोमा हिंड्छन् तिनीहरु र अन्तत:यो देश चोर्छु भन्दछन् ||
कोमल श्रेष्ठ – बनायो ! (मुक्तक)
बिहेले छोरा र छोरी जन्मायो
गैरीखेतले प्रदेशमा पु-यायो
बुद्दी किन हारेछ कुन्नी ?
आफनै छाती पिट्नु पर्ने बनायो ।
कोमल श्रेष्ठ मल्ल – मिल्छ र ?
बादल
आखामा बढे पछि
पीडा
मुटुमा गढे पछी
गुनासोलाई के मिल्छ र ?
बिज्ञान न्यौपाने – ऊ उदाउनेछ सँधै (मुक्तक)
ऊ उदाउनेछ सँधै घाम भएर,
ईतिहासमा सुनौलो नाम भएर
अब ऊ धर्तीबाट टाढा जादैछ,
स्वर्गमा पनि क्रान्तिको काम भएर।
कोमल श्रेष्ठ मल्ल – म (नेपाली मुक्तक)
अचेल दिनहुँ
झर्न थालेको छु ?
नपिएरै जहर
जिउनुको जलपमा
कृत्रिम स्वास फेरेर
मर्न थालेको छु ?
रामकाजी कोने – तीन मुक्तक
(मधुपर्क जेठ, २०६९)
१.
जिन्दगीको धूप बिर्साउने छहारी छायाको
बयान कसरी गरूँ म त्यो कोमल कायाको
होलान् कति कति मर्ने त्यो रूपमा ए हजुर –
पहिलो सहिद बनाऊ बिन्ती मलाई तिम्रो मायाको ।
२.
छैन उज्यालो मसँग जिन्दगी पनि कालो कालो
मन दुख्दा र्झछ आँसु त्यो पनि कालो कालो
परेलीमा अँध्यारोकै बास भएर हो कि –
देख्न त देख्छु सपना त्यो पनि कालो कालो ।
३.
कोही पहिचानका खातिर आˆनै तस्बिर कोर्दै थिएँ
कोही वरदानका खातिर ईश्वर र मन्दिर खोज्दै थिएँ
मिहिनेतीहरू पसिनाको मसीले भाग्य लेखिरहँदा –
अल्छीहरू भावीसँग आˆनै भाग्य सोध्दै थिएँ ।
– महाराजगञ्ज ४, काठमाडौँ