Bhagirathi Shrestha – Swatantrata

भागीरथी श्रेष्ठ – स्वतन्त्रता
(नेपाल साप्ताहिक)

सुजनसँग बिहे हुने पक्कापक्की भएपछि सोचेँ, म जीवनको महत्त्वपुर्ण र पुर्ण आयामतिर अवतरति हुँदैछु । नयाँ फूलझैँ फक्रिएर नयाँ फूलबारीमा फुल्न जाँदैछु नितान्त नयाँ सुवास लिएर ।

इन्गेजमेन्ट भएको चौथो दिन सुजन मकहाँ आउँदै थिए, उनी आउने खबर फोनबाट सुनेपछि मनमा मनमोहक र रमणीय अनुभूतिको संसार उघ्रिएको थियो । त्यो संसारमा मैले देखेँ, जीवनका सात खुसीयाली र भावनात्मक रुमानी तीव्रता । उनको आवाजको र्स्पर्श प्रतिध्वनित भइरह्यो मेरो मनको उज्यालो र मुस्कानयुक्त आकाशभर िर मेरो घरको परविेशभर ि। यस्तो लाग्यो मानौँ, उनको आवाज मात्र होइन, उनको शरीर नै सुखद उपस्थित भएको छ, यहाँ र्सवत्र जहीँतहीँ । साँच्चै सुजन घर आउनु मेरा लागि बेग्लैखालको मीठो स्वाद र नयाँ गन्धको अनुभूति थियो पहिलोपल्ट ।

बुबाआमाहरू काम विशेषले गाउँतिर इन्गेजमेन्ट भएको भोलिपल्टै लाग्नु भयो । घरमा म, काम गर्ने केटी र भाइ थियौँ । सुजनका लागि आफ्नै हातले मीठामीठा परकिारहरू बनाउन थालेँ, तन्मयभावले । सम्भवतः आजको दिन मेरा लागि सबैभन्दा प्रिय, सुन्दर, आत्मीय, रोचक र सुखद दिन होला ।

आफूलाई विभिन्न खुसीका रङ्गहरूमा चोबल्दै सुजनको प्रतीक्षा गर्न थालेँ, घरघिर िझ्याल र बरन्डाबाट बाटोतिर हेर्दै । सुजन मोटरसाइकल घन्काउँदै आएर मेरो काँधमा हल्का अँगालो मार्दै ‘कस्तो छ आभा -‘ भनेर मुस्कुराउँदै सोध्दा मेरो तनमनमा एउटा मीठो झङ्कार छुटेको थियो । लाग्यो, उनको अँगालोबाट निस्केको त्यो अनौठो, रहस्यमय र स्नेहयुक्त र्स्पर्शले कल्पनातीत आकाशमा कुनै पक्षीझैँ बाँकटे हान्दै उडिरहेछु । हामी जाडोको न्यानो घाममा गफ गर्दै नास्ता खाँदै टीभी हर्ेर्दै रमाउन थाल्यौँ बैठक कोठामा । बैठक कोठाको वातावरण अत्यन्त रोमाञ्चक थियो ।

अनुभूतिका विभिन्न सुखद र माधुर्य शृङ्खलाहरू थिए मनभित्र । लाग्यो, बैठक कोठाले पनि सुजनको उपस्थितिलाई स्वागत गर्दै उत्सव मनाइरहेछ । १३ वर्षी तारा बेलाबेला झुल्क्याउन आउँथी कोठामा, आँखा तरेर पठाउँथेँ । मनले कामना गर्‍यो, आजको रमझम र कौतूहलपुर्ण दिन यसरी नै लम्बिरहोस्, रात नपरोस् । अन्धकार नखसोस् । खुसीयालीको माला टाँगिइरहोस् यो कोठाभरि ।

ऊ अर्थशास्त्रको प्रोफेसर, युनिभर्सिटीमा पढाउने बौद्धिक व्यक्तित्व । आफ्नै मिहिनेतले आफ्नो पहिचान बनाएको आमा र एउटी बहिनीसहित सानो परविार । आमाबुबाले मन पराएको मान्छे । एउटी शिक्षित युवतीले बाह्य रूपमा चाहने कुराहरू यिनै थिए ।

सुजनले बिदा भएर जाने बेलामा भने, “आभा तिमीसँग आफ्ना व्यक्तिगत कुराहरू धेरै गर्नुछ, एकदिन घुम्न जाँदा भनुँला है †”

सुजनको त्यस दिनदेखि घर आउने क्रम निरन्तर भयो । उनको नियमित आगमनसँगै उनले आफ्नो स्वभाव पनि उदाङ्ग पार्दै गए । बेलाकुबेला आउने, फोन गर्ने, कहिले फोनै नगरीकन आउने, आफ्नै आत्मप्रशंसाका कुराहरू गर्ने । मसँग पनि चाहिने-नचाहिने अनेक प्रश्नहरू गर्ने र भन्न नसक्दा खिसी गर्थे । भन्थे, “तिमीमा आउट नलेज छैन रहेछ, किताबी ज्ञान भएर मात्र पुग्दैन, सबै कुराहरू जान्नुपर्छ, बुझ्नुपर्छ, बुझ्यौ †”

उनका वाहियात टिप्पणीहरूले अपमानित अनुभव गरे पनि म बोल्दिनथेँ मात्र छक्क पर्थें सशङ्कित हुन्थेँ । इन्गेजमेन्टको डोरीले मलाई र मेरो भावनालाई बाँधिदिएको थियो टमक्क कसेर । म बोल्न सक्तिनथँे त्यो डोरी चुँडाएर । बाबुआमाको चाहना र इज्जतले सधैँ खबरदारी गथ्र्यो मलाई । सुजनका कतिपय विचार, स्वभाव र व्यवहार चित्त नबुझे पनि प्रस्ट भन्न सक्तिनथेँ म । भित्रभित्र नैराश्य र अनास्थाको प्रहारले जलिरहन्थेँ, टुक्रिरहन्थेँ म । सबै व्यवहार मन मारेर नै गररिहन्थेँ म । धेरै फोन आउँदा न छैन भन्न नै सक्थेँ, न त उनी आउँदा लुक्न नै । लाग्थ्यो, म त गन्तव्यहीन दिशातिर जाँदैछु, जहाँ विश्वासको उज्यालो छैन । अज्ञात दुष्चिन्ताले मनलाई गाँज्न थालेको थियो । म अज्ञात आशङ्काले गल्दै थिएँ । यी सब असन्तुष्टिहरू बुबाआमासँग भन्ने आँट पनि थिएन ममा ।

एकदिन उनले शनिबार घुम्न जाने प्रस्ताव राखे । उनीहरूसँग घुम्न जाने कुरामा त्यति धेरै उत्साह र खुसी नभए पनि मनमा कहीँकतै आशा थियो, कुनै पनि क्षण भरोसा गर्ने लायकको क्षण आउला कि भन्ने † अफसोच † आजसम्म मेरो अनुकूल र आदर्शको कुनै पनि लक्षण सुजनमा भेटेकी थिइनँ । जेहोस्, उनीसँग घुम्न जाने मनसाय बनाएँ ।

उनले मलाई लिन आएपछि सोधेँ, “आभा पहिले कहाँ घुम्न जाने -” मैले भनेँ, “खाना खाएका छैनौँ पहिले पशुपतिनाथको दर्शन गरौँ न † धेरै दिन भयो दर्शन गर्न पनि जान पाएकी छैन ।” एक्कासि सुजनले अट्टहास गरे र भने, “फिल्म हर्ेन जाने भन्छौ होला भन्ठानेको त मन्दिर पो जाने भन्छौ । भक्तिनी पो रहिछौ । म त पुर्ण नास्तिक मान्छे । कर्मप्रति विश्वास छ, मुर्तिको भगवान्प्रति होइन । मलाई ढुङ्गाको देवतामाथि कुनै आस्था र विश्वास छैन । घरमा मेरी आमा र बहिनीलाई त पूजा गर्न दिन्नँ । घरमा कुनै भगवान्को फोटो र मुर्ति पनि छैन । मन्दिरमा पनि कहिल्यै जान्नँ । भगवान् भनेको त एउटा भ्रम हो, कल्पनाको स्वरूप हो । पण्डितहरूले आफ्नो आजीविकाका लागि रचेको जालझेलको नाटक हो । मन्दिर-सन्दिर जाने कुरा छोड, पहिले रेस्टराँमा गएर खाने । धेरै कुराहरू गर्नुछ । म त कडा पो छु, मैले भनेको त मान्नर्ैपर्छ ।”

उनको कुरा सुनेर म नराम्री आतङ्कित भएँ । उनको अशिष्टता, अभद्रता र जिद्दीपनले अतिक्रमण गर्दै थिए । उफ † म के सुन्दैछु सुजनबाट – विचित्रकै स्वभावका रहेछन् । यस्तो जिद्दीवालसँग के जीवन बिताउन सकिएला र – उनको भगवान्प्रतिको नकारात्मक टिप्पणीहरू सुनेर म त खन्द्रयाङ्खुन्द्रुङ भएँ । यस्तो नास्तिकसँग कसरी कुरा मिल्छ – म पुर्ण आस्तिक नारी । भगवान् छ त मान्छेको अस्तित्व छ, भगवान्को अस्तित्व छैन भने मान्छेको अस्तित्व कसरी सम्भव छ – मान्छेको अस्तित्व हुनु नै भगवान् हुनुको ठोस प्रमाण हो । कसैको भावना र आस्थाको केन्द्रमा आक्रमण गर्नु के जायज हो † बल र करले मान्छेलाई आफ्नो आस्थाबाट पन्छाए पनि उसको भावनात्मक परविर्तन गर्न संसारको कुनै शक्तिले सक्दैन । मनमा रन्को छुटेर आयो तर सबै पिइरहेँ ।

कस्तो घमण्डी मान्छे † कति अहम्वादी मान्छे †† कति आत्मप्रपञ्ची मान्छे ††† अर्काको भावनालाई सम्मान गर्नुपर्छ भन्ने पटक्कै नबुझेको । मनमा बाक्लिँदै गए उनीप्रतिका वितृष्णा र अनास्थाका बादलहरू । उनीसँग रेस्टुराँमा गएर खाने इच्छा मरे पनि तत्कालै कुनै प्रतिक्रिया देखाइनँ । लाग्यो, अब मैले गहिरएिर सोच्नर्ुपर्छ । अझै खोतल्दै जानर्ुपर्छ उनका अन्तरकुन्तरहरू । मनमा औडाहा छुटे पनि उनीसँग मोटरबाइकमा बसेर किङ्सवेको नाङ्लो रेस्टुराँमा गयौँ, लाग्यो म र मेरो मन चट्टानमा ठोक्किँदै टुक्रिएर छरँिदैछ । रेस्टुराँमा खाना खाँदै उनले भने, “घरमा त मेरै रुचि अनुसार खाना बनाइन्छ, सबै कुराहरू मेरै निर्देशन र इच्छा अनुसार चल्छ । मेरो इच्छाविरुद्ध घरमा केही काम हुँदैन ।” रेस्टुराँमा आफ्नै इच्छा अनुसार खाना अर्डर गरेका थिए उनले ।

परविारमा आफ्नो मात्र कुराहरू सही हुन्छन् भन्ने कुरा कसरी सोच्न सकेका – सबैका आ-आफ्ना रुचि र मूल्यहरू हुन्छन् नै † उनका कुराहरू मेरो स्वभावका लागि आगोको राँकोजस्तै प्रतीत भयो । कुन युगको मान्छे हो सुजन – चाहनालाई पनि बुझ्नर्ुपर्छ भन्ने थाहा छैन – कति अप्ठ्यारो र जटिल मान्छे । कति जबरजस्त मुढ मान्छे । खाना खाइसकेपछि सुजनले आफ्ना जीवनका अनावश्यक सर्न्दर्भहरू र घटनाहरू ओकल्न थाले, जुन कुरा सुन्न चाहन्नथेँ म ।

“हेर आभा † मजस्तो योग्य लोग्ने पाएकामा तिमी त भाग्यमानी रहिछौ । बिहे हुनुभन्दा पहिला म आफ्ना जीवनका दुःखद भोगाइहरू बाँड्न चाहन्छु । यो स्थानसम्म आफूलाई ल्याउन मैले जीवनका सुरुआती दिनमा धेरै दुःखका जँघारहरू तर्नुपर्‍यो । मेरा बुबा रक्सीमै डुबेर गैरजिम्मेवार भएर चाँडै बित्नुभयो । आमाले ट्युसन पढाएर मलाई र बहिनीलाई हर्ुकाउनुभयो । आमालाई म मान्छु । मैले पनि ट्युसन पढाउँदै एमएमा प्रथम श्रेणीमा उत्तर्ीण्ा भएँ । आफ्नै मिहिनेतले र प्रतिभाले युनिभर्सिटीको लेक्चरर भएँ । घर बनाएँ । तर, आजसम्म गतिलो घडी र गतिलो सुट लगाएको छैन । यो भन्नुको अर्थ मैले दाइजोको लोभ अथवा ‘डिमान्ड’ गरेको होइन । ससुरालीको लोभ पनि होइन । मैले आफ्नो स्थिति मात्र बताएको हुँ । त्यसो त तिमी पनि सम्पन्न परविारकी एउटी छोरी हौ नि † ग्य्राजुएट गरेकी छौ । नोकरी गछ्र्यौ । अँ तिमीलाई अर्को कुरा पनि भन्छु, मलाई फजुल खर्च मन पर्दैन, हिसाब-किताब गरेर खर्च गर्छु बिहे हुनुभन्दा अघि सबै कुरा तिमीलाई जानकारी दिन मन लाग्यो ।”

सुजनको कुरा सुन्दासुन्दा म त अर्कै किनारामा पो पुगेछु, उनीबाट टाढा, निकै टाढा । उनको कुराले मात्र होइन, सामीप्यले पनि रनाहामा परेँ म । न त मैले उनमा जीवनको सुगन्ध नै भेटाएँ । न त जिउने सुन्दर कला नै । आफ्नो पुरुषत्वको एउटा गौरवमय अस्तित्व पटक्कै छैन उनमा । अप्रत्यक्ष लोभका प्रतिविम्बहरू मैमत्तेपनका आभासहरू मात्र छन् । उनले आफ्नो मर्यादा र शिष्टताका सीमारेखाहरू सुरुदेखि खोस्रँदै गएर अन्त्यमा पर्ूण्ारूपमा भत्काए ।

मेरो चाहनाको कुनै पनि रङ्गसँग उनको रङ्ग मिलेन । म सम्पर्ूण्ा रूपले उनको जीवनबाट किनारा लागेँ । सोचेँ आफ्नो मनले नखाएको व्यक्तिसँग बिहे गर्नु पनि आफ्नै अपमान हो, आफूलाई गलत दिशातिर डोर्‍याउनु हो ।

यो क्षण मेरा लागि आपतकालीन क्षण थियो ।

सोचँे, मैले आफ्नो हृदयको आवाज सुन्नर्ुपर्छ, सुनाउनर्ुपर्छ । गम्भीर, स्पष्ट, दृश र विनम्र भएर भनेँ, “आजसम्म तपाईंका विचारहरू सुन्दै आएकी छु । मलाई लागिरहेछ, तपाईंको कुरा सुन्द सुन्दा म तपार्इंको विचारको कैदी बन्दै गइरहेकी छु । मेरो निजत्व र अस्मितामाथि आक्रमण हुँदैछ । तपाईंप्रति मेरो कुनै द्वेष र गुनासो छैन । मलाई माफ गर्नुहोला † म तपाईंसँग बिहे गर्न अर्समर्थ छु । म आफ्नो यति विचार भन्छु, म कसैको यति सङ्कुचित इसारा र बन्धनमा बस्ने स्वास्नीमान्छे होइन । मेरो यो आफ्नो अन्तिम निर्णय हो । बदल्न सक्तिनँ ।”

मैले वरिपरि कसैको कुरा पनि सुनिनँ, कसैलाई देखिनँ पनि । मभित्र खै कस्तो शक्तिको स्रोत बग्दै थियो कुन्नि, मेरो आवाज मात्र गुन्जिरह्यो मभित्र । मेरो शक्तिले उठाइरहेको थियो मलाई । सुजन थिए स्तब्ध, अवाक् र मौन । म काउन्टरमा गएर पैसा तिरेर बाहिर आएँ । फर्केर पनि हेरनिँ, न त सुजन नै मलाई रोक्न आउन सके । मेरो जीवनको गहु्रँगो र अरूचिपुर्ण नाटकको पटाक्षेप भएको थियो । म अब बिलकुल सुजनबाट स्वतन्त्र र मुक्त भएकी थिएँ । म आफ्नो विचारका लागि मुक्त भएको थिएँ ।

नेपाल साप्ताहिक
अंक २८२