Suren Upreti – Campus Ko Bhet

सुरेन उप्रेती – क्याम्पसको भेट

प्रविणलाई कक्षा शुरुहुनु अगावै एउटा किताव लिनु थियो । उ हतार हतार लाइब्रेरीतिर जाँदै थियो । हाए प्रविण भनेको सुनेर यता उता हेर्यो । सिन्थियाले बोलाएको रहेछ । उनले आएर प्रविण सँग हातमिलाइन । सामान्य भलाकुसारी पछि म अलि हतारमा छु पछि कुरा गरौँला हुन्न भनेर अगाडी बढयो । सिन्थियाले प्रविण तिमीलाई थाहा छ उ मेरी साथी पनि नेपाली हुन नी । उनको नाम कुशुम हो भनेर साथी तिर देखाइन् । नमस्ते म प्रविण भनेर कुशुम तिर हेरयो । म कुशुम भनेर उनले पनि हात हल्लाइन् ।

प्रविण उनीहरु सँग छुट्टिएर लाइब्रेरीमा गयो । हतार हतार किताव लिएर कक्षामा आयो । उसलाई कता कता कोहि चिनेको आफन्त भेटे जस्तो लाग्यो । हुन त विदेशमा पुगे पछि आफ्नो देशको मान्छे भने पछि आफन्तनै भेटेजस्तो हुनु श्वभाविक नै हो तर पनि उसलाई अमm नजिकको कोहि भेटेजस्तो भएको थियो । उ कक्षामा पुग्दा शिक्षक आएर पढाउन शुरु गर्दै रहेछन् । उ सँधै पहिलो लाइनमा नै बस्थ्यो । आज पनि त्यहीँ ठाउँमा गएर बस्यो । शिक्षकले पढाएका कुरामा ध्यान केन्द्रीत गर्न निकै प्रयास गरयो । तर छिन छिनमा उसको मन अन्यत्रै घुम्दै हुन्थ्यो । आधा उधी मात्र नोट गरयो । कति अगाडी पछाडी छुटेर बिचका बूँदाहरुमात्र टिप्न भ्यायो । एक पटक शिक्षकले उसलाइ के साधेको रहेछ थाहानै पाएन । सबै साथीहरु हाँसेपछि मात्र थाहा भयो । उसका गाला राता भए । उसले आफुलाई तातो भएको महशूष गरयो ।

कक्षा सकिए पछि क्याफ्टेरियामा गयो । उसका आँखाले सबैैका अनुहार सर्सर्ती पढे हरेसखाइसकेका आँखाले हलको दाहिने तिरको कुनामा सिन्थियार कुशुमलाई देखेछन् । उ कसैले डोरयाएको वालक मmैँ केहि नसोची उनीहरु बसेको टेबलमा गएर चेयर तानेर बस्यो । उनीहरुले पिज्जा खान लागेका रहेछन् । उसलाई पनि खाँउ भने तर उ म लिएर आँउछु भनेर ब्याग चेयरमा राखेर क्याफ्टेरिया भित्र गयो ।

उ पढनमा मात्र हैन जुन खेलमा भाग लिन्छ त्यसमा पनि दोःश्रो हुँदैन । सारै मेहनती, प्रतिभाशाली र अशल छ । सिन्थियाले प्रविणको प्रतिभाको बारेमा कुशुमलाई सुनाइन । चिकेन ड्र्मस्टीक र राइस लिएर प्रविण आयो । उनीहरुलाई पनि ड्र्मस्टिक खान भन्यो । दुबैजनाले एक एक पिस लिए । गत बर्ष नेपाल जाँदा कुशुम र उनका बा आमा सँग भेट भयो र उनीहरुकै घरमा बसेँ । बुबा आमा सारै अशल हुनुहुन्छ भनेर सिन्थियाले सुनाइन । तिमीहरु नेपाली भाषामा कुरा गर न मलाई सुन्न सारै मन पर्छ भनेर कुरा गर्न अमm सजिलो बनाइ दिइन सिन्थियाले । दुबैले एक अर्काका बारेमा सोध खोज गरे । प्रविण तेश्रो बर्ष र कुशुम प्रथम वर्षमा वातावरण विज्ञान पढ्दै थिए । उनीहरुले पढाइका बारेमा पनि कुरा गरे । कुशुमले आफुलाई अप्ठयारो लागेका विषयका बारेमा सुनाइन । प्रविणले आफ्ना पुरानानोट खोजेर दिन्छु । न आएका कुरा सोध्नु भन् यो । फोन नम्बर आदान प्रदान गरेर उनीहरु छुट्टिए ।

कुशुम सिन्थियाको घरमा नै बस्थिन् । त्यहाँ बस्दा सबैै सुविधा भए पनि अलग अलग साँस्कृतिक पृष्ट भूमिबाट आएका हुनाले सिन्थिया र उनमा थुप्रै भिन्नताहरु थिए । एक अर्का सँग मिल्नलाई दुबैले परिस्थिति सँग थुप्रै सम्मmौताहरु गरेका थिए । तर पनि जीवनका दुई दसक भन्दा लामो दिनचर्या सँग अभ्यस्त जीवनबाट मुक्तहुन त्यती सजिलो कहाँ हुन््थ्यो र । भोलीभनेको अनिश्चित छत्यसैले जीवनको मज्जा आजनै लिनु पर्छ भन्थिन सिन्थिया । उनी बार,पवर , र रेष्टुरेण्टमा गएर हप्ताअन्त बिताउन चाहान्थीन् । तर यो सबै कुशुमको सोच विपरित थियो । यो समय भनेको भोलीको शुन्दर सन्सार निर्माण गर्नमा लगाउने हो । आज मेहनत गर्यो भने भोली सुख हुन्छ । परिश्रमको फलमात्र मिठो हुन्छ भन्नेमा कुशुम विश्वाश गर्थिन् ।

कुशुमलाई सिन्थियालाई जति सजिलो पनि त थिएन । नेपालबाट पठाएको पैसाले क्याम्पसको फि तिर्नु, कपी, किताव,खान,बस्न सम्पूर्ण खर्च पुर्याउनु पथ्र्यो । काम गर्दै पढ्नेबारेमा पनि नसोचेको होइन तर पढाइको बोमmले उनलाई उठ्नै दिएको थिएन ।

घरमा पुग्नसाथ सिन्थियालाई ब्वाइफ्रेण्डको फोन आयो र बाहिर निस्किन् । कुशुम बेडमा पल्टिएर दिँउसो पढेको नोट हेर्न थालिन् । तर उनका आँखा मात्र नोटमा अडिए । उनको मन प्रविणको बारेमा प्रश्णोत्तर गर्न थाल्यो । कति सरल छ उसको श्वभाव । त्यस्तो प्रतिभावान भएर पनि रतिभर घमण्ड छैन । लेखनाथ पौडेलको “ मmुक्छन् वृक्ष्य सदैव फलफूलले भारी हुँदामा अतित “भन्ने कविताको हरफ उनका बुवाले सँधै भन्ने गरेको याद आयो । उनलाई फोन गर्न मन लाग्यो । फेरी के सोच्ने होला भन्दै नोटकपिमै आँखा विक्ष्याइन् । आँखाले फोन नम्बर फेलापारे छन् । मन डराउँदै थियो । उनका ती साना सुरिला औँलाले फोन डायल गरे । अब के भन्ने होला भन्दै डराउँदै रिसिभरलाई कानको छेउमा राखिन् । तीन घण्टी जाँदा पनि फोन नउठे पछि फोन राखिन् । उनलाई त्यसै खल्लोे लाग्यो । कस्तो फोन गर्दा पनि नभेटिने मान्छे भन्दै अर्का तिर फर्किएर बेडमा पल्टिन । केहिबेर पछि उठेर नुहाउन गइन् । आज उनको मन निकै खुशि छ । उनी गीत गाँउन भने पछि चारकोस भाग्ने मान्छे तर आज उनलाई गीत गुनगुनाउन आयो । खुशि छु म आज तिमी भन्दा धेरै भन्ने गीतको पँत्तीलाई पटक पटक दोहोर्याएर तेहर्याएर गुनगुनाइन् । कपाललाई टावलले पुच्दै ऐनाको अगाडी गएर उभिइन । आफैँ सँग लाज लाग्यो । आँखा चिम्लिएर द्र्रूईहातले आँखा छोपिन् र अर्कातिर फर्किन् ।

प्रविण र कुशुमको भेट दिन दिनै हुन थाल्यो । कुशुमलाई प्रोजेक्ट गर्नु पर्दा, परिक्षाको तयारी गर्नु पर्दा प्रविणले सँधै सहयोग गथ्र्यो । प्रविणको प्रशँसा गर्दै सबै कुरा फोनबाट आमालाई सुनाइन । प्रदेशमा पनि त्यस्तो सहयोग गर्ने मान्छे कहाँ पाइन्छ र छोर्ी ? तिमी त सारै भाग्यमानी रैछयो आमाले भन्नु भयो । कुशुमको जन्म दिनमा उनलाइ सारै मन पर्नै एक जोडी लुगा किनिदियो । सिन्थिया र कुशुमलाइ रेष्टुरृण्टमा लगेर खाना ख्वायो । आमा लुगा त कति महँगो पो किनेको त , कस्तो राम्रो छ भनेर कुशुमले आमालाइ सुनाइन ।

विदेशमा गए पछि आफ्ना चाड पर्वको मmनै महत्व बढ्छ । दसैँ मनाउन अटवामा बस्ने सबै नेपालीहरु भेलाभए । प्रविण र कुशुम पनि कार्यक्रममा सहभागी भए । बिभिन्न साँस्कृतिक कार्यक्रम नाचगान पछि सबैले टिका लगाए । सबैका अनुहारमा हाँशो र खुशी छायोे । यस पालीको दसैँ त नेपालमा हँुदाको भन्दा रमाइलो भयो भनेर कुशुमले आमालाई फोन गरेर सुनाइन ।

क्याम्पसमा परिक्षाहरु आउने जाने क्रम चलिरहेको थियो । यो हप्तामा तीनवटा विषयको परिक्षा दिनु परेकाले कुशुम पनि पढ्दा पढ्दै दिक्क भएकी थिइन् । शुक्रबार बेलुका प्रविणको फोन आयोे । परिक्षाका बारेमा कुरा गरी सकेपछि भोली विहान मेरामा आउहै कुशुम भनेर प्रविणले बोलायोे । त्यस रात छट्पट् हुँदै पटक पटक बिउँमिmएर विहानीको पैतिक्षामा घडी हेरिन । मनले थुप्रै सपनाहरु बनायो । रात भरी राम्रो निन्द्रा लागेन । विहानी पख भए पछि निदाइछन् । सपना पनि कस्तो देखेको । उनले त तिजका महिलाहरुले जस्त्ौ पूरै राता लुगा लगाएको रहेछ रे । बिँउमmदा सात बज्नलागेको रहेछ । हतार हतार गरेर नुहाइन । एक कप चिया खाएर ऐना अगाडी गएर उभिइन् । आँखा सुन्नीए जस्ता भएर विमmाए ।

प्रविणकोमा पुग्दा साढे नौ नै भइ सकेछ । बैठकको शोफामा गएर बसिन् । बैठकको टेवलमा फलफ्रूलहरु सजाएर राखेका रहेछन् । अगाडी भित्तामा एउटी साडी लगाएकी केटीको फोटो मmुण्डिएको थियो । उनका आँखा त्यही फोटोमा गएर ठोक्कीए । अहा कस्तो मेरो जस्तै फोटो, यो कस्को फोटो ? कुशुमले सोधिन् । प्रविण उनका छेवैमा आएर शोफामा बस्यो । फोटोमा तेर्सिएका आँखा भरी आँशु बनाउँदै अब उनी छैनन् । यस धर्तिमा बाँच्न दिएनन् भनेर उ बोल्न सकेन । आँखाका आँशु पुक्ष्दै लामो सास तानेर फेरी बोल्न खोज्यो । उनी मेरी एकमात्र ))))) भनेर फेरी अड्कीयो । उनी तिमी जस्तै छन् है कुशुम भनेर कुशुमका हात समाएर चुम्यो । दुई बर्ष अगाडी दाइजो कम ल्याइ भनेर पटक पटक कुटेछन् र मट्टीतेल खन्याएर ))))) भन्ेर फेरी वोल्न सकेन । उठेर बाथरुम तिर गयो । मुख धाएर टावेलले मुख पुच्दै भान्सामा गयो । भान्साबाट एउटा ठूलो थाली लिएर आयो । थालीमा मैन वत्ती बल्दै थियो । एउटा ग्लासमा पानी थियो । ग्लासका छेउमा तीन चार थ्रूँगा फूलहरु थिए । छेउमा रातो,निलो , पँहेलो,र सेतो रँग थिए । आज मैले चार वर्ष पछि मेरी बहिनीलाई भेटेँ । तिमीलाई थाहा छ कुशुम ? आज भाइ टिका होनी भन्दै थालीलाई शोफा छेउको टेवलमा राखेर निधारबाट कपाललाई हातले पन्छाउँदै कुशुम तिर फर्किएर बस्यो ।

अस्तु

Suren Upreti – Bhashan

सुरेन उप्रेती – भाषण

यो भाषण गर्न भन्नु मात्र सजिलो छ । त्यहाँ उभिए पछि थाहा हुन्छ कति गाह्रो छ भन्ने कुरा । सम्मmँदा पनि दिक्क लागेर आँउछ बमबिक्रमले मनमनै भन्यो । फेरी आफूलाई मनमा भित्रै देखि लागेको भन्न पाए पनि लौ है भन्नू । भोकले मर्न आँटेका,लुगा लगाउन नपाएर आधा नाँगै भएका, मmूत्रा मmाम्रा,डुध्रडुध्रग्ती गन्हाउने मान्छेहरुलाई आमा,बा भन्दै साइनो लाउनू पर्ने । यो चुनाव पनि कहिले सकिन्छ जस्तै भएको छ भन्दै रामे एता आइज भनेर बमबिक्रम करायो । रामे हजुर शाव भन्दैे हानेको गोली भएर हाजिर भयो । जा एक वोतल व्हीस्की र एक प्लेट मासू लिएर आइज भनेर आदेश दियो । रामेले व्हीस्कीको बोतल ल्याएर टेवलमाथि राखिदियो । बमबिक्रमले वोतलबाट व्हीस्की ग्लासमा खन्यायो । ग्लासलाई विस्तारै उठाएर ओठसम्म पुरयायो र एक घुट्को व्हीस्की निल्यो । ए रामे भएन भन्दै एक पटक चिच्यायो । गोजीबाट एउटा पट्टिएको कागज निकाल्यो र त्यसलाई फुकायो । एक पटक कागजमा भएको भाषण मनमनै शिर देखि पुछार सम्म पढयो । उ बसेको घुम्ने कुर्सीलाई अलि पछाडि सार्यो र दुवै खूट्टा टेवलमाथि राख्दैे कुर्सीलाई पछाडी ढल्कायो । रामेले एक प्लेट राँगाको सूकुटी भुटेर ल्याएर टेवुलमाथि राखिदियो र अर्को कोठामा गएर आदेशको प्रतिक्षामा कान विच्छाएर बस्यो । बमबिक्रमले सुकुटी सँगै तीन ग्लास रित्यायो ।

भोली सुकुम्वासी बस्तीमा भाषण गर्न जानु छ भन्ने सम्मmयो र फेरी भाषण पढ्न थाल्यो । आदरणिय ,आमा वुवा, दाजुभाइ तथा दिदीबहिनीहरु । उसलाई मmनक्क रीष उठेर आयो । आफू जर्नेल समरध्वजको नाति,युद्धप्रतापको छोरा बमबिक्रमले त्यस्ता छाप्रामा बस्ने मmत्तेहरुलाई केको आमा बुवा भन्ने । दाह््रा किट्दै मुठ्ठी उमm्यायो । फेरी सम्हालींँदै ,तपाईहरुको यस शुन्दर बस्तीमा खानेपानी र स्वास्थचौकिको व्यवस्था चाँडै गर्ने छु ।साना नानीहरुका लागि प्राथमिक स्कुलखोल्नु मेरो पहिलो प्राथमिकता हुने छ । यी तपाईहरुका घरहरुलाई म चाँडै तपाईहरुका नाममा दर्ता गरेर लालपूर्जा बनाइ दिन्छु । मलाई चुनाव जिताउनु भनेको यस ठाउँमा विकाशको मुल फुटाउनु हो । प्रजातन्त्रको जीत हुनु हो र तपाईहरुको जीत हुनुहो भन्दै पढ्दा पढ्दै निधायो ।

भोलीपल्ट दिँउशो भए पछी भाषण गर्न उसलाई मन्चमा वोलाइयो । मान्छेहरु थुप्रै भेलाभएका रहेछन् । उसको नाम लिने वित्तिकै सबैले ताली बजाए । उ माइक अगाडि गएर उभियो । सबेै बर्षौ खान नपाएर जवानीमै अनुहार भरी मुजा परेका मान्छेहरु छन् । लुगा हेर्छ सात ठाउँमा टालेका, चार तिर फाटेका लगाएका छन् । कोही बच्चाहरु नाँगै दौडिदै छन् कोही आमाहरुको फाटेका सारीमा घुस्रीँदै छन् । बाटो मानव मलमुत्रले दुर्गन्धीत छ । माइक्रोफोन समाएर भाषण गर्न थाल्यो र भन्न थाल्यो । टवाइलेट सम्म नदेखेका जँगली पाखेहरु, जतिपायो उती बच्चा जन्माउन जान्ने तर स्याहार गर्न नजान्ने अशिक्षित मेशिनहरु,अमm भनौ सुँगुरहरु । कर्ममाहारेका पापी मगन्तेहरु, कहिलै अघाउन्जेली खान नपाएका भोकमारीहरु । तिमी धुलाका किराहरु जस्ताले म जस्तो बमबिक्रमलाई देख्न पाउनु भनेकै तिमिहरु भाग्यमानी हुनु हो । अब आउने चुनाउमा मलाई भोट दिनु । नत्र भने म तिमिहरुको यस दुर्गन्धित बस्तीलाई आगो लगाएर खरानी बनाई दिन्छु । मात्र भन्नके भ्याएको थियो ।चारै तिरबाट लाठी र ढँुगाहरु बर्सीन थाले । दुईहातले टाउको जोगाउँदै उसका सुरक्षार्थ खटिएका ‘मुन्द्रे तिर हेरेर सुरक्षाको याचना गर्यो । उनीहरु त अगाडिनै भागीसकेका रहेछन् । जसरी पनि बाँच्नुत परयो भन्दै मान्छेको भिडलाई दुई हातले पन्छाउँदै भाग्न थाल्यो । उसको खुट्टा रुखको जरामा अल्मिmएर उ ढल्यो । उसको हातले लागेर वोतलको व्हीस्की पोखिएर भाषण भिजेछ । उसको शरिर थर्र्र काँप्दै रहेछ । उठेर हातको घडिहेरयो । रातको साढे बाह््रमात्र बजेको रहेछ ।