Ramesh Bikal – Bishal Kirant Pradesh Ko Durdanta Shikari Shasak

रमेश विकल – विशाल किराँत प्रदेशको दुर्दान्त शिकारी शासक (पौराणिक कथा)
(मधुपर्क २०६५ माघ)

एकदिन किराँत प्रदेशको घना जङ्गलमा एउटा गौर वर्णको अत्यन्त तेजिलो सुन्दर युवकलाई विचरण गरिरहेको देखियो । शिकारी भेषमा देखिएको यो युवक त्यस भेगमा नौलो थियो । त्यसैले मानिसहरू खास गरी युवायुवतीहरू उसप्रति आकषिर्त भए तर उसको प्रखर तेज, दवङ्ग, व्यक्तित्व देखेर उसको नजिक जान हच्किरहेका थिए ।

उसको सुन्दर, आकर्षक व्यक्तित्वको विपरीत उसको भेषभूषा विचित्रको थियो । उसको सुपुष्ट, सुडौल देहयष्टीमा उसले स्कन्ध प्रदेशमा जङ्गली मत्ताहात्तीको छाला ओढेको थियो । कटी प्रदेशभन्दा तल घुँडासम्म आउने गरी बबर शेरको छालाको अधोवस्त्र धारण गरेको थियो । शिरमा पिङ्गल केशराशिको जटाजुट बाँधेको थियो र भाल प्रदेशमा एउटा जनावरको अर्धचन्द्राकार टुक्रा(चाँ) सिउरेको थियो, जुन उसले सागर तटको बगरमा विहार गर्दा भेटेको थियो ।

उसको शरीरमा आभूषण पनि विचित्र विचित्र थिए । उसले आˆनो सुनौला जटाजुटलाई मरेको सर्पको डोरोले बाँधेको थियो । कानका कुण्डल सुपुष्ट नाडी पाखुरा, पिडौँलाका बाजुबन्द, कण्ठहार, कल्ली आदि आभूषण सबै मृत विषधरकै थिए । चौंडा वक्षस्थल (छाती) मा रुद्राक्ष जातिका दानाहरूका साथमा अरू जङ्गली फलका दानाका मालाहरू थिए । समग्रमा उसको भेषभूषा, श्रृङ्गार आभूषण विलक्षण नै थियो ।

उसको यस विचित्रको अर्धसिल्ली भेष देखेर मानिसहरू खास गरी केटाकेटी र किशोर कि किशोरीहरू (अपवाद रूपमा केही बूढापाका वयस्कहरू पनि) उसको पछि लागेका थिए । को हो यो अनौठो युवा शिकारी ? कहाँबाट आएको हो यो ? उनीहरू सबै जान्न उत्सुक तर अगाडि सरेर उससँग प्रश्न गर्न हिम्मत गर्दैथे ।

त्यसै बेला त्यस गाउँ (क्षेत्र)का वृद्ध राई (किराँती मुखिया) घुम्दैघुम्दै त्यहाँ आइपुगे । उनले पनि त्यस नौलो र तेजिलो युवक शिकारीलाई देखेर आˆनो उत्सुकता दबाउन सकेनन् । उसको नजिकै गएर सोध्न थाले- “तिमी त यस भेगमा हिजो अस्ती कहिल्यै देखिएका थिएनौ! तिम्रो थात थलो कुन हो ? आमाबाबु कुन वंशका हौ ? कसको गोठ (गोत्र)का हौ ? यस्तो विचित्रको भेषभूषामा छँटाहा (सिल्लड) तालले किन हिँडेका हौ ?”

“मलाई थाहा छैन । घुम्दै फिर्दै, शिकार गर्दै त्यत्तिकै आइपुगेँ ।”- युवकले निर्लिप्त पारामा अबोध, अनुहारले भन्यो । वृद्ध किराँती राईले उसलाई आँखामा दयाको भाव भरेर भने- ”थात थलो थाहा छैन, जन्मेको तिथिमिति थाहा छैन, आमाबाबुको पत्तो छैन । कस्तो मान्छे हौ त तिमी ?”

“अहँ, मलाई केही थाहा छैन ।”- केटाले निर्बोध पाराले भन्यो । वास्तवमा उसलाई मात्र होइन त्यत्रो हिमाली भूमिदेखि तराईसम्म फैलिएको विशाल किराँत प्रवेशमा देव, दानव, मानव कसैलाई पनि थाहा थिएन- ऊ कसको छोरो हो । आमाबाबु को हुन्? कहाँबाट आयो ? कसरी आयो ?

विशाल किराँत प्रदेशको सुदूर उत्तर हिमालयपारिको देवभूमिको एउटा सानो बस्ती निवासी एक जना देव जातिको पुरुषले नुहाउन जाँदा खोलाको बगरमा असहाय मिल्किएको नवजात शिशुलाई भेटेर आफ्नो संरक्षणमा लिएर आए । अनि त्यस बस्तीका अरू गृहस्थहरूले पनि असहाय टुहुरो बच्चो ठानेर मिलीजुली पालन पोषण गरेर हुर्काए ।

तर ऊ बाल्यकालमा प्रवेश गरेदेखि नै स्वच्छन्द प्रकृति र डुलुवा स्वभावको भएर निस्क्यो । ऊ सानैदेखि हातमा गुलेली (बाँसको धनुकाण) र त्रिशूल लिएर जनावरहरूको शिकार गर्दै हिँड्न थाल्यो । उसको न सुत्ने बस्ने बास (घर)कै टुङ्गो भयो न खाने लाउने गाँस र कपास (लुगा)को । जुन बेला जहाँ रात पर्‍यो दिगम्बरझैँ लडिदियो, अनि भोक लाग्दा जहाँ जे भेट्यो भक्ष अभक्ष, मीठो नमिठो केही नभनी खाइदियो ।

यसरी ऊ कहिले वनका घाँस पत्कर बिछ्यौना बनाएर लडिदिन्थ्यो कहिले नाङ्गो धर्ती र ढुङ्गाको चट्टानकै तकिया, डसना बनाएर पसि्रदिन्थ्यो । उसका लागि मखमलको डसना र बगरको गिर्खामा कुनै अन्तर थिएन । कहिले निद्रा लाग्यो भने खोलाको बगरमा मस्तसँग दिगम्बर बनेर लडिदिन्थ्यो र कहिले शमशानमा मूर्दा पोलेेको थुप्रोलाई नै बिछ्यौना तुल्याएर सुतिदिन्थ्यो । कुनै बेला हिमाली हावा बोकेको चिसो स्याँठको अनुभव हुँदा ऊ शमशानको खरानी जिउभरि घसेर आङ्गका रोमकूपहरू सबै टालेर न्यानोको अनुभव गथ्र्यो ।

यसै गरी विस्तार विस्तार उसको बाल्यकाल, किशोरावस्था थितेर गयो । अब उसलाई विस्तार विस्तार जवानीको रुमानी सपनाले कुत्कुत्याउन थाल्यो । अब ऊ विस्तार विस्तार समवयस्क विपरीत लिङ्गी (आइमाई साथी)को चाहना गर्न थाल्यो । त्यसैले ऊ अब बगर, शमशान, पहरा पाखा छोडेर वन उपवन, उद्यानहरूमा भौँतारिन थाल्यो । त्यतिखेरका अभिजात वर्गका देव, दानव, मानव समाजका सुन्दरी किशोरी कन्याहरू आˆना सहेली सङ्गनिीहरूका साथमा क्रीडाकेली (मनोरञ्जन) गर्न त्यस्तै वन उपवन, उद्यान, सरोवर खोज्दै आउँथे ।

एक दिन त्यस्तै सुन्दरीहरूको विहारस्थलको खोजी गर्दै एउटा सुन्दर उपवनमा स्थित एउटा निर्मलजलयुक्त रमणीय सरोवरको नजिक पुग्यो । त्यस सरोवरमा नीलकमलहरू फुलिरहेका थिए र तिनमा भ्रमरहरू गुञ्जन गर्दै रस बटुल्दै घुमिरहेका थिए ।

त्यसै सरोवरको पल्लो किनारा नजिकै त्यहाँ त्यस क्षेत्रको राजा (प्रजापति) दक्षकी परम सुन्दरी कन्या राजकुमारी सती पनि आˆना सङ्गनिी-सहेलीसँग उन्मुक्त केली (क्रीडा) गरिरहेकी थिई । उनीहरूको उन्मुक्त हाँसो र पाउजुको झन्कारले शिवको मनलाई आकृष्ट गर्‍यो । ऊ उनीहरू तिरै जान बढ्यो ।

तर उसलाई ती एकभन्दा एक सुन्दरी, किशोर वयको सिँढी चढेर नवयौवनको सुन्दर वाटिकामा प्रवेश गर्न लागेका रमणी बालाहरूका सामु जाने आँट भएन । ऊ त्यहीँ नजिकैको एउटा कुञ्ज (झाडी) पछाडि लुकेर उनीहरूको फुट्तो सौन्दर्य, मुक्त हुन खोजिरहेको यौवन र उन्मुक्त क्रीडालाई मुग्ध आँखाले पिउन थाल्यो । नवयौवना सुन्दरीहरू माझ पनि एउटी पत्थरहरूको बीचमा आफ्नो विशिष्ट गरिमा लिएर चम्किरहेको कौस्तभमाणी… …… समान सुन्दरीमा गएर उसका आँखा टाँस्सिएझैँ भए । ऊ सम्मोहितझैँ भएर मनमा नाना खालका भावना र सपना खेलाउन थाल्यो ।

कसरी ऊ आˆनो सपना र भावनाको सन्देश त्यस सुन्दरीसम्म कसको हातबाट पुर्‍याऊँ ? भनेर छटपटिन थाल्यो । त्यसैबेला देव समाजको लोकपि्रय सन्देशबाहक (हुलाकी) ऋषि नारद घुम्दैघुम्दै त्यहाँ आइपुग्यो । ऊ एक घडी पनि एक ठाउँमा स्थिर भएर बस्न नसक्ने, डुलुवा छुस्के -दुई जना वा दुई पक्षका बीच विग्रह पारिदिने उसको चरित्रलाई लिएर लोकमा एउटा उक्ति नै चलेको छ- ‘नारदजस्तो कुराउटे, छुस्के’ यसरी ऊ सन्धी विग्रह दुवैमा निपुण थियो ।

अनि यसै परिप्रेक्ष्यमा ऊ वरवधुको जोडी मिलाउने लमी काम पनि गथ्र्यो । उसकै प्रयत्नबाट समाजमा कुनै गृहस्थकी विवाह योग्य कन्या छ र उपयुक्त वर मिलेको छैन वा वधुको प्रत्यासी केटो छ र उपयुक्त विवाह योग्य कन्या मिलेकी छन् भने नारदमुनिको शरणमा गएपछि त्यो काम फत्ते हुन्थ्यो । यसरी उसको प्रयत्नमा कैयौँ यस्ता जोडीको घरजम भएको थियो । त्यसैले धेरै गृहस्थहरू उसप्रति कृतज्ञ थिए ।

तर कति विवाह हुन ठीक भएका जोडीहरूको फाटो पनि भएको थियो, उसैको कारणबाट त्यसैले केही उसदेखि रुष्ठ पनि थिए तर त्यस्तो विग्रहको परिणाम अन्ततोगत्वा सामाजिक र यदाकदा व्यक्तिको हकमा सकारात्मक नै हुनपुग्थ्यो । त्यसैले यस्ता परिणामका उपभोक्ताहरू पनि उसको गुनै मान्थे ।

यस्तो बहुउपयोगी ऋषि नारदलाई टुप्लुक्क अगाडि देख्दा शिवको मनमा आˆनो काम बन्ने विश्वास पलायो । अनि उसलाई सम्बोधन गर्दै अति प्रशन्नताको उद्गार व्यक्त गर्‍यो- ”अ हो मुनि नारद! आज कस्तो सुखद संयोग जुरेको यो । कुशल मङ्गल त छ होइन ?”

“प्रभो! जसमाथि हजुरजस्तो देवाधिदेव आशुतोष कल्याणस्वरूप शिवको कृपा दृष्टि छ त्यसको कुशलमङ्गल नहुने त कुरै भएन प्रभो !” नारदले शिवलाई ‘देवाधिदेव’ को अत्यन्त उच्च सम्मानको सम्बोधन गर्‍यो । यसो गर्नुमा ठूलो ऐतिहासिक पृष्ठभूमि छ ।

वास्तवमा शिवको जन्म, गोत्र, थात, थलो, माताका बारेमा कसैलाई केही थाहा थिएन । विशाल किराँत भूमिअन्तर्गतको सुदूर उत्तर हिमाली क्षेत्रको देवसमूहको एक जना सज्जन गृहस्थले एकदिन नदीमा नुहाउन जाँदा उसलाई सद्यजात शिशु (भर्खरै जन्मेको बालक) का रूपमा नदीको बगरमा असहाय, परित्यक्त अवस्थामा पाएर आफ्नो संरक्षणमा लिएर घर ल्याएको थियो । यी दुई देव दम्पतीले उसलाई उचित पालनपोषण गरेर हुर्काएका थिए र शिक्षादीक्षा दिएका थिए, संस्कार दिएका थिए ।

तर ऊ बाल्यकालदेखि नै स्वच्छन्द प्रकृतिको निस्कन्थ्यो । ऊ कुनै पनि किसिमको सामाजिक अनुशासनमा नबस्ने भयो- न व्यक्ति (पालनकर्ता आमबाबु)को न त समाजको। ऊ जहाँ मन लाग्यो हिँडिदिने- न बस्ने ठेगान, न खाने सुत्ने नै । भोकको अनुभव भएपछि जहाँ जे भेट्यो त्यही खायो । मीठो नमिठो, भक्ष अभक्ष कुनै कुराको भेद नगर्ने ।

अनि सुत्न पनि जहाँ निद्रा लाग्यो त्यहीँ दिगम्बर लडेझैँ लडिदियो । कहिले ऊ जङ्गलको घाँस-पात-पतिङ्गरलाई नै बिछ्यौना बनाएर लडिदिन्थ्यो । कहिले नदीको बगरमा बालुवा-गिर्खालाई नै बिछ्यौना बनाएर मस्तसँग सुतिदिन्थ्यो । खाली धर्ती होस् वा पहराको चट्टान, उसको शरीरका लागि कुनै फरक पर्दैनथ्यो ।

शिव एउटा दुर्दान्त शिकारी भएर पनि ऊ निर्मम र संवेदनहीन थिएन । उसमा विशिष्ट मानवीय संवेदनशीलता र सम दृष्टि थियो । ऊ दुईथरि समूह वा दुई व्यक्तिबीचमा भएको झगडा अथवा द्वन्द्व, सङ्घर्षमा सदैव दुर्वल जनको पक्ष लिन्थ्यो । अनि दुष्ट, दुराचारी, अन्यायी, शोषक, दुराचारीलाई दमन गरेर निर्वलको बल दुर्वलको त्राता बन्थ्यो ।

ऊ वन जङ्गलमा गएर शिकार गर्दा पनि निरीह, निर्वल मृग जतिको शिकार (हत्या) गर्दैनथ्यो । उसका शिकार बडे बडे हिंस्रक जनावरहरू- बाघ, भालु, अर्ना, मत्ता हात्तीजस्ता साना, निरीह मृग जातिलाई मारेर आˆनो उदरपूर्ति गर्नेलाई मात्र माथ्र्यो । यिनै हिंस्रक जनावरहरूलाई मारेर तिनैका छालाहरूले आˆनो पूर्ण शरीर ढाक्थ्यो । त्यसैले त उसले जङ्गली हात्तीको छाला काँधमा उपर्ना (ओढ्ने)का रूपमा र हिंस्रक बाघको छाला कटी प्रवेशमा अधोवस्त्रका रूपमा धारण गरेको हुन्थ्यो । अनि विष धर साँपलाई मारेर तिनैको आभूषणमा सजाएको हुन्थ्यो ।

ऊ देव, दानव, मानव कसैमाथि पनि व्यक्तिगत अथवा सामूहिक सङ्कट पनि आयो भने र उनीहरू उसका शरणामा ‘त्राहिमाम’ हुँदै आए भने ऊ त्यो सम्पूर्ण शङ्कट आˆनो उपर लिएर समग्र प्राणीजगत्लाई रक्षा गर्दथ्यो । यसको ज्वलन्त उदाहरण समुद्र मन्थनको त्राशदीपूर्ण घटना नै थियो ।

अग्निदेव, दानव र मानव तीनै समूह मिलेर अमृत प्राप्तिको उद्देश्यले समुद्र मन्थनको भव्य आयोजना गरे तर सागरको गर्भबाट अमृतभन्दा पहिले कालकुट विष निस्केर चराचर प्राणीजगत्लाई नै दग्ध गर्न थाल्यो । समस्त प्राणी मात्रमा हाहाकार मच्चियो । अरू कसैबाट त्राण पाउने नदेखेपछि समस्त देव, दानव, मानवसहित अरू इतर जातीय समूह त्राहिमाम! त्राहिमाम! भन्दै आखिर शिवकै शरणमा आए- “हे देवाधिदेव शिव! हे आशुतोष शिव! समुद्र मन्थन यज्ञमा सागरको गर्भबाट निस्केको कालकुट हलहल विषले तीन त्रिलोक, चौधै भुवन (चराचर प्राणीजगत्) दग्ध गर्न थाल्यो । तिमीबाहेक हाम्रो रक्षा गर्न समर्थ कोही छैन । तिमी नै हाम्रा रक्षक तिमी नै हाम्रा तात्रा! हामी सबै तिम्रो शरणमा आएका छौँ । त्राहिमाम ! त्राहिमाम । हाम्रो रक्षा गर!”

देव, दानव, मानव र समस्त प्राणीहरूको आफ्नै पुकारबाट द्रवित भएर शिवले त्यो अग्नि ज्वालाका लप्का बने र फैलिन थालेको हलाहल विषलाई आˆनो शङ्खमा समेटेर पिइदियो । हुनत उसले प्रकृतिमा जडीबुटीका रूपमा पैदा भएका विष, भाङ, धतुरो र विषधर सर्पका विषजस्ता सामान्य विष त कति कति पचाएको थियो । यस्ता पदार्थ त उसका नित्य भोजनका रूपमा रहेका थिए तर यो हलाहल अत्यन्त कडा थियो उसले यसलाई पचाउन सकेन यसले अग्नि ज्वाला बनेर उसको अन्तर दग्ध गर्नथाल्यो ।

अनि उसले उल्टी गरेर त्यसलाई बाहिर ओकल्ने उपक्रम गर्‍यो तर त्यो बाहिर आएर फैलिन थाल्यो भने त झन् चराचरलाई दग्ध गर्नेछ । यो सोचले गर्दा उसले त्यसलाई आˆनो कण्ठको माझमा रोकेर राख्यो ।

तर त्यसको अन्तर दहन, खप्न नसकी ढुनमुनिँदै उत्तर दिशा हिमालतिर लाग्यो । त्यहाँका हिमराशि पग्लिएर बनेका एक सय आठ कुण्ड (सरोवर)मध्ये एउटा कुण्डमा पसेर डुबेर सुत्यो । यसरी अत्यन्त कडा विषबाट जगत्को रक्षा गरेकोले उसलाई उत्तर हिमालयदेखि दक्षिण तराईसम्म फैलिएको विशाल किराँत प्रदेशका देव, दानव, मानव पक्ष गन्धर्व किन्नर पिशाच सबै समूहले उसलाई देवाधिदेव महादेवको उच्चतम पदवीका साथ सम्पूर्ण किराँत प्रदेशको शासक तुल्याएर राखे ।

अनि त्यो कालकूट विषलाई कण्ठमा धारण गरेर नीलो घाँटी भएकोले उसलाई नीलकण्ठ पनि भन्न थाले र जुन हिमाली कुण्डमा सुतेर उसले आˆनो अन्तर डाह साम्य गर्‍यो त्यो कुण्ड ‘गोसाइँकुण्ड’ नाउँबाट लोकमा प्रख्यात भयो ।

त्यसैले उसलाई देखेर देवसमूहको ऋषि नारदले उसलाई अगाध श्रद्धाले देवाधिदेव शिव भनेर सम्बोधनका साथमा वन्धना गर्‍यो । शिवले पनि त्यस सर्वोपयोगी फक्कड ऋषिलाई आˆनो अगाडि पाएर आˆनो मनोकामना पूर्ण हुने आशा भरियो र उद्गार व्यक्त गर्‍यो- “ओ नारदजी! आज यो अपूर्व संयोग भयो! म तिमीलाई नै सम्भिmइरहेथेँ । यो तिमी नै त हौ ? कतै म भ्रममा त छैन ?”

“होइन प्रभो ! यो हजुरको अगाडि उभिएको म हजुरकै अकिञ्चन सेवक हुँ ।”- नारदले अत्यन्त भक्तिभावले निवेदन गर्‍यो । “तर प्रभो ! हजुरको कान्ति आज किन अलि मलीन देखिएको छ ? कतै यो पनि मेरो भ्रम त होइन ?”

“होइन, नारद! तिमीले ठीक ठम्यायौ । आज म अलि चिन्तित नै छु । आज मलाई एउटा समस्या परेको छ । “भनेर उसले अलि पर उद्यानमा साथी-सङ्गनिीहरूका माझ उन्मुक्त केली क्रीडामा तल्लीन अनिन्ध सुन्दरी प्रजापति दक्ष कन्या सतीतिर इङ्गति गर्दै सोध्यो- “यो सुन्दरी कन्या को हो ? कसको छोरी हो ? तिमीलाई त पक्कै थाहा होला किनभने तिमी त तीन त्रिलोक, चौध भुवनको एक-एक सूचना राख्छौ! कसो ?”

“किन नचिन्नु ख्वामित! यो त किराँत प्रदेशको यस क्षेत्रको एउटा सामान्य शासक (प्रजापति) दक्षकी कन्या सती हो । ऊ यस क्षेत्रको सम्पूर्ण देव, दानव, मानव समुदायका युवाहरूको मुटुको धुकधुकी भएकी छ ।”

अनि एकछिन अडेर गहिरोसँग शिवको अनुहारको भावलाई पढेर अलिअलि कटाक्षको मुस्कान ओठका कुनामा फैलाएर भन्यो- “के हो ? आज यत्रो देवाधिदेव योगी भएर पनि मन अलि विचलित भएझैँ छ नि! कतै मनको काँडो उसको पछ्यौरीमा गएर अल्झेको त होइन ?

“ठीक ठम्यायौ तिमीले ।” -शिवले आँखामा अलि सङ्कोच भरेर स्वरमा अलिकति खुसामदको चिल्लो मिलाएर भन्यो- “पि्रय नारद ! तिमी त यस्तो कार्यमा निपुण मानिन्छौ । लौ न! मेरो पनि एउटा कार्य गरिदेऊ । मेरो मनको भावना उससम्म पुर्‍याएर उसमा मेरो प्रणय निवेद लगिद्यौ । म तिम्रो आभारी हुनेछु । म उसलाई आˆनी अर्धाङ्गनी तुल्याएर आˆनो अधुरो जीवनलाई पूर्णता दिन चाहान्छु ।

“ए, किन नहुनु ख्वामित । यो त अत्यन्तै राम्रो कुरा हो ।”- नारदले भन्यो । अनि एकछिन अडिएर अलि हास्यपूट मिलाएर भन्यो- “हामी त अब सृष्टि प्रक्रिया नै बन्द हुने हो कि भनेर चिन्तित भएका थियौँ । शिवको पुत्रलेबाहेक अरू कसैले तेरो संहार गर्न सक्ने छैन भन्ने ब्रहृमदेवको आश्वासन पाएको त्रिपुरको मालिक दानव उन्मत्त भएर देवसमूहमाथि मन लागि थिचोमिचो गर्न थालेको थियो तर हजुरको यस अठोटले अब देव समाज आश्वस्त हुने भयो । अब म तत्काल दक्ष दरबार गएर उसकी छोरी सतीका हात हजुरका लागि माग्छु । यस्ता कुरा त चुट्कीमा फत्ते गरिहाल्छु ।”

नारद बडो दम्भ मिसिएको आत्मविश्वासाथ दक्ष दर्बारतिर लाग्यो । सानो एउटा प्रान्तको प्रजापति भए पनि दक्ष अत्यन्त अहङ्कारी थियो । नारदको प्रस्ताव सुन्नासाथ ऊ भड्कियो । उसले आˆनो भृकुटी (आँखीभौं) खुम्च्याएर रातारात आँखाले नारदलाई भष्म गरौंलाझैँ गरी हेरेर कुल्र्यो- “तिमीले मेरी अनन्य सुन्दरी, बत्तीस लक्षणले युक्त छोरीका लागि “के कुरा गर्न आएका तिमी नारद ? तिमी बौलाउन त बौलाएनौ ? मेरा अरू छोरी एक से एक सुन्दर, लायक देवकुमारहरूलाई बिहा गरेर दिएको छु । छोरो नहुनाले सो एउटी जेठी छोरीलाई बुढेशकालको सहारा होली भनेर राखेको छु । त्यसको बिहाको प्रस्ताव लिएर आयौ तिमी त्यो पनि कस्तो पात्रका लागि ? नजन्मको ठेगान, न कुल गोत्रको, न त आमाबाबुकै ठेगान त्यस्तो एउटा वासस्थानसम्मको पनि ठेगान नभएको शमशानवासी, सर्वभक्षी अघोरीका लागि लौ तिमी तुरुन्त मेरा आँखा सामुबाट गैहाल नत्र …. । यति मात्र होइन, अरू पनि भन्नु नभन्नु भन्यो । त्यो सब सुन्न नसकेर नारद त्यहाँबाट गयो ।

तर नारदले दक्षबाट गरिएको शिवको घोर अपमान र आफूसितको त्यो तिरस्कारलाई चुनौतीका रूपमा लियो । सतीलाई कुनै पनि उपायले शिवकी पत्नी तुल्याएर दक्षको अहङ्कारलाई चूरचूर गर्ने दृढसङ्कल्प बोकेर हिँड्यो ।

ऊ त्यहाँबाट क्षीरसागर क्षेत्रको अधिपति अनन्त वैभव (लक्ष्मी)को एक मात्र मालिक, चतुर कूटनीतिज्ञ विष्णुकहाँ पुग्यो । त्यो देव योनीको कूटनीतिज्ञ अत्यन्त मृदुभाषी (महको चास्नीमा डुबाए जस्तै मीठो स्वर र विनम्र व्यवहारले गर्दा मोहनीरूप पनि भनिन्थ्यो ।) देवपुत्र के नर के नारी सबैलाई मोहित गराउँथ्यो र जस्तै बिग्रँदो काम पनि पट्याउँथ्यो ।

उसको यो गुणलाई कति त उसको छुत्र्याई र छलकपटपूर्ण इन्द्रजालका रूपमा पनि हेर्ने गर्थे । ऊ आˆनो दुनो सोझ्याउन खुसामद -चापलुसी)को हदसम्म पनि ओर्लन सक्थ्यो । उसको यो चरित्र बुझेकाहरू पनि ऐन मौकामा उसको मोहनी वाणीमा लठ्ठइिहाल्थे र पछि थक्कथक्क हुन्थे ।

नारद ऋषि आˆनो अभीष्ट साधनका लागि यही विष्णुको शरणमा पुग्यो । विष्णु स्वयं पनि शिवको आशुतोष -सरल र चाँडै नै प्रशन्न हुने स्वभाव) महा बलशाली भएर पनि कत्ति घमण्ड नभएको, देव, दानव, मानव कसैमा भेदभाव नराखी सदैव निर्धार्दुब्ला प्राणीको पक्ष लिएर दुष्टहरूको दमन गर्ने व्रत लिएको देवदानव सबैका एक नासले पूज्य व्यक्ति शिवप्रति श्रद्धा राख्थ्यो ।

नारदबाट शिवको सहायता गर्ने अनुरोध सुनेर ऊ तत्कालै तत्पर भएर दक्षको दर्बारमा पुग्यो । प्रजापति दक्षका सामु उसको जेठी छोरी सतीको हात माग्यो तर कसका लागि ? भन्ने कुरा चाहिँ रहस्यको गर्भमा राख्यो । उसले नितान्त कूट भाषा प्रयोग गरेर- “म त तपाइर्ंकी जेठी छोरी सुन्दरी सती विवाह योग्य भएकीले तपाईं उसका लािग सुयोग्य वरको खोजीमा हुनुहुन्छ भन्ने सुनेर आएको- वरको प्रस्ताव लिएर तपाईंले खोजेजस्तै सुयोग्य वरको प्रस्ताव लिएर।”

तर मूर्ख दक्षले यताउति केही नसोची यो प्रस्ताव विष्णुले आˆनै लागि राखेको ठानेर तुरुन्त स्वीकार गर्‍यो । त्यत्रो विशाल सागर क्षेत्रको एक छत्र अधिपति, अपार वैभव -लक्ष्मी)को मालिक, त्यसमाथि एउटा कहलिएको कूटनीतिको महापण्डितले ऊ जस्तो एउटा सानो प्रान्तको अधिपति (प्रजापति)की छोरीसँग विवाह गर्न किन खोजेको

होला ? न सामाजिक हैसियत न आर्थिक र बौद्धिक र अरू कुनै हैसियतमै समकक्षी । यस प्रस्तावका पछाडि कुनै उसको कूट अभिसन्धि पनि त हुन सक्छ, भन्ने सोच्नै सकेन ।

“देव! हजुरजस्तो यति महान् व्यक्तिसँग सम्बन्ध जोड्न पाए, मलाई अरू के चाहियो ? “के खोज्छस् काना आँखो ।” उत्तम मुहूर्त, शुभलग्न जुराएर वरियात लिएर पाल्नुहोला ।” दक्षले गद्गद् हुँदैभन्यो । विष्णुले अझै पनि वास्तविकतालाई ओठको कुनामा खेल्ने मुस्कानको रहस्यमै लुकाएर राख्यो र त्यहाँबाट आˆनो स्थानमा फक्र्यो ।

अनि अक्षय तुतीयाको शुभसाइत पारेर बाजागाजा, रथ, घोडा, हात्ती, व्योमयानसहितको विशाल जुलुस (जन्ती) लिएर दक्ष-दरबारको विस्तृत प्राङ्गणमा सजाइएको भव्य विवाहमण्डपमा पुग्यो तर पूर्वयोजनाअनुसार उसले आˆनो साथमा शिव र नारदलाई लान भुलेन ।

विवाहमण्डपमा बीचमा बाँसका लिङ्गा गाडेर बीचमा यज्ञकुण्ड बनाएर त्यसमा अग्नि प्रज्वलित गरिएको थियो । पाश्र्वमा र मध्य भागमा योग्य आशनहरूमा एकातिर ब्राहृमण -ऋषिहरू बसेर विवाहका मन्त्रोच्चारणका साथ हवि (घ्यू र चरुको आहुति होम) हालिरहेका थिए । अर्को पाश्र्वमा दक्षका आˆना नाता कुटुम्ब र परिजनका साथ स्वयं पत्नी विरणी बसेको थिइन् ।

अनि बीचको भागमा दुलहादुलहीका लागि भव्य आशन राखिएको थियो । विष्णु गएर यौटा आशनमा बस्यो । दायाँबायाँ वरवधु केही आशनमा वरवधुका अन्तरङ्ग साथीहरू र सङ्गनिी सहेलीहरूका लागि भनेर व्यवस्था गरिएको थियो । विष्णुले निकटमा शिव र नारदलाई बसायो । शिवलाई ‘वर’ को साथमा देखेर दक्षको भृकुटी टेढो भयो- यो देख्तैमा अघोरी, अशोभा शिवलाई यो विष्णुले आˆनो साथैमा किन राख्यो ?”

तर उसले समयको नाजुकतालाई हेरेर र जन्तीको मर्यादाको ख्याल गरेर (अझ विष्णुको व्यक्तित्वको सामु बोल्ने विरोध गर्ने साहस नगरेर) चुप लाग्यो ।

सबैले स्थान ग्रहण गरिसकेपछि ब्राहृमणहरूले कन्यादानको मन्त्रोच्चारण गर्नथाले । दक्षले तिलकुशसहितको सतीको हात समातेर दुलहाको आशनमा बसेको विष्णुको हातमा दिन खोज्दा त्यहाँ एउटा चमत्कार भयो सतीको त विष्णुको हातबाट फुत्केर शिवको हातमा पर्न गयो । अब भने अहङ्कारी दक्षले विष्णुले शिवलाई आˆनो पाश्र्वमा राखेको रहस्य बुझ्यो ।

विष्णुको यो कपट चाल बुझेको अहंकारी प्रजापति दक्ष क्रोधले ज्वालामुखी बनेर अन्धो हात्तीझैँ बौलाएर चिच्याउन थाल्यो- “तिमी दुष्ट कपटी विष्णु ! तिमी अत्यन्त नीच पाखण्डी रहेछौ तिमीले आज छल गरेर मेरी अत्यन्त वैभव सुख शयलमा पालिएकी अनन्य सुन्दरी, सुशील कन्यालाई यस्तो आमाबाबु घरबास, थितिथलोको ठेगान नभएको शमशानवासी, सर्वभक्षी, गँजडी, भँगेडी, बौलाहा, विरूपाक्षको हातमा परिदियौ । तिमी महापापी हौ ।

तर कपटको विवाहलाई स्वीकार गर्दिन, म तिमीलाई श्राप (दण्ड) दिन्छु । तिमी… तर बाबुको अन्धो क्रोधलाई देखेर बुद्धिमती सतीले शान्त संयमित स्वरमा भनी बाबा! मलाई आज नियतिले नै यस्तो गराएको छ । हजुरले र हामीले स्वीकार नगरे पनि शास्त्रोक्त विधि र समाजले त यसलाई नकार्न सक्दैन । तपाईं शान्त हुनुहोस्, छलकपटले भए पनि राजीखुसीले भए पनि मेरो विवाह देव शिवसँग भइसक्यो । जे छन्, जस्ता छन् मैले यिनैलाई आˆनो पति, आˆना स्वामी मानिसकें । अब यसमा अन्यथा हुन सक्दैन ।

छोरीको यति बुद्धिमत्तापूर्ण कुरा सुनेर आमा विरणीले पनि लोग्नेलाई सम्झाउन प्रयत्न गरिन् तर छोरीको दृढ विचार र पत्नीको त्यसमा समर्थन देखेर अहंकारी प्रजापति (राजा) झन् नै उग्र भयो । ऊ अवज्ञा अपमानबोधको पीडाले तिलमिलाउँदै पुच्छर कुल्चिइएको विषधर साँप (गोमन) झैँ फुँकार्दै सुसायो- “ओहः तँ तँ मेरी छोरी । यति निर्लज्ज भएर मेरो इच्छाविपरीत यो बौलाहाको पक्ष लिएर यसैको साथमा जान उद्यत हुन्छेस् भने आजदेखि तेरो र मेरो सम्बन्धको अन्त्य भयो । जा, यसै बौलाहा भिखारीसँग ।

“तर यौटा अर्को कुरा सुनेर जा । मेरो यो अगाध सम्पत्ति, शक्तिशाली राज्यको उत्तराधिकारबाट वञ्चित हुनुपर्छ । मेरो यो अकुत सम्पत्तिबाट तैँले एउटा फुटेको खपटो पनि पाउन्नस् ।”

विष्णुले पनि दक्षको त्यो अहंकार त्यो क्रोध देखेर अब त्यहाँ बसिरहनु उचित देखेन । ऊ आˆना सम्पूर्ण लावालक्सर (जन्ती) लिएर आˆनो राज्यमा फक्र्यो । अनि सती पनि आमासँग बिदा भएर बाबुलाई नमस्कार गरेर आˆना स्वामी शिवको हात समातेर त्यहाँबाट प्रस्थान गरी । शिवले उसलाई अगि लाएर हिमालको सुन्दर काखमा बसेको आˆनो शिकार क्षेत्रमा लिएर गयो ।

त्यस रमणीय शिकारगाहको एक छेउमा उभिएको यौटा जीर्ण छाप्राको आँगनमा लगेर शिवले निर्दोष स्वरमा भन्यो- “कल्याणी सती! लौ हाम्रो घर यही हो । हुन त तिमी आˆना पिताको अपार वैभवको मनोरम विलाश पुष्करिणी (तलाउ) मा क्रीडा गर्दै भव्य राजप्रासादमा हुर्की बढी, खेली खाई आएकी यो म जोगीको जीर्ण छाप्रोमा के मन लाग्दो हो तर के गछ्र्यौ । तिम्रो नियति र मेरो तपस्याले गर्दा यस्तोमा पार्‍यो । अब जे जस्तो छ, त्यसैमा सन्तोष गर ।”

पहिले त राजमहिषी सती बाबुको भव्य महल र त्यहाँको दिव्य भोग सम्झेर अत्यन्त दुःखी भै । उसका आँखा रसाए तर आˆनो नियति सम्झेर उसले पिंढीको कुनामा ठडिएको खरेटो (कुचो) उठाएर छाप्रोभित्र पर चौतर्फी जेलिएका माकुरोका जालाहरू हटाउन थाली उसको सम्पूर्ण क्रियाकलापलाई गहिरोसँग हेरिरहेको शिवको मन एक्कासि द्रवित भएर आयो । उसलाई सतीमाथि अत्यन्त माया र दया लागेर आयो । स्वरमा करुणाको मीठो ध्वनि साँधेर उसले भन्यो- “पख सती । दुःख नगर । हाम्रो घर यो होइन । यो त शिकारमा आउँदा कहिलेकाहीँ रात पर्दा रात बिताउनु भनेर बनाएको अस्थायी छाप्रो हो । हाम्रो घर त ऊ त्यो हो ।”

उसले उत्तर शिरमाथि सन्ध्याको सुनौलो घाममा अमोल रत्न जवाहरात जडित स्वर्णमुकुटझैँ चम्किइरहेको कैलाश शिखरको दर्शन गरायो । सतीले यसलाई शिवको ठट्टा ठानेर सोच्न थाली- यो मेरा बाबुको भन्दा पनि भव्य र सम्पन्न देखिने दरबार कुन राजाको होला ?

यो कैलाश दरबार उसलाई समुद्रमन्थनबाट निस्किएको त्रिलोक दग्धकारी कालकूट विषलाई आफैँले कण्ठमा धारणा गरेर चराचरको रक्षा गरेकोमा कृतज्ञ भएर देव-दानव र मानवका विविध समाज समूहले देवाधिदेव नीलकण्ठ शिवको सर्वोच्च उपाधिसहित सम्पूर्ण किराँत प्रदेशको राज्य सुम्पिंदा उपहारमा चढाएका थिए ।

शिवले बडो प्रेमले पत्नीको हात समातेर कैलाश दरबारमा प्रवेश गरायो । अनि त्यहाँ शिवका नन्दीभृङ्गी आदि र भूत, प्रेत, पिशाच र यक्ष गन्धर्व, किन्नर नाग जातिका असङ्ख्या पार्षद (सेवक) हरूद्वारा पुजिँदै सेविंदै धेरै कालसम्म कैलाश परिसरको अति सुन्दर र भव्यकञ्चन जलपूर्ण मानः सरोवरमा आनन्द क्रीडामा बिताए । त्यस्तैमा एकदिन सतीले परैबाट अनेक रत्नमणि माणिक्यका गहना गुटियाले झरिझुट्ट भएर दिव्य यानमा सवार भएर दक्षिणतिर गइरहेका अनेक देव देवाङ्गनाहरूलाई देखि । अलि गौरसँग हेर्दा उसले चिनी यी त देवसमूहसँग विवाह भएका आˆनै बहिनीहरू र उनीहरूका पतिहरू थिए ।

यसरी कतै जान लागेका आˆना बिहनी, बहिनी ज्वाईंहरूलाई देखेर सतीको मनमा । एउटा खुल्दुली मच्चियो । यी मेरो बहिनीहरु आˆना स्वामीहरूका साथमा कुनै भव्य समारोहमा जान लागेझैँ कहाँ जान लागेका ? मलाई किन थाहा नदिएका ? उसको मनमा अनेक जिज्ञाशाका तरङ्गहरू उठ्न थाले ।

अनि त्यसैको जवाफमा आएझैँ गरी त्यहाँ डुलुवा नारदमुनि उभिन आइपुग्यो । सतीलाई अलि चिन्तित देखेर उसले सोध्यो- “माते Û हजूर अलि चिन्तित झैँ देखिनुहुन्छ । के कुरा पर्‍यो त्यस्तो ?”

“नारद जी! तपाईंत तीन त्रिलोक चौधै भुवन निर्वाध चहारेर हिँड्नुहुन्छ । तपाईंलाई सबै कुराको एक एक सूचना रहन्छ । यी स्वयं मेरा बहिनीहरू र ज्वाईंहरूसहितको सम्पूर्ण देवगण लावालस्कर लिएर कहाँ जान लगेका होलान् ? मलाई बडो खुल्दुली मच्चिएको छ । यसको समाधान गर्न तिमी अवश्यै समर्थ छौँ । भन कहाँ कस्तो मेला समारोहको अनुष्ठान हुँदैछ ।”

“मात! के हजुरलाई थहा छैन

र ? हजुरका बाबा प्रजापति दक्षले धुमधाम ठूलो यज्ञ गर्दै हुनुहुन्छ के हजुरलाई सूचना गर्नुभएन ? यो कसरी सम्भव भयो ?” नारदको कुरा सुनेर सतीका मनमा महाभूकम्प गयो । मस्तिष्कमा अनेक तर्क-वितर्क चल्न थाले । पक्कै उसलाई पिताले डाक्न बिर्सनुभो होला । उसले शिवसँग बिन्ती गरी- “स्वामी मेरो बाबाकहाँ ठूलो यज्ञ समारोहको आयोजना भएको रहेछ । मेरा बाबाले मलाई डाक्न बिर्सनुभएछ । म जान्छु, मलाई आज्ञा दिनुहोस् ।

शिवले हाँसेर भन्यो- “प्रिय! तिम्रा बाबाले तिमीलाई बिर्सिएर होइन जानीजानी नबोलाएका हुन् । तिमी त्यसै पनि परित्यक्ता छोरी अनि म मन नपरेको ज्वाईं । त्यसैले जानीजानी हामी ननिम्तिएका । जाने कुरा नगर । नबोलाएको ठाउँमा जाँदा अपमानित होइन्छ । जाने कुरा नगर ।”

“माइतीले नबोलाए पनि छोरीचेलीले आफ्नो माइतीघर जानमा अपमानित होइन्न म त जान्छु ।” सतीले लाख सम्झाउँदा पनि मानिन र ऊ दक्ष दरबारमा गै र बाबासँग आफूलाई नबोलाएकोमा गुनासो गरी – “बाबा! तपाईंको यज्ञको महायज्ञमा स्वर्ग-मत्र्य-पाताल तीनै लोकका पाहुनाहरू र मेरा बहिनीहरूलाई पतिसमेत बोलाइँदा म एउटी मात्र किन छुटाइएँ ? किन मलाई मात्र बिर्सनुभएको ? म त्यतिसारो अपहेलित किन हुन पुगें ? म छोरी त हुँ नि!”

“चित्त नदुखा छोरी। मैले तँलाई उपेक्षा गरेर नबोलाएको पनि होइन र बिर्सिएको पनि होइन तर के गर्नु ? यत्रा-देव-दानव-मानव समाजका बडेबडे प्रतिष्ठित पाहुनाहरूका बीचमा तेरो त्यो अघोरी बहुला न कुलगोत्रको ठेगान भएको, आमाबाबुकै ठेगान नभएको त्यस्तालाई कसरी बोलाउनु भनेर उसलाई बोलाउन सकिएन । अनि तलाई मात्र बोलाउँ भने त्यो निर्लज्ज बहुरूपी पछि लागेर आइदेला भनेर नै तँलाई पनि नबोलाएको । तँ आˆनी छोरी । तँ आइहालिस । मलाई पनि सन्तोष भयो, तेरो पनि आˆनी आमा सारा बहिनीहरू, आˆना सँगिनी-सहेलीहरूसँग भेट हुने भयो धित मारेर कुराकानी-भलाकुसारी हुने छँदैछ । त्यसैले तँ अन्यथा नमान् ।”

यत्रो हिमाच्छादित कैलाश शिखरदेखिका किराँतप्रदेशमा पूज्य, अधिपति, देवाधिदेव पदवीबाट विभूषित, शान्त, सरल, अत्यन्त दयालु सदैव निर्धा, शोषितपीडित जनताको पक्षमा उभिएर दुष्ट अहङ्कारीहरूको दमन गर्न तत्पर, देवदानव र मानवमा फरक नगरी समान न्याय गर्ने, भेदभावरहित समानरूपले दण्ड र पुरस्कारले न्याय गर्ने आशुतोष शिव, आˆना पि्रय स्वामीको आˆनै बाबुले गरेको घोर निन्दालाई सहन नसकेर देवी सतीले आˆनै बाबुको यज्ञकुण्डको धकधकाउँदो अग्नि ज्वालामा समाहित प्राण विसर्जन गरी ।

यो अप्रत्यासित बिघ्न पर्दा साह्रा, देवदानव, मानव, निम्तालु, पाहुनाहरूमा हाहाकार मच्चियो । अब के उपद्रो हुनेहो भन्ने शङ्काले धेरै पाहुनाहरूमा भीषण आतङ्क मच्चियो । अधिकांश निम्तालुहरू जता गोडाले डोर्‍याएछ उतै आँखा चिम्लेर भागाभाग गर्नथाले । यसरी तँछाडमछाड गर्दै भागाभाग गर्दा एकआपसमा जुधेर लडेर एकअर्काको गोडामुनि दबेर घाइते भए । नारी र बालबालिकाहरूको रुवाबासीले दिगन्त थर्कियो ।

तर त्यसैबेला अर्को उत्पात मच्चियो । एक्कासि मेघ गर्जनसहित मुशलधारे पानी बर्सेर बाँकी प्रज्वलित यज्ञाग्निलाई पनि निभाइदियो र बाँकी बचेका वरिष्ठ पाहुनाहरू र परिमार्जन मिलेर फेरि अग्नि प्रज्वलित गराएर यज्ञको आहुति दिने प्रयत्न गर्न थाले ।

अर्कोतिर कैलाश दर्बारमा चिन्तित हुँदै मनमा अनेक शङ्का उपशङ्काका गरिरहेको महादेव शिवको अगाडि एक्कासि ऋषि नारद पुगेर दक्षयज्ञमा भएको हृदयविदारक दुर्घटना र सतीको देहत्यागको खबर सुनायो । यसरी महा अभिमानी दक्षद्वारा आˆनो घोर निन्दा भएको र त्यो निन्दा सहन नसकी आˆनी पि्रयतमा सतीले यज्ञकुण्डमा हाम्फाली प्राण त्यागेको चित्रात्मक वर्णन सुनाए पछि शिवले रुद्ररूप धारण गर्‍यो उसको तेस्रो आँखाबाट प्रलय ज्वाला निस्किएर तीनैलोक भष्म गरौँलाझै भयो ।

अनि उसले आˆनो अति पि्रय र आज्ञाकारी पार्षद् महावली वीरभद्र किरातीलाई बोलाएर दिगन्त थर्काउने गर्जन गर्दै आज्ञा दियो- “वीरभद्र, आज महादुष्ट प्रजापति दक्षले मेरी प्राणेश्वरी देवी सतीको बीभत्स हत्या गर्‍यो । तँ तुरुन्त आˆना केही सैन्य लिएर त्यो यज्ञस्थलमा गएर त्यसको कलुषित यज्ञलाई विध्वंश गरेर आइज ।”

शिवको आज्ञा सुनेर वीरभद्र किराँती आˆना चुनिएका किराँती फौजलाई लिएर यज्ञस्थलमा गएर त्यहाँ बाँकी रहेको यज्ञ समारोहलाई तहस नहस पार्‍यो । दक्षका लडाकु देव-सैन्यहरूलाई ध्वंस गर्‍यो । अनि अन्त्यमा दक्ष स्वयंलाई उसैले आयोजना गरेको अग्निकुण्डमा होमेर मारिदियो ।

यो महा विनाश देखेर आˆनो पतिको त्यति बीभत्स अन्त्य भएको आˆना राज्य सेनाको विनाश भएको देखेर दक्ष पत्नी विरणी अत्यन्त कातर भएर विलाप गर्दै वीरभद्रका अगाडि नतमस्तक प्रार्थना गर्न थाली- “महावली वीरभद्र । मेरो पति महाअभिमानी हुँदा आज उसको यति भीषण अन्त्य भयो तर म निर्दोष नारी आज अनाथ भएँ । मलाई यसरी नारकीय बैधव्य जीवन बाँच्न नछोड्नोस् । म या त मेरो स्वामीलाई जीवनको वरदान दिएर प्राण दान देऊ, कि त मलाई पनि उनैको सँगै मृत्यु देऊ ।”

विरणीको यो कातर विलापले वीरभद्रको मन पग्लियो । हो त यसको लोग्ने दुष्ट र पशुथियो । उसको विनास् हुनै पथ्र्यो, भयो तर लोग्नेको अपराधका लागि यस निर्दोष नारीले दण्ड पाउनु त मनासिप थिएन तर के गर्ने । यसको मुख्य शिर नै अग्निीमा डढेर भष्म भइसक्यो । अब पुनर्जीवन दिन तत्पर भयो ।

तर दक्ष्यको शिर त यज्ञकुण्डमा जलेर भष्म भइसकेको थियो । त्यसैले यज्ञमै बलिदिएको पशु (बोको) को टाउको लिएर दक्षको गर्दनमा हिमाली संजीवनी बुटीको लेप दलेर जोडिदियो ।

तर जोड्दा मुखकण्डा (पछाडि) तिर पर्न गएछ । त्यसैले प्रजापति दक्ष्य पशुको उल्टो टाउको भिरेर जीवनभर पशु बोली बोल्दै पशुतुल्य भएर आˆनो अहङ्कारको फल भोग्दै प्रायश्चित गर्दै बाँची रहृयो तर उसको प्रायश्चित आजका हाम्रा राजनेताहरूको जस्तो हात्तीको देखाउने दाँतजस्तो मात्र थियो । त्यसले उसको अहङ्कार नाम संसारका अभिमानी, अहङ्कारी दुष्ट प्रजापित -राजा महाराजाहरू, बाँचेर निमुखा निरीह जनता जनार्दनमाथि निरङ्कुश निर्मम शासको तण्डब चलाइरहेछ ।

-२०६५ मङ्सिर

आरुबारी

Ramesh Bikal – Karnel Saap Ko Kukur Baulayechha

रमेश विकल – कर्णेल सापको कुकुर बौलाएछ
(रचना द्वैमासिक)

एक दिन कर्णेल जङ्गध्वज राणाको जर्मन शेफर्ड जातको लाइका कुकुर एक्कासी बौलाएछ । नत्र कहिल्यै उत्तेजित नहुने भद्र स्वभावको कुकुर आफ्नै मालिक्नी डल्फिन बेबीलाई बलात्कार गर्न किन जाइलाग्थ्यो र < यो सबैका लागि अनौठो लाग्दै कुरा भएन र < तर जति आश्चर्य लागे पनि कुरो चाहीं पक्कै हो । यस कुराका साक्षी डल्फिन बेबीका बाबु-आमा खुदै छन् । अझ उसकै भाइ टाइसन राणा र घरका अरु धाई सुसारे नोकर चाकर पनि छन् ।

एक साँझ ड्यूटीबाट फर्केर घरभित्र पस्तापस्तै आफ्नी किशोरी छोरी डल्फिन बेबीलाई आफ्नै घरको डाँगोले बलात्कार गर्न खोजेको देखेर कर्णेल राणाको आश्चर्य साथै रिसको सीमा रहेन । उनको खान्दानी राणा क्रोध चरम विन्दुमा पुग्यो । के यो डाँगो-लाइका बौलाएछ < कर्णेलको हात आफ्नो कम्मरमा छालाको दापमा झुण्डिएको रिभल्बरमा पर्‍यो । उनले यता उति केही नसोची त्यो रिभल्बर झिकेर गोली ठोकिदिए – “ठाइँ ….. ठाइँ ….. ठाइँ ”

घरभरि खैला बैला मच्चियो – “लाइका बौलाएछ । कर्सापले त्यसलाई गोली मारिबक्स्यो ।” आफ्नी छोरीलाई बलात्कार गर्न खोज्ने त्यो कुकुरलाई गोली ठोक्नु एउटा खान्दानी फौजीका लागि अस्वाभाविक पनि त थिएन । मालिक मालिक्नी खास गरी डल्फिन बेबीकै अत्यन्त प्यारो लाइका कुकुर ऐया पनि भन्न नपाइ ठहरै भयो !

लाइका – यो जर्मन शेर्फड जातिको सुन्दर कुकुर कर्णेललाई त्यति बेलाको जर्मन राजदूतले दिएको थियो । अझ कर्णेललाई पनि होइन बेबी डल्फिन राणालाई उपहारमा दिएको । त्यतिखेर नेपालमा जर्मन राजदूतावास थिएन भारतकै लागि नियुक्त जर्मन राजदूत दिल्लीमै बसेर नेपालको मामिला पनि हेर्थ्यो । कहिले काहीं त्यस्तै राजकीय समारोह पर्दा मात्र नेपाल आउँथ्यो । एक पल्ट त्यस्तै एउटा समारोहमा ऊ नेपाल निम्त्याइएको थियो र परिवार सहित ऊ आएको थियो ।

अनि नेपाल बसुञ्जेल उसका लागि आवास प्रवन्ध मिलाउनेमा कर्णेल जङ्गध्वज राणा खटिएका थिए । उनको प्रबन्धबाट राजदूत हाइनरिख डेम्लर र श्रीमती मार्गारेट हेम्लर बडो प्रभावित भएका थिए । उनीहरूको नेपाल बसुञ्जेलको अन्तरालमा निकै राम्रो सम्बन्ध बनेको थियो । श्रीमती हेम्लर उनीहरूलाई बराबर चियापानमा बोलाउने गर्दथिन् । आमाबाबुको साथमा नौ दश वर्षी छोरी बेबी डल्फिन राणा पनि जाने गर्थी ।

बडा बडा निर्दोष आँखा, गोरो रोगनमा कालो घना कपाल, हिस्सी परेको निश्चल अनुहार ! उसलाई देख्ता डल्फिन माछाको हर्दम हाँसिरहेझैं निश्चल अनुहारको संझना आउँथ्यो । त्यसैले उसको नाउँ नै डल्फिन राखेका थिए ।

एक दिन यस्तै दोस्रो प्रहरको चियापानको निम्तोमा आमाबाबुका साथमा बेबी डल्फिन राणा पनि गएकी थिई । सकिंदो शरद र शुरु हेमन्त ऋतुको प्यारो मौसम ! उनीहरू अतिथिशालाको सुन्दर बगैंचा रत्न बाग (डाइमन गार्डेन_ को हरियो चौरमा बसेका थिए । हेमन्त ऋतुको शुरु दोस्रो प्रहरको न्यानो घामको सुम्सुम्याइको साथमा रमाइला र मीठा मीठा गफ गर्दै चियाको सुर्को सुर्क्याउदै सवैजना आनन्दको अनुभूति संगालिरहेका थिए ।

“हाम्रो अब दिल्ली फर्कने दिन आयो के गर्नु, नेपालको यस्तो स्वर्गीय आनन्द, तपाईंहरूको यति आत्मीय साथ छोडेर दिल्लीको त्यो उसिन्ने गर्मी खप्न जाने इच्छा त छैन तर के गर्नु – नोकर भए पछि आफ्नो ड्यूटी त गर्नै पर्‍यो ! ” राजदूत हेम्लरले उदास भएर भन्यो । अझ श्रीमती हेम्लरको उदास अनुहारले लोग्नेलाई भन्दा पनि यहाँको यो आनन्द छोडेर जानु उसलाई पटक्कै मन नभएको कुरा बताइरहेको थियो । तर ऊ पनि लाचार थिई । उसले गुनासोको स्वरमा लोग्नेसँग भनी – “तपाईं एउटा जर्मन दूतावास यहीं बनाउनु पर्छ भनेर सरकारसँग किन सिफारिस गर्नुहुन्न <”

“मैले सिफारिस गर्दैमा हुँदोहो त म सरकारसँग मात्रै किन < इश्वरसँग ‘मलाई यही देशमा जन्माइदेऊ’ भन्ने थिएँ ।” – राजदूतले केही ठट्यौलो र केही आकांक्षाको स्वरमा भन्यो । त्यसै बेला उनीहरूकी किशोरी छोरी आएन हेम्लर त्यहाँ आई उसले वगलमा एउटा सानो छाउरो बोकेकी थिई । त्यो सानो छाउरो डल्फिन बेबीलाई देख्ने बित्तिकै सुन्दरी एनीको अँगालोबाट फुत्किएर दगुर्दै डल्फिनको काखमा लुटपुटिन आइ पुग्यो । ऊ डल्फिनको काखमा उफ्र‌दै उसको आँखा, नाक, मुख, गर्दन सबैतिर चुम्मा लिन थाल्यो । डल्फिन पनि उसलाई दुबै हातले च्यापेर आफ्नो छातीमा टास्तै उसको गालामा गाला जोर्दै, सबैतिर चुम्न थाली । त्यो दृश्य कस्तो लाग्थ्यो भने यी दुइ मानव पुत्री र श्वान पुत्रको मिलन अहिलेको मात्र होइन, यो त उनीहरूको जन्म जन्मान्तरको आत्मीय सम्बन्ध हो !

यो अत्यन्त संवेदनशील मिलन दृश्य देखेर राजदूत दम्पति पनि मुग्ध भएका थिए । उनीहरू बहुतै संवेद्य भएका थिए ।

“बुबा ! यो पप्पी कति राम्रो छ हगि , कति माया लाग्दो । कति डार्लिङ्ग ! ……… बुबा हामीलाई पनि एउटा यस्तै पपी ल्याइदिस्योस् न । है बुबा – है, है !” – बेबी डल्फिन छाउरोलाई त्यसै त्यसै आफूमै लीन गराउँला झैं छातीमा टाँसेर बाबूसँग आग्रह गर्न थालेकी थिई, लाडिन थालेकी थिई । त्यो अत्यन्त भावुक क्रीडा गहिरिएर हेरिरहेको राजदूतले एक्कासी सोध्यो – “नानीलाई पप्पी मन पर्छ Û हो < यो तिमीलाई भयो Û तिमी यसलाई धेरै धेरै माया गर्नु ल Û ”

“होइन होइन महामहीम (योर एक्सेलेन्सी) त्यसो नगरौं ! यो त यसको बच्कानापन हो, बच्चाको क्षणिक सोख रहर …. नयाँ कुरा देख्यो कि त चाहिहाल्ने । अनि त्यो पाएपछि एक दुइ घण्टा बढीमा एकाध दिनमै बिर्सने; त्यत्तिकै फालिदिने । …महामहीमले यस्तो गर्नु पर्दैन ।” कर्णेलले बडो सङ्कोच मानेर भने । तर राजदूतले बडो आग्रहसँग भन्यो – “न, न, मलाई कुनै बोझ छैन कर्णेल , सङ्कोच नमान्नोस् । यो हाम्रो तर्फबाट छोरीलाई मायाको सानो चिनो ।”

“एस् कर्णेल, यो बेबीलाई हाम्रो सानो गिफ्ट (उपहार)” श्रीमती मार्गरेट हेम्लरलेपनि अत्यन्त खुशीको स्वरमा लोग्नेको समर्थन गरिन् । यसरी कर्णेल जङ्गध्वज हमालको घरमा जर्मन शेर्फड जातिको त्यो छाउरो – लाइकाको प्रवेश भयो । त्यसको जर्मन नाउँ त के थियो कुन्नि, तर डल्फिन बेबीले चन्द्र लोकको पहिलो यात्रु कुकुर लाइकाको नाउँ दिएर त्यसको इज्जत गरेकी थिई ।

लाइका कर्णेलको घरमा बेबी डल्फिन राणाकै साथमा अत्यन्त पुल्पुलिएर हुर्कदै बढ्दै अब चार वर्षे कुर्कुरे बैंसको गल्लीमा लर्खराउन थालेको थियो । अनि बेबी डल्फिन पनि बाल्यवयको अन्तिम मोडबाट उतापट्टिको किशोर वय प्रवेशको नौलो फूलबारीमा प्रवेश गर्न तर्खराउन थालेकी थिई । यसरी शिशिरको सँघारबाट वसन्तको पहिलो फूलमा हाँस्न खोजेको कोपिला जस्ती मानव किशोरी र उरण्ठ्यौले बैंसले कुतकुतिएको श्वानपुत्र लाइकाको मितेरी भावना अप्ठेरो गोरेटो हुँदै सँगसँगै हिड्न थालेको थियो ।

लाइका जवानीको पूर्ण नसामा आँखाभरि के के चाहनाको चमक बोकेर संसारलाई हेर्न थालेको थियो । उसका सम्पूर्ण नसाहरूमा तातो रगत दगुर्न थालेको थियो । त्यसैको गर्मीले उसका सबै अङ्गमा फूर्ति र गति भरिदिएको थियो । तर ऊ घरको चोटा-कोठा, छत बरण्डाको चारकिल्ला नाघेर बाहिर स्वतन्त्र हावामा जान पाउँदैनथ्यो । ऊ सम्भ्रान्त घरको उच्च जातको कुकुर, उसलाई परिवारको सम्भ्रान्त परिवेशबाट बाहिर जान दियो भने उसले गल्लीका खिचाहरूसँग मिसिएर आफ्नो जात फाल्ने जोखिम थियो । त्यतिमात्र होइन बाहिरका ढल रछानमा मिल्किएका सडेका कुहिएका गलेका फोहर विष्टाहरूमा थुतुनु गाडेर पूरै गल्ली खिचाको संस्कार, चरित्र बोक्न सक्थ्यो । त्यसैले उसलाई एक्लै घरबाट बाहिर खुलामा घुम्ने अनुमति थिएन । बाहिर ऊ त्यति बेला मात्र जान पाउँथ्यो, जुन बेला कर्साप बाहिर दौडाहा सौडाहा र लामो ड्यूटीमा हुँदैनथे र घरै हुन्थे ।

उनी आफू घरै भएको बेलामा भने प्रायः साँझ बिहान ताजा हावा खान (इभनिङ्ग वाक मोर्निङ्ग वाकमा) निस्कन्थे । त्यतिखेर उनी लाइकालाई पनि लिएर जान्थे । कित आफू शिकार गएको बेलामा सँगै लान्थे । तर त्यस बेला पनि ऊ स्वतन्त्र विचरण गर्न भने पाउँदैनथ्यो; साङलाले बाँधिएर घिच्चिएको हुन्थ्यो । त्यसैले बैंसको काउकुतीले कुत्कुतिएर स्वतन्त्र घुम्ने उसको चाहना त्यत्तिकै कुण्ठित हुन्थ्यो । अनि ऊ घर भित्रैको कोठा, चोटा, छत, बरण्डाको सीमित घेरा भित्र उद्विग्न भएर कुइ-कुइं गर्दै छत बरण्डाको एक कुनादेखि अर्को कुनासम्म लरखराइरहन्थ्यो । उसको यो रन्थन्याइ डल्फिन बेबी स्कूलबाट घर फर्केपछि मात्र अलि मत्थर हुन्थ्यो । किन भने ऊ बेबीसँग खेल्न पाउँथ्यो ।

हुन त बेबी बाहिर गएको र कर्णेलको लामो अनुपस्थितिको मौका छोपेर कर्णेल्नी मोनिका राणा पनि उससँग मन बहलाउन र उसको न्यास्रो मेटाउन नखोज्ने होइनन्; उसलाई छातीमा टाँसेर आफ्नो मन भरिको माया पोख्न उनको अन्तरकी बालिकाले जुरमुराउन नखोज्ने त कहाँ हो र < तर कहाँकी ताजा गुनकेशरी बेबी कर्णेल अनि कहाँकी उसकी आमा-ओइलाएको पलाँस जस्ती अधबैंसे पोथी । कुकुर भनेर कहाँ हुन्छ र < ताजा र बासी सुँघ्न सक्ने शक्ति त उसमा पनि त हुन्छ । त्यसैले ऊ मोनिका राणाको बासी अँगालोबाट बलैले फुत्किएर परतिर भाग्दथ्यो । र सकेसम्म ऊ उनको नजिकै पर्दैनथ्यो; तर्केर हिंड्थ्यो । अनि न्यास्रिएझैं एउटा कुनामा गएर टाङ्गमुनि मुन्टो घुसारेर पस्रिइरहन्थ्यो । खान पनि मन गर्दैनथ्यो ।

अनि बेलुकी डल्फिन बेबी घरफर्के पछि मात्र उसको न्यास्रो मेटिन्थ्यो र उसमा फूर्ति भरिन्थ्यो । अनि ऊ डल्फिनको काखमा चढेर खुशी हुँदै उसलाई झँगेल्न थाल्थ्यो ।

तर हिजो आज बेबी पनि चाँडो घर आउन्नथी । एस्.एल.सि. परीक्षाले उसको ढोका घच्घच्याउन थालिसकेकोले स्कूलपछि ऊ प्रायः साथीहरू कहाँ सह अध्ययन गर्न जान्थी र राती अबेलै फर्कन्थी । घर आएपछि पनि उसलाई लाइकासँग खेल्ने त्यति फुर्सत हुँदैनथ्यो । उसप्रतिको कर्तव्य ऊ फगत उसका बारेमा खै खबर गरेर मात्र पूरा गर्थी – “लाइका डियर ! मुवाँ ! लाइले खायो Û के खायो मुवाँ < ” बस् ।

त्यसपछि ऊ आमाको जवाफलाई सम्म पनि नपर्खिएर आफ्नो पढाइमा लाग्थी । उसको यो व्यवहारले लाइकाको मनमा कस्तो भावना उठ्दो हो त्यो मान्छेले बुझन सक्तैनथ्यो ! अनि उसको उद्विग्नता र अशान्ति बढ्दथ्यो र ऊ रातभर कुइं कुइं कुइंकिदै र भुक्तै रिङरिहन्थ्यो । अनि मान्छेले ठान्थ्यो ऊ आफ्नो श्वान (कुकुर) धर्मको पालना गर्दैछ; मालिकको धनमालको रक्षा गर्न घुमी घुमी भुक्तैछ ।

शरद-हेमन्तको ऋतु शुरु भएपछि त्यो ठूलो घर (महल) भित्र बन्दी तुल्याइएर एकलो परेको लाइका अब धेरजसो सडकपट्टिको बरण्डाको डण्डीबार (रेलिङ्ग वाल) को टाउकामा अगाडिका दुइ खुट्टाले टेकेर करुण आँखाले एक टकले सडक पारिको बङ्गलाको झयालतिर हेरेर उभिइरहन्थ्यो । ऊ त्यहाँ उभिन पुगेपछि त्यो पल्लो घरको झयालमा पनि त्यस घरकी कुकुर्नी आएर उसैलाई मायालु आँखाले हेरेर उभिन्थी ।

सडक पारिको यो बङ्गलापनि कर्णेलकै हाराहारीको तर बिग्रिएको खान्दानी बाबुसाहेबको थियो । ‘हिङ्ग नभए पनि हिङ्ग बाँधेको टालो त छ ए’ भन्ने उखानलाई चरितार्थ गर्दै बाबुसाहेवले आफ्नो पुर्ख्यौली शोख पालेकै थिए – एउटी बैंसालु बेलाइती कुकुर्नीका रूपमा । लाइका आफ्नो एकलोपनको न्यास्रो मेटाउन (कि आफ्नो अतृप्त वासनालाई मानसिक तृप्ति दिलाउन Û) त्यससँग मूक प्रणययाचना गरिरहन्थ्यो । तर उसको यो तृप्ति धेरै बेर रहन पाउन्नथ्यो । एउटी तरुनी आइमाई आएर उसकी प्रेयसी (शायद) लाई तानेर (कहिले कहीं बोकेर पनि) भित्रतिर लान्थी । अनि त लाइकाको विक्षोभ झन अकासिन्थ्यो र ऊ भाउन्नाएझैं टप (छत) र वरण्डामा रिङ्न थाल्थ्यो ।

रिङ्दा रिङ्दै ऊ फेरि रेलिङ्गको अन्तरबाट टाउको छिराएर तल सडकमा हेर्न थाल्थ्यो । त्यो इलाका आवासीय भएकोले सवारीको आऊ जाऊ त्यति साह्रो हुदैनथ्यो, खालि फाट्फुट् सबारी देखिन्थे सडकमा । बरु त्यहाँको सामान्य दृश्य भनेको गति छाडेरै आपसमा लठारिएर हिंडेका एकआध कुकुरे बैंसका ठिटा-ठिटीका जोडी र हेमन्त ऋतुका गल्ली खिचाका जोडी मात्र हुन्थे ।

यो दृश्यले लाइकाको उत्तेजनामा घिऊ थप्ने काम गर्थ्यो शायद ! उसको भुकाइ पनि आक्रामक हुन्थ्यो र चेष्टा पनि । अगि पछि आइरहने र राम्ररी चिनिएको मानिसलाई पनि ऊ झम्टन पुग्थ्यो । त्यसैले मानिसहरू त्यो घरमा आउँदा निकै होस गरेर मात्र आउँथे । बेबी सँगै प्रायः त्यहाँ आइरहने उसकी घनिष्ठतम संगिनी रेजिनालाई पनि उसले एक दिन एक्कासी झम्टिन पुगेको थियो । अनि रेजिनाले सोधेकी पनि थिई – “तेरो लाइका कतै बौलाउन त लागेन < तैंले उसलाई रेबिजको सुइ त दिइस् <”

“होइन, त्यस्तो त केही छैन ! हिजो आज अलि उत्ताउलिएको छ यो, बढी नै भुक्छ । तर कसैलाई टोकिहालेको चैं छैन ।” – डल्फिनले भनी । अनि दुवै जना पढाइमा हराए । लाइकाको बारे डल्फिनले पनि बिर्सिइ ।

त्यस दिन अर्थात् जुन दिन त्यो वीभत्स घटना भयो, लाइका सधैं झै छत (टप) को पश्चिमी रेलिङ्गको वालमा टेकेर सडकपट्टिको साबिक झयालमा हेरेर उभिएको थियो । उताको झयालमा पनि उसकी मायालु बसेकी थिई । दुवै प्राणी मूक भाषामा आँखै आँखामा मनका कुरा गरिरहेका थिए शायद । त्यसै बेला त्यस बङ्गलाकी तरुनी (छोरी बुहारी के हो, कि तरुनी नोकर्नी सुसारे हो) आएर कुकुर्नीलाई घिच्याउँदै भित्रतिर लगी । त्यसले लाइकाको उन्मादलाई चरममा पुर्‍याइदिएको थियो । ऊ रौं ठाडा पारेर आँखामा हिंसाको फिलिङ्ग भरेर गुर्राएको थियो – “ङयार्र्रर्र्रर्र ! र्घर्ुररर !”

ठीक त्यसै बेला बेबी डल्फिन बाहिरको सिक्रीद्वार खोलेर उसलाई बोलाउँदै भर्‍याङ चढ्न थाली – “लाइका ! लाइका ! लाइका के गर्दै छ मुवाँ – त्यसलाई खान दिस्यो – … के खायो त्यसले <

उसको स्वर सुनेर लाइकाको उन्माद साँच्चै चरममा पुगेको थियो । ऊ विक्षिप्तझैं भर्‍याङतिर झम्टदै गयो । डल्फिन बेबी भर्‍याङको पहिलो घुम्ती घुमेर दोस्रो खण्डको तीन चार सिढी उक्लिइसकेकी थिई । लाइकाले एक्कासी झम्टादिएर उसलाई समेत लिएर खुर्मुरियो । दुवै एकै पल्ट खुर्मुरिदै घुम्तीको विश्राम (प्लेटर्फम) मा डल्फिन मुनि लाइका माथि पर्ने गरी खसे । डल्फिनलाई लाइकाको हेक्कै रहेन । कुनै अज्ञात जनावरले आफूलाई हमला गरेको ठानेर ऊ नराम्ररी चिच्याई – “आमा ! लौन ! लौन ! मार्‍यो आमा ! ”

यस पल्ट उ उसको समाजमा प्रयोग गरिने सभ्यताको जडाउरी शब्द ‘मुवाँ’ को सट्टा अज्ञानमै नेपाली भाषाको ‘आमा’ शब्द स्वाभाविक रूपले बोल्न पुगी । उसको त्यो आतसको चित्कार सुनेर उपल्लो समाज (माथ्लो सोसाइटी) को कीटि पार्टीबाट भर्खरै फर्किएर शयन कक्षमा लुगा कपडा र गहना फेर्न थालेकी मोनिका राणा (आमा) आत्तिदै भर्‍याङको टाउकामा पुगिन् – “लौ न, लौ न ए के भो बेबीलाई – बेबी ! किन यसरी चिच्याएकी < के भयो लाइकालाई <

त्यसै बेला अफिसको ड्यूटीबाट फर्केका करसाप पनि गराजमा आफ्नो मोटर थन्क्याएर आइ पुगेका थिए । भित्र पस्ता पस्तै उनका आँखा भर्‍याङको पहिलो मोडको विश्रान्ति (प्लेटर्फम) मा लडिरहेकी छोरी र उसमाथि चढिरहेको लाइका डाँगोलाई देखेर उनका आँखामा बलात्कारको दृश्य चित्रित भयो । बिना सोच छोरीलाई त्यस कुकुरले बलात्कार गर्न लागेको ठाने उनले । उनको दिमागले अरु कुरा सोच्नै सकेन । एक्कासी उनको खानदानी फौजी क्रोध उम्लि हाल्यो । उनले बगलको दापमा झुण्डिएको फौजी रिभल्वर झिकेर ठोकीहाले – ठ्याईं ठ्याईं ठ्यार्इं । कुकुर ऐया पनि भन्न नपाई ठण्डा भयो ।

अनि कुकुरको लासले थिचिएकी, आतङ्कले नीली फुस्री भएकी छोरीलाई उठाएर सुम्सुम्याउँदै कम्पित स्वरमा भने – “के भयो छोरी – तिमीलाई सारो चोट त लागेन < किन यसरी बौलायो यो लाइका < यस्तो त कहिल्यै गर्दैनथ्यो किन बौलायो यो < .. ल अब नडराऊ ! त्यो मरिसक्यो ।”

उनको फौजी रिभल्वरको तातो तातो गोली खाएर ऐया पनि भन्न नपाई ढलेको त्यो निरीह प्राणीले मर्ने बेलामा अत्यन्त करुण आँखाले उनलाई हेरेको थियो । ती निरीह आँखामा छल्किएको अनन्त पीडाको सम्झनाले उनलाई एक्कासी भावुक तुल्याइदियो । यस बिचराले बाँचुञ्जेल त उनको राम्रै सेवा गरेको थियो; धन मालको र घर परिवारको हेरचाह त गरेकै थियो शिकार जाँदा पनि उनलाई निकै सहयोग गरेको थियो । आज यसरी आफ्नै हातले उसको जीवनको अन्त्य गराएका थिए उनले ।

जीवन भरको निरंकुश फौजी अनुशासनमा अत्यन्त कठोर बनेको उनको छाती पनि अहिले पग्लिएर आँखामा पानी बनेर छल्कन थाल्यो । त्यसले उनको स्वरलाई पनि भिजाइदियो । उनले भक्कान्निएको स्वरमा आफ्नो अर्दलीलाई बोलाएर आदेश गरे – “लौ यसलाई रानीबाग (किङ्गस् गार्डेन_ को पारिजातको रुखमुनि लगेर हिफाजतसाथ गाडिदिनु । यसले प्रयोग गर्ने गरेका सबै सामान थाल (प्लेट), कचौरा (बाउल्स्) हरू पनि यसैका साथमा गाडिदिनु । …. अँ, अनि सुन्, पुरेतलाई डाकेर यसको सद्गत् पनि गरिदिनु । बिचरा छोरोजस्तै गरी पालेको यसलाई आज आफ्नै हातबाट ……. के गर्नु यसले यसै गरी मर्नु लेखेको रहेछ ।”

बोल्दा बोल्दै कर्णेलको घाँटी अँठिए जस्तो भएर उनी बोल्न सकेनन्; आँखा पनि बढी नै छल्छलाएर आयो उनको । उनले प्लेटफर्ममा तेर्सिएको लाइकाको लास र त्यसको आसपासमा फैलिएर सुक्तै गएको कालो रगतलाई हेर्नै सकेन, हतार हतार सिढी चढ्दै आफ्नो कोठातिर लागे ।

२०६२ मङ्सिर १६