Indra Kumar Sunuwar – Timro Prem Biyog Ma

ईन्द्र कुमार सुनुवार – तिम्रो प्रेम वियोगमा

मुटुभित्र सानो घाऊ बनेछ तिम्रो प्रेम बियोगमा
हाँस्दा हाँस्दै रुनु पर्यो बाटो फेरियो जीवनको मोडमा
तिम्रो लागि सबै छोडे सबै नाता तोडे

आज म एक्लो पंक्षी गुँड भयो ढल्न लागेको बोटमा
न त फेरि पलाए नयाँ पालुवा न त फुले फूलहरु नै
पिडाको सागरमा डुबी मलम लाउँदैछु तिमीले दिएको चोटमा

दिन बित्यो चिन्तामा रात बित्यो तातो आँसु बगाएर
भुल्न सकिन छरिएको मिठो मुस्कान तिम्रो ओठमा

जसरी आयौ त्यसरी नै गयौ मेरो जीबनमा हुरी बतास झै
पर्खी बसेको छु आज पनि सगै जिउने कसम खाएको पिपलको बोटमा