Janak Karki – Aayudh Ko Khoj

जनक कार्की – आयुधको खोज

उज्यालोको जन्ती लिएर
आइपुग्छ भाष्कर बेहुला
चराहरू बजाउदै पन्चेबाजा
कुहिरोको घुम्टो ओडेर बसेकी बेहुली “हिमाल”
भाष्करको किरणले छरीदिन्छ सिन्दूर हिमालका सिँउदोमा।

सुसज्जित बेहुली “हिमाल” आइपुग्छे
फेवातलाको दर्पण छेउमा
मुस्कुराउदै,लजाउदै अनि डराउदै
आफ्नै प्रतिबिम्ब हेर्दाहेर्दै ।

अचानक रिपु आउछ
पत्थरका आयुध बोकेर
अनि झर्याम्म फुटाउछ पानीको आरसी
कल्पना ,सपना,सुन्दरता टुक्रा-टुक्रा हुन्छ।

बिदुर बनाउछ भाष्करलाई
युगौदेखी खोजिरहेछ
सुर्योदय र सुर्यास्तको अथक प्रयासहरूमा
त्यो आयुधलाई।