Ma B B Shah – Gajalu Tee Thula Thula Aankha

म. बि. बि. शाह – गाजलु ती ठूला ठूला आँखा

गाजलु ती ठूला ठूला आँखा
तीर बनी बसे यो दिलैमा
कालो लामो परेली केश
छाल परे कलिलो मायामा

निधारको त्यो रातो टीका
छाप बनी बस्यो यो दिलैमा
झल्केको त्यो नाकको फूली
ज्योति बन्यो कलिलो मायामा

पातलो त्यो मधुर ओठ
स्वाद बनी बस्यो यो दिलैमा
मिलेका ती दाँतका पङ्ती
मोती बन्यो कलिलो मायामा

शब्द : म बि बि शाह
स्वर : गुलाम अली
सङ्गीत : दीपक जङ्गम